ब्लग - साहित्य / सुस्वास्थ्य

लक्षणको आधारमा मुटुरोगको जोखिम पत्तालगाउने तरिकाहरु




   डा. अोम मूर्ति अनिल - Sep 09 2018

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिंड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।



♥ छाती दुख्नु - मुटु ढुकढुक हुनु - स्वाँस्वाँ हुनु - खुट्टा सुन्निनु - बेहोश हुनु

जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान (Diagnosis of Heart Disease) नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र समयमै उचित उपचार (Treatment) नहुनु यसको जटिलताको (Complication) प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने गरेको तथ्यान्क छ ।
समय मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उप्चार पाउने रोग लाई सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ। र यसको लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ।

रोगले जटिल्ता ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले , लक्षणकै आधारमा रोगको शुरुवातमै (Prevention) पत्तालगाउनु पर्छ।

अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले (Heart Specialist or Cardiologist) पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ ।

यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटुरोगका प्रमुख लक्षणहरु (Symptoms)
छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला ।

लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श (Cardiology Consultation )लिन सक्नेछन् ।

मुटुरोग पत्ता लगाउनमा जोखिमहरुको (Risk Factors) बारेमा 
 जरुरी जानकारीः
लक्षणलाई समीक्षा गर्नुअघि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन (Smoking), मुधुमेह (Diabetes), उच्चरक्तचाप (High BP), उच्च कोलेस्ट्रोल (High Cholesterol), मोटोपना (Obesity), अत्याधिक मदीरापान, मानसिक तनाव (Stress), वंशाणुगत (परिवारमा मुटुरोग), ४० वर्ष उमेर बढीका (पुरुष) र ५० वर्ष उमेर बढीका (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।

एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको सम्भावना झन् बढीहुन्छ । रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

१) छाती दुख्नु (Chest Pain, Angina)
छाती दुख्नु/पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ ।

खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्नु पर्छ ।

२) स्वाँस्वाँ हुनु (Breathlessness)
स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ ।

प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

३) मुटु ढुकढुक हुनु (Palpitation)
मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिंड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डका लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

४) खुट्टा सुन्निनु (Leg Swelling, Edema)
खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौलाको समस्या अथवा मुटुरोग प्रमुख हुन् । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ ।

खुट्टा सुन्निएको संगसंगै स्वाँ-स्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच गर्नु जरुरी हुन्छ ।

५) बेहोश हुनु (Loss of Consciousness, Syncope)
बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमा एकपटक एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त नजिकैको अस्पताल अथवा स्वास्थ्यकेन्द्रमा पुगेर उपचार गर्नु उचित हुन्छ ।

६) थकाई लाग्नु (Fatigue)
थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केही कारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), मुटुको ढुकढुकी सामान्यभन्दा बढी हुनु, जन्मजात रोगहरु अथवा बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

माथि उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन। यि लक्षणहरुलाई त्यो ब्यक्ती को उमेर, स्वास्थ्य अवस्था, मुटुरोगका जोखिमहरु, बंशाणुगत् कारण, लक्षणको तिब्रता र समय आदी कुराहरुमा भरपर्छ। तर जरुरी कुरा के हो भने तपाईंसँग यस्ता केही लक्षण छनभने चिकित्सक/विज्ञको परामर्श  लिनु राम्रो हुन्छ।

----
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अोम मुर्ती अनिल ग्राण्डी इन्टरनेशनल हस्पिटलमा मुटुरोग निवारण विभागको निर्देशक हुनुहुन्छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.92
  • 115.52
  • European euro
  • 130.27
  • 130.95
  • UK pound sterling
  • 144.07
  • 144.82
  • Swiss franc
  • 115.5
  • 116.1
  • Australian dollar
  • 82.84
  • 83.28
  • Canadian dollar
  • 85.93
  • 86.38
  • Singapore dollar
  • 83.67
  • 84.1
  • Japanese yen (10)
  • 10.13
  • 10.18
  • Chinese renminbi (Yuan)
  • 16.68
  • 16.77
  • Saudi Arabian riyal
  • 30.63
  • 30.79
  • Qatari riyal
  • 31.56
  • 31.72
  • Thai baht
  • 3.5
  • 3.52
  • UAE Dirham
  • 31.29
  • 31.45
  • Malaysian ringgit
  • 27.46
  • 27.6
  • Korean Won (100)
  • 10.18
  • 10.23
  • Swedish Krone
  • 12.56
  • 12.63
  • Danish Krone
  • 17.45
  • 17.54

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम