महिलाको मासिक रक्तश्रावमा अडेको मानवीय अस्तित्व | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

महिलाको मासिक रक्तश्रावमा अडेको मानवीय अस्तित्व




   Suyog Dhakal - May 29 2017

रजस्वाला महत्वपूर्ण कुरा हो र यसलाई सम्मान अनि गर्वक साथ लिन जरुरी छ । रजस्वाला स्वास्थ्यमा नारी अनि पुरुष दुबैको उक्तिकै भुमिका रहन्छ भन्ने कुराहरु आज वकालत गरिन्छ ।



रजस्वलाहरु अपवित्र हुन्रु
रजसा शुद्ध्यते नारी, नदी वेगेन शुद्ध्यते
(नदीलाई वेगले अर्थात् गतिले शुद्ध बनाउँछ, रजस्वला भएका वेलाको रगतले नै नारीलाई शुद्ध बनाउँछ) 
चाणक्य नीति दर्पण ९६।३०


महिनावारी लुकाउनुपर्ने र लाजको कुरा हैन, महिनाभरी घरको रानी बनाएर राखेकी छोरीको महिनावारी भएको बेलामा छोएको पानीसम्म नखाने चलन अझै हाम्रो समाजमा छ । आज संसारभरि महिनाबारीका यस्ता धेरै आयाम अनि महिनावारी स्वास्थ्यका कुरा गर्दै रजस्वाला स्वास्थ्य दिवस मनाईदै छ ।
आमाको रजस्वाला चक्रभित्र लुकेको हाम्रो जन्म संभावना अनि रजस्वाला चक्रमा अडेको भावी पुस्ताहरुको जन्म संभावना हामीसबैले बुझेका छौ त ?

यो पनि हेर्नुहोस् :रमादानको महिना

के हो त रजस्वाला ?
महिनावारी भन्नाले हरेक महिना महिलाहरुको योनीवाट रगत वग्नुलाई बुझाँउदछ, महिनावारीको शुरुवातले हामी महिलाहरुको यौवनावस्थाको सकेंत दिन्छ । सामान्यतया १२ देखि १५ वर्षसम्मको समयमा धेरैजनाको महिनावारी शुरु हुने गर्दछ भने कसैको धेरै वर्ष छिटो र कसैको केही वर्ष ढिलो पनि शुरुवात भएको हुनसक्छ । औसत रुपमा एकपटकको महिनावारी र अर्को पटकको महिनावारी विचमा २८ दिनको फरक हुन्छ, तर उमेर अनुसार यी दिनहरु फरक पर्न सक्नेरहेछन् । महिलाहरुको पाठेघरको भित्तामा विभिन्न तन्तु र झिल्लीहरु जम्मा भएर वस्दछन जुन यदि पुरुषको विर्यसँग मिलेमा एउटा गर्भाधानकालागी जरुरी हुन्छ । तर यदि गर्भाधान नभएमा ती झिल्ली र तन्तुहरु रगतका रुपमा वाहिर निस्कने सामान्य प्रक्रिया नै महिनावारी हो । यो रक्तश्राव प्रक्रिया सामान्य ३ देखि ५ दिनसम्मको हुन्छ । धेरै जना साथीहरुलाई यस महिनावारीको वारेमा सम्पूर्ण रुपमा ज्ञान नहुन पनि सक्छ, कोही डराउने अनि आत्तिने पनि गर्दछौ तर वास्तवमा यो महिनावारी एउटा सामान्य प्रक्रिया हो । यस अवस्थामा हामीले आफ्नो यौनागं अनि शारीरीक सफाईमा विशेष ध्यान दिन जरुरी छ, सफा कपडा या प्याडहरुको प्रयोग गर्न जरुरी छ, पोषीलो र ताजा खानेकुरा र प्रशस्त पानी पिउन जरुरी हुन्छ । कसैकसैलाई पेट दुख्ने पनि हुन्छ, यस अवस्थामा हल्का तातो पानीले तल्लो पेट सेक्न सकिन्छ, डाक्टरको सल्लाह विना ओखती खान भने हुदै हुदैन नि

रजस्वाला महत्वपूर्ण कुरा हो र यसलाई सम्मान अनि गर्वक साथ लिन जरुरी छ । रजस्वाला स्वास्थ्यमा नारी अनि पुरुष दुबैको उक्तिकै भुमिका रहन्छ भन्ने कुराहरु आज वकालत गरिन्छ ।
रजस्वालाका समयमा लुकाई लुकाई कपडाहरु सुकाउने, प्याड किन्न अफ्ठेरो मान्ने अनि रजस्वालालाई लाजका रुपमा लिने नभईकन पूर्णरुपमा गर्वका साथ अनि आफ्नो रजस्वाला स्वास्थ्यलाई भ्यान दिन आजको दिन संसारभरिका महिलाहरुलाई अपिल गरिन्छ ।

विधालय, शपिगं मल देखि कार्यलय सम्म महिलामैत्रि संरचना अनि वातावरणका कुराहरु पनि आज गरिन्छ ।

नारीको रजस्वाला भित्र लुकेको पृथ्वीका भावी पुस्ताहरुको संभावना अनि मानव अस्तित्वको मनन गरौ ।
सबैलाई शुभकामना

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.