हामीले दैनिक जिवनमा गर्ने ५ गल्तीहरु, स्वास्थ्य विशेष | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

हामीले दैनिक जिवनमा गर्ने ५ गल्तीहरु, स्वास्थ्य विशेष




   Suyog Dhakal - Apr 24 2017

स्वस्थ्य रहन पाउनु सबैको अधिकार र कर्तब्य दुबै हो , हैन र ? तर यसो हुँदाहुँदै पनि हामीले आफूलाई स्वस्थ्य राख्न सकिरहेका हुँदैनौ । हाम्रो अस्वस्थ्यकर बानी अनि अनभिज्ञताका कारणले हामी अस्वस्थ्य बन्दै गएका कुराहरुको पत्तो हामीलाई नै हुँदैन् । आउनुहोस् आज छलफल गरौ, हामीले दैनिक जिवनमा गरिरहेका ५ वटा गल्ती जसलाई सुधारेमा हामी धेरै हदसम्म स्वस्थ्य बन्न सक्दछौ ।

गल्ती नंबर १ : विहान छिटै नउठ्ने

वढ्दो शहरीकरण अनि ब्यस्त जिवशैलीले रातीसम्म बसेर काम गर्ने अनि विहान ढिलो उठ्ने क्रम वढ्दो छ । यो अत्यन्त नराम्रो हो, छिटो नउठ्नाले दिनभरि एकतमासको तनाब रहने आफ्नो ठाँउमा छ भने अर्कोतर्फ दिनको समय नै हाम्रो लागी छोटो बन्न पुग्दछ । विहानै उठेर सकेसम्म एउटा छोटो शारीरीक अभ्यास या मर्निगं वाल्क गर्ने वानी अत्यन्त फाईदाकारी छ ।

गल्ती नंबर २: प्रशस्त पानी नपिउने


दैनिक कार्यहरुको तनाव र ब्यस्तताका विच हामीले प्रशस्त पानी पिउन तर्फ ध्यान दिईरहेका हुँदैनौ । प्रशस्त पानी पिएमा शरीरले जम्मा गरेको विशाक्त पदार्थहरु पानीले पखाल्ने हुनाले पनि समय समयमा पानी पिउन जरुरी हुन्छ । पानी पिएपछी एक खालको शक्ति पनि प्राप्त भएको अनुभव हुन्छ, पानीको उचित सेवनले पाचन प्रणालीलाई पनि राम्रो बनाँउदछ ।


गल्ती नं ३ :धेरै काम एकैपटकमा गर्न खोज्नु अर्थात मल्टीटास्कीगं

हामीसबैलाई हतार छ, एकै फेरमा धेरै भन्दा धेरै विभिन्न कार्य गर्न खोज्नाले पनि हामीमध्य धेरैलाई तनाव र विभिन्न शारीरीक एवं मानसिक रोग लाग्दछन् । स्मरण रहोस् संसारका केवल २ प्रतिशत जनसख्याँले मात्र मल्टीटास्कीगं राम्ररी गर्न सक्दछन् । दिमागलाई खुल्ला र खाली राखेर एक समयमा एकैवटा मात्र कार्यमा केन्द्रित भई गरेमा हामी तनाव मुक्त हुन्छौ र साथै हाम्रो उत्पादकत्वमा पनि वृद्धी हुन्छ ।

गल्ती नं ४ :आफ्ना लागी समय नछुट्याउने

जिवनको दौडधुपमा हामी यति ब्यस्त हुन्छौ कि आफूलाई नै बिर्सन पुग्छौ । मानिस अझै पनि त्यही सामाजिक प्राणी हो जो ब्यक्तिगत र सामाजिक परिवेश विच वाँच्दछ । समाज र ब्यक्ति उसकालागी उत्तिनै महत्वपूर्ण छ । हामीले आफ्नो ब्यक्तिगत सोच, योजना अनि विचारकालागी पनि केही एकान्त समय विताउन जरुरी छ, आफू के गर्दा खुशी हुन्छु ? भोलीको दिनमा कसरी आफूलाई प्रस्तुत गर्ने अनि आफूमा आएका राम्रो परिवर्तनहरु मुल्याकंन गर्दै उत्साहीत र प्रेरित भएर अघि वढ्न ब्यक्तिगत समय जरुरी छ है ।

गल्ती नं ५ :शिकारी तरिकाको खाना खाने वानी

हामी नेपालीहरु एउटा कुराकालागी अत्यन्त ज्ञानी छौ र त्यो हो, भोकै बस्न् ।
अनि जब भोकैपनावाट केही खाना खाने मौका पाँउछौ तब हामी शिकारीले जस्तो हतार हतार फेरि पाउला या नपाउला भनेर खाईदिन्छौ । यो बानी अत्यन्त गलत हो है, समय समयमा खाने अनि कम्तीम एकपटक दिनको अत्यन्त स्वस्थ्यकर सन्तुलीत आहार गर्न जरुरी छ ।
राती अत्यन्त धेरै खाने अनि विहानै भौके पेटमा लामो मर्निगं वाकमा निस्कने वानी पनि गलत हो, राती हल्का खाने अनि विहान केही खाएर मर्निगं वाकमा निस्कनाले स्वस्थ्य राम्रो हुन्छ ।
धेरै माछामासु भन्दा पनि सागपात र फलफूलको पनि उचित सेवन जरुरी छ ।
ल त सबैजना हाम्रो पात्रो प्रयोगकर्ता, यी ५ वानीहरुलाई सुधारेर अघि वढौ यस २०७४ सालमा ।
स्वस्थ्य नै धन हो ।

हाम्रो पात्रोकालागी विभिन्न वेभसाईटहरुको अध्यनका आधारमा सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.