रगत शुद्धिकरणका लागि फाइदाजनक पाँच वटा खानेकुराहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

रगत शुद्धिकरणका लागि फाइदाजनक पाँच वटा खानेकुराहरु




अनि हाम्रै वरपर पाइने खानेकुराहरुको बारेमा बुझेर र मिलाएर खान सके रगत सफा हुन्छ र रोगबाट बच्न सक्छौँ । रगत शुद्धिकरणका लागि हामीलाई महँगो अथवा मार्टमा किनिएका खानेकुरा खान पर्दैन ।



बिरामी नभई अस्पताल नपुग्ने हामी नेपालीले खानेकुराहरुमा अझ बढी ध्यान पु¥याउनपर्छ । शरीरका सबै अंग उत्तिकै महत्वपूर्ण हुने भएपनि शरीरमा रगत नभई हामीलाई चाहिने पोषण तथा शक्ति सञ्चार हुँदैन । रगतले राम्ररी काम गर्दा मात्र पनि हामी धेरै रोगबाट बच्न सक्छौँ । आज हामी रगत सफा कसरी राख्ने भन्नेबारे जानौँ ।
पहिला यो पनि बुझौँ ।

शरीरमा भएको विषादी नहटी रगत शुद्धिकरण हुन सक्दैन । रगत सफा र शुद्ध राख्ने काम कलेजो र मिर्गौलाको भएका कारणले यिनीहरुलाई कसरी स्पूmर्त रुपमा सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा विशेष ध्यान पु¥याउनपर्छ । रगत सफा राख्नका लागि रगतमा चिनी, धातु तथा शरीरमा शक्ति संचयमा सहयोग पु¥याउने लिपिडहरुको मात्राका साथै हेमोग्लोबिन तथा आइरनको मात्रा बेलाबखत जाँच गरिरहनपर्छ । अनि हाम्रै वरपर पाइने खानेकुराहरुको बारेमा बुझेर र मिलाएर खान सके रगत सफा हुन्छ र रोगबाट बच्न सक्छौँ । रगत शुद्धिकरणका लागि हामीलाई महँगो अथवा मार्टमा किनिएका खानेकुरा खान पर्दैन ।रगत बाक्लो भएर अथवा रगतमा विषादी धेरै भएर पनि अनेक रोगहरु लाग्ने गरेको हामीले सुनिआएकै छौँ । रोग नलाग्दै हाम्रै वरिपरि पाइने खानेकुरा मिलाएर खाँदा रोग लाग्दैन भने यस्ता खानेकुरा किन नखाने ? हाम्रो भान्सामा सजिलै आइपुग्ने र प्राकृतिक रुपमा रगत सफा गर्ने खानेकुराहरु यस प्रकार छन् । 


१. ताजा फलपूmल
हामीले खाने खानेकुरामा फलपूmल नभई हुँदैन । रेसा भएका अथवा फाइबर भएका फलपूmलले रगतमा रहेका विषादी हटाउने काम गर्छ । स्याउ, अम्बा, आरुबखडा, नासपातिजस्ता फलपूmलको बोक्रा नटाछी खाँदा यसले अझ बढी फाइदा गर्छ । यस्ता फलपूmलको बोक्रा टाछ्न किन हुन्न भन्ने प्रश्न हामीले हाम्रा बा–आमाहरुलाई पनि सोध्दै आउने गरेका छौँ । खासमा रगतमा हुने विषादी हटाउन र शरीरमा अनावश्यक रुपमा जमेको बोसो नष्ट गर्न पनि फलपूmलको बोक्रा तथा रेसाले सहयोग गर्दछ । सिजनमा पाइने अंगुर, स्ट्रबेरी, किम्बु, काफल, ऐंसेलुजस्ता फलपूmलले एन्टीअक्सिडेन्टको अथवा विषादी फाल्ने काम गर्दछ । साथै कलेजो स्वस्थ राख्न पनि मदत गर्छ । यसकारण हाम्रो खानामा फलपूmल छुटाउन हुन्न र बोक्रासँगै खान मिल्ने फलपूmलहरु बोक्रासहित नै खाँदा राम्रो हुन्छ तर सफासँग भने पखाल्नुपर्छ है ।

२. हरियो सागपात
हरियो सागपात भनेपछि मुख खुम्च्याउने हामीमध्ये कति जना छौँ ? तर रगत स्वस्थ र सफा राख्नका लागि भने हरियो सागपात नखाई हुन्न । रगत सफा राख्नेबाहेक यसमा भिटामिन ए, भिटमिन बि र आइरन पनि हुन्छ । रगतमा हुने हेमोग्लोबिनको मात्रा मिलाउनेदेखि लिएर रगतको कणमा रहेका हानिकारक तत्वहरु नष्ट गर्ने काम हरियो सागपातले गर्दछ । पानीको स्रोत वरिपरि वा पानीमै फल्ने सिमसाग वा खोलेसाग भनेर चिनिने सागहरुले कलेजोलाई फाइदा हुने काम गर्छ । चुरोट खाने व्यक्तिहरुमाथि गरिएको एक अध्ययनका अनुसार दिनको एक सय ७० ग्राम मात्र सिमसाग खाने गर्दा पनि पिसाबबाट धेरै विषादी निस्केर रगत शुद्धिकरण भएको पाइएको छ । यसकारण हरियो सागपात शारिरीक फाइदाको दृष्टिले धेरै नै महत्व बोकेको खानेकुरा हो । 


३. अन्न
अन्नमा फाइबर धेरै हुने भएकाले पनि यी खानेकुराहरु रगतका लागि फाइदाजनक हुन्छन् । शरीरबाट अत्यधिक बोसो, रसायन तथा विषादी हटाउनका लागि अन्न लाभदायक मानिन्छ । यसले रगतमा हुने कोलेस्ट्रोल, ग्लुकोज घटाउने, आन्द्राको सफाइ गर्ने भएकाले पनि यसले कब्जियत भएकाहरुका लागि शरीरभित्रको फोहोर फाल्न सहयोग गर्दछ । अन्नमा हामी नेपालीहरुले प्राय खाने भनेको धान र गहुँ मात्रै हुने गर्दछ । यसबाहेक जौ, फापर, कोदो, ब्राउन राइसजस्ता खानेकुराहरु पनि अन्नहरु हुन् भन्ने बुझ्नुपर्छ । 


४. बदाम
रगत शुद्धिकरणका लागि बदाम पनि लाभदायक खानेकुरा हो । बदाममा फाइबर धेरै हुने भएकाले यसले कोलेस्ट्रोल र सुगरको मात्रा मिलाएर राख्ने काम गर्दछ । यसमा भिटामिन इ पनि अत्यधिक मात्रामा पाइने हुनाले रगत शुद्ध पार्नमा यसले मदत गर्छ । यसले कलेजोको लागि पनि फाइदा पु¥याउँछ । बदाम र ओखर खाने मानिसहरु यी खानेकुराहरु नखानेभन्दा स्वस्थ र रोगमुक्त हुन गरेको पाइएको छ । यसकारण रगत सफा राख्नका लागि बदाम खान सिकौं ।


५. पानी
सबैभन्दा सरल तर सबैभन्दा बढी प्रभावकारी विषादीविरुद्धको लडाइँ पानीले मात्र गर्न सक्छ । मिर्गौलाले शरीरको हानिकारक तत्व तथा फोहोरहरु मिर्गौलाको माध्यमबाट फाल्ने हुनाले धेरै पानी खाँदा शरीरको विषादी पिसाबबाट जान्छ । खानेकुराबाहेक पानी पनि रगत शुद्धिकरणका लागि अति नै आवश्यक पर्दछ । फाइबर भएका खानेकुरा जति खाए पनि मिर्गौलाले पानी पाएन भने शरीरको फोहोर बाहिर निकाल्न पाउँदैन । यसकारण दिनमा कम्तिमा पनि आठ गिलास पानी भने पिउनैपर्ने हुन्छ । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी एक रात राखेर बिहान उठेर खाँदा अभैm बढी फाइदा हुन्छ । तामाको भाँडामा पानी राख्नाले यसले कलेजो चिसो बनाउने र पानीले शरीरको फोहोर बाहिर फाल्न मदत गर्दछ । यसकारण रगत सफा गर्नका लागि पनि धेरै पानी पिउने बानी बसालौँ ।


यसबाहेक पनि रगत शुद्धिकरणका लागि अन्य धेरै खानेकुराहरु खान सकिन्छ । जस्तैः बन्दा, काउली, ब्रोकाउली, निगालो, एभोकाडो, लसुन, बेसार, कागती, ओलिभको तेल, आदि जस्ता खानेकुराहरु पनि रगत सफा राख्नका लागि लाभदायक हुन्छन् । विश्वभर प्लाष्टिकमा बेरिएको खानेकुरा खाने गरेको बढ्दो चलनले रोग निम्त्याउने गरेको हामीलाई थाहा नै छ । मात्रा मिलाएर र सफा गरेर खान जाने नेपालीहरुले साधारणतय खाने गरेको खानेकुरा फाइदाजनक नै छन् । यसकारण यस्ता खानेकुरा बढी खाने गरौं र स्वस्थ होऔँ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.