वायू प्रदुशनको सूचीमा नेपाल | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

वायू प्रदुशनको सूचीमा नेपाल




न्यून स्कोर भएका देशहरुमा हावाको स्वच्छता, पर्यावरणको शुद्धता, जैविक बिभिदताको संरक्षण अनि बिकासको स्थाहित्वका लागि यथासक्य कदम चालिहाल्न आव्हान पनि गरिएको छ । उता पर्यावरण अनि प्राकृतिक सम्पदाको संरक्षणका लागि ग्रिन स्कोरको पनि जाँच गरिएको थियो । यस स्कोरमा भने स्वीजरल्याण्ड ८७ दशमलव ४२ अकंका साथ अग्रस्थानमा रहेको छ । यसलाई फ्रान्स, माल्टा, डेनमार्क लगायतका देशले पछ्याएका छन् ।



बिश्वभरिका देशहरुमा एउटा अध्ययन गरिएको थियो, वायू प्रदुशणका बारेमा । यस अध्ययनलाई ईपीआई भनिन्छ, ग्लोबल इन्भाइरोमेन्टल पर्फोमेन्स इन्डेक्स । येल बिश्वबिधालय र कोलम्बीया बिश्वबिधालयले मिलेर बिश्व इकोनोमीक फोरमसंगको सहकार्यमा वायू प्रदुशण निर्धारक यस अध्ययन गर्ने गरिन्छ । १० वटा सूचीमा २४ वटा क्याटगोरी भएको अध्ययन तवर रहने गरेको यस अध्ययनमा पर्यावरणीय स्वास्थ अनि इकोसीस्टमको गहनताका साथ अध्ययन गरिन्छ । यसका अलावा पानी, सरसफाई अनि अन्य भारी धातुहरुको माटोमा उपस्थिती पनि अध्ययनले हेर्ने गरेको छ ।

१८० औं स्थानमा परेको नेपालको यस अध्ययन अनुसार जनस्वास्थ अत्यन्त जोखिममा छ । घरवाट निस्कने ठोस उर्जा अनि हावाको गुणस्तर पनि यस अध्ययनमा अध्यन गरिएको हो । नेपालले यस अध्ययनमा वायू प्रदुशनको ३ दशमलव ९४ अकं पाएको हो । यस क्षेत्रका अन्य देशहरु जस्तै पाकिस्तान १७६ औं स्थानमा छ, भारत १७८ औं स्थानमा छ, चीन १७७ औं स्थानमा छ भने बगंलादेश पनि नेपालभन्दा १ कदम अघि १७९ औं स्थानमा छ । यस अध्यनमा बिश्वमै सबैभन्दा स्वच्छ हावा रहेको अष्ट्रेलिया भएको छ भने अमेरिका भने १० औं स्थानमा छ । सरसरती रिपोर्ट हेर्ने हो भने अधिकतम तल्लो सूचीमा रहेका देशहरु एसिया अनि अफ्रिका बाट रहेको पाइन्छ । पर्यावरणीय गुणस्तरमा त नेपालको स्थान लगभग न्यून नै छ। यस रिपोर्टमा सरकारको कमजोरी या आन्तरिक द्धन्द लगायतका अन्य कारणहरु न्यून स्कोर गरेका देशहरुमा हुनसक्ने बताइएको छ । न्यून स्कोर भएका देशहरुमा हावाको स्वच्छता, पर्यावरणको शुद्धता, जैविक बिभिदताको संरक्षण अनि बिकासको स्थाहित्वका लागि यथासक्य कदम चालिहाल्न आव्हान पनि गरिएको छ । उता पर्यावरण अनि प्राकृतिक सम्पदाको संरक्षणका लागि ग्रिन स्कोरको पनि जाँच गरिएको थियो । यस स्कोरमा भने स्वीजरल्याण्ड ८७ दशमलव ४२ अकंका साथ अग्रस्थानमा रहेको छ । यसलाई फ्रान्स, माल्टा, डेनमार्क लगायतका देशले पछ्याएका छन् ।

ग्रिन स्कोरका टप फाईभ देशहरु

स्वीजरल्यान्ड अकं ८७ दशमलव ४२
फ्रान्स अकं ८३ दशमलव ९५
डेनमार्क अकं ८१ दशमलव ६०
माल्टा अकं ८० दशमलव ९०
स्वीडेन अकं ८० दशमलव ५०

ग्रिन स्कोरका लोवर फाईभ देशहरु
नेपाल अकं ३१ दशमलव ४४
भारत अकं ३० दशमलव ५७
डि आर कगों अकं ३० दशमलव ४१
बंगलादेश अकं २९ दशमलव ५६
बुरुन्डी अकं २७ दशमलव ४३


नेपालको कूल नंबर १०० मा केवल ३७ छ । १८० देशहरु मध्य न्यून तर्फ १७६ औं स्थानमा नेपाल छ । कृषीमा १८० देशहरुमा नेपाललाई ४९ स्थान दिइएको छ, वायू गुणस्तरको दृष्टिले सबैभ्न्दा न्यून अर्थात १८० औं स्थानमा नेपाल रहेको छ । मौसम र उर्जाका क्षेत्रमा १८० देशहरुमध्य नेपाल १५० औं स्थानमा छ । पानी र सरसफाईमा १८० देशहरु मध्य नेपाल १३५ औं स्थानमा छ । यि सबै कुराहरुले अनि तथ्यहरुले नेपालीको स्वास्थ, जिवनस्तर अनि औसत आयूमा प्रष्ट प्रभाव पार्दछ । यि सबै कुराहरुको दिर्घकालिन अनि पुस्तौंपुस्ता असर रहन्छ । हामी प्रदेशको राजधानी कहाँ हुन्छ भनेर एकअर्कासंग विवाद अनि चक्काजाम र हड्ताल गर्दै हिँड्दा कतै हामीले स्वास्थ जस्तो गम्भीर कुरामा ध्यान दिन छुटाएका त छैनौं ? संघीय गणतान्त्रीक नेपालमा श्वास फेर्ने हावा, उव्जाउने माटो अनि हरिया रुखहरु नै नरहने हो भने यहाँ गणतन्त्र र स्वाभीमान मात्रको कुनै अर्थ रहने छैन् । नेपाली जनस्वास्थ बिध अनि समबन्धीत निकायहरु लगायत हामी सबैजना सजग रहन जरुरी छ । स्वास्थ धनम सर्वप्रधानम ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.