घरमै गर्न सकिने केहि शुरुवाती र सरल योगअभ्यासहरु : १५ मिनेट योगा | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

घरमै गर्न सकिने केहि शुरुवाती र सरल योगअभ्यासहरु : १५ मिनेट योगा




   Suyog Dhakal - Jun 21 2017

जुन २१ तारिखमा विश्वभर योगा दिवस मनाइन्छ, स्वास्थ र चित्त शुद्धिका हिसाबले योगा अचुक कुरा हो र दैनिक रुपमा योगा गर्न धेरै सहज र सरल छ ।

आज विश्व नै योगअभ्यासको चमत्कार र उपलब्धीसँग लुटपुटिएको छ । योगको शुरुवात र विकास पनि भारतवर्ष अनि यिनै हाम्रा हिमालका काखहरुमा तपस्या गर्ने महर्षिहरुबाट भएको प्रमाण छ । दैनिक योगअभ्यासले हामीलाई बास्तवमै धेरै फाईदा गर्दछ भने हामी किन पछाडि पर्ने योग गर्न ?

यो पनि हेर्नुहोस् : यी लक्षणहरुले शरीरमा पानी कम भएको बताँउदछन्

आउनुहोस चर्चा गरौ केहि सरल योग विधीहरु । यहाँहरुलाई यी कुराहरुका बारे पहिल्यै थाहा छ भने कृपया हामीलाई थप सहज र बुझ्न सरल बनाउन सहयोग गर्नुहोला भने जसजसले प्रथम पटक यी अभ्यासहरु जान्दै हुनुहुन्छ वहाँहरु कृपया दैनिक अभ्यास गर्नुहोला ।

१ः पर्वत विधी

दुबै पैतालाहरु जोडेर शरीर तन्काएर उभिनुहोस् । दुबै काँधहरुलाई खुकुलो पारेर अनि शरीरको तौल दुबै काँधहरुमा बराबर हुनेगरि उभिनुहोला । लामो श्वाँस लिएर दुबै पाखुराहरुलाई काँधभन्दा माथि सुस्तरि लैजानुहोला, यसो गर्दा हत्केलाहरु एकअर्कासँग सोझो बनाउन पर्दछ । अनि दुबै हत्केलालाई जोडेर औँलाका टुप्पाहरु जोड्दै आकाशतर्फ देखिने गरि राख्नुहोस् । ज्यान तन्काएर यसै मुद्रामा केही समय उभिनु नै पर्वत विधी या पर्वत आसन हो । यसो गर्नाले शरीरका सबै भागहरुमा रक्तसञ्चार हुनुका साथै ज्यान दुख्ने समस्यावाट समेत छुट्कारा दिलाँउदछ ।

२ः सर्प विधी

घोप्टो परेर सुत्नुहोस् । हत्केलालाई ठ्याक्क पाखुराको मुनी हुनेगरि कम्मरदेखि मुनीको भागलाई उठाउनुहोस् । खुट्टाहरुलाई सोझो पार्दे पैँतालालाई जोडेर औँलाहरुका टुप्पालार्ई जमिनतर्फ हुनेगरि राख्नुहोस् । कम्मरलाई कडा बनाएर हत्केलाको सहाराले ज्यानो कम्मर माथिको भागलाई अझ भनौ छातीलाई भित्ता जस्तै उठाउनुहोस् । यो क्रमलाई चारपटक सम्म दोहोर्याउनुहोस् । यस मुद्रालाई सर्पले पुच्छर तल राखेर माथिको भागमात्र उठाएको मुद्रासँगको समानताका कारणले सर्प विधी भनिएको हो ।


३ः डल्फिन विधी

घोप्टो पर्नुहोस् । कम्मरलाई माथि पारेर पाखुरामुनी हत्केला पर्ने गरि टाउको एकातिर र पैताँला अर्कोतर्फ हुने गरि कम्मरलाई माथि पारेर शरीरलाई उल्टो भी आकारमा राख्नुहोस् । टाउको र पैताँला विचको दुरि कम गर्न मिल्ने गरि कम्मरको कोण घटाउने प्रयास गर्नुहोस् । यस अवधिमा कम्मरलाई भने जतिसक्दो उचोँ पार्नुहोला र पुच्छ्रे हाडलाई सकेसम्म आकाशतर्फ उचाल्ने प्रयास गर्नुहोस् । यसै मुद्रामा १० पटकसम्म लामो श्वाँस लिने प्रयास गर्नुहोस् ।

यी विधीहरुलाई अझ सहज बनाँउन हामीले चित्रहरुको प्रयोग गरेका छौ । सामान्यतया हामीहरु अहिले धेरैजना मोबाईल चलाउने, टिभी या कम्यूटरको प्रयोग धेरै गर्ने र बसाई नमिलेका कारण ज्यान दुख्ने समस्यावाट प्रताडित पनि हुनसक्दछौ । माथि उल्लेखित सरल योग विधीको दैनिक अभ्यास गर्नाले यी कुरावाट दिर्घकालिन छुटकारा पाउन सकिन्छ । योग अथाह छ, यस विषयमा थप जानकारीहरु विभिन्न योग गुरुहरु या वेधसाईट र यूट्यूबमा पनि पाउन सक्दछौ ।

स्वस्थ रहनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.