स्वास्थमा नराम्रो असर गर्ने केही फार्मेसी ओखतीहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

स्वास्थमा नराम्रो असर गर्ने केही फार्मेसी ओखतीहरु




हामीलाई नाम नबताउने शर्तमा एकजना कन्सल्टेन्ट डाक्टरले नेपालमा अन्य देशको तुलनामा यस ओखती सबैभन्दा धेरै वयस्कहरुले प्रयोग गर्ने बताए । यस ओखतीले छोटो समयमै मुटु रोगि बनाउने र मुटुलाई पून जागृत नै हुन नसक्ने गरि हानी गर्ने बताइन्छ । सीओकीउ १० नामक पदार्थ क मगर्ने यस ओखतीले गर्दा शरीरमा सीओकीउ १० को कमी हुने र बिभिन्न मांशपेशी अनि मुटु समबन्धीत दिर्घरोग लाग्ने बताइन्छ।



यो प्रदुशण र मिसावटको संसारमा धेरैवटा किटाणुहरुले हामीलाई रोगी बनाउने संभावना रहन्छ । यस्तो अवस्थामा चाँही हामी नैरोग्यताका लागि ओखती अनि फार्मेसी कम्पनीहरुको शरणमा पर्दछौं । 
अध्ययनकर्ताहरु अहोरात्र बिभिन्न नयाँ ओखतीहरु अनि तिनको प्रभावकारिताका लागि कार्यरत छन्, जसले हामीलाई स्वस्थ राख्दछन् । सामान्यतया हामी नैरोग्यताका लागि ओषधी खाने गर्दछौं तथापि केही यसता ओखतीहरु पनि हामीलाई दिइन्छ जसले हामीलाई फाईदाका साटो उल्टै हानी गर्दछन् । बिश्वमा सबैभन्दा धेरै शक्तिशाली कम्पनीहरुमा फार्मेसी कम्पनीहरु पर्दछन र बास्तवमा भन्ने हो भने यिनले किन र कस्ता औषधी बेचिरहेका छने बिकसीत मुलुकमै पनि पैरवी गर्न गाह्रो रहेछ । एलोपेथिक ओखतीले जरामा गएर उपचार गर्नु भन्दा बढि लक्षणलाई क मगर्दै तुरुन्तै अफ्ठेरो हटाउने कार्य गर्दछ । यसै कारणले पनि बिरामीहरु तुरुन्तै एलोपेथिक ओखतीको लतमा पर्न जान्छन्, छाडेको खण्डमा रोग या समस्या पून देखापरिहाल्छ । ओखतीको साइड एफेक्ट अनि अन्य नकारात्मक प्रभावलाई हामी सामान्य नेपालीहरुले आँक्न सक्न त गाह्रै छ नि, आउनुहोस् यस्ता ५ वटा एन्टीबायोटीकका कुरा गरौं जसको प्रयोग अत्यन्त हानीकारक छ । सबेसम्म यी ओखतीहरुप्रयोग नगर्नुहोला भनी बिभिन्न अध्ययन अनि अनुसन्धानले भनेको छ । 

१ प्रोटोन पम्प ईनहिबिटरस 
छोटकरीमा पीपीआई भनिन्छ, पेटको आमाशयमा ग्रन्थी उत्पादन हसन नदिएर यस ओखतीले एसिड फर्मेशन बाट रोक्दछ । अल्सरको कारक तत्व नै एसिड फर्मेशन हो भन्ने त हामीमध्य धेरैलाई थाहै छ । बिभिन्न अध्ययन र अनुसन्धानले पीपीआई लै डिमेन्सीया (बिर्सने रोग), मृगौलाको रोग लगायत अन्य मुटु रोगहरु बढाउने देखिएको छ । यदि डाक्टरले कसैलाई यो ओखती दिएको देखेमा यस बारेमा कृपया सोधपुछ गर्नुहोला, एउटा समस्या समाधानका लागि जिवन नै जोखिममा त पार्न हुन्न नि ? 

२ पे्रडनिसोन 
शरीरमा पोल्ने या सुन्नीने तत्वहरुलाई क मगर्न यस ओखतीको प्रयोग गरिन्छ । यो एउटा स्टेरोइड पनि हो । लुपुस अथवा बाथ रोगीहरुमा यस ओखती बढि प्रयोग गरिन्छ । यो ओखतीको प्रयोगले शरीरको प्रतिरोधात्मक प्रणालीलाई दुर्बल बनाउने हुन्छ जसले गर्दा शरीर अन्य संक्रमण तर्फ जोखिमपूर्ण हुन जान्छ । यसको धेरै प्रयोगले निन्द्रा नलाग्ने, झनक्क रिसाउने, अल्छि लाग्ने आदि बिभिन्न मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ । यो ओखतीको सुझाव दिएको देख्नुभएमा यस बाहेक अन्य कुनै ओखती या तवरहरुका बारेमा डाक्टर संग कृपया सल्लाह लिनुहोला है । 
३ स्टाटीन्स 
कोलेस्टेरोल नियन्त्रणका लागि स्टाटीन्सलाई अति उपयोगी र बहुप्रचलीत मानिन्छ, हामीलाई नाम नबताउने शर्तमा एकजना कन्सल्टेन्ट डाक्टरले नेपालमा अन्य देशको तुलनामा यस ओखती सबैभन्दा धेरै वयस्कहरुले प्रयोग गर्ने बताए । यस ओखतीले छोटो समयमै मुटु रोगि बनाउने र मुटुलाई पून जागृत नै हुन नसक्ने गरि हानी गर्ने बताइन्छ । सीओकीउ १० नामक पदार्थ क मगर्ने यस ओखतीले गर्दा शरीरमा सीओकीउ १० को कमी हुने र बिभिन्न मांशपेशी अनि मुटु समबन्धीत दिर्घरोग लाग्ने बताइन्छ।

 ४ एन्टी डिप्रेसेन्डट्स 
डिप्रेशन बिरुद्धमा दिइने ओखतीहरु नै एन्टी डिप्रेसेन्डट्स हो । प्रश्स्त मिय, बेरोजगारी, अस्वस्थ प्रतिस्पर्धा, जिवनको स्तरमा कमी लगायतका बिभिन्न समस्याले गाँजेको नेपालमा डिप्रेशनको दरमा बृद्धि भइनैरहेको छ । प्रोज्याक लगायतका एन्टी डिप्रेसेन्डट्सले शरीरमा सेरोटोनिन नामका हार्मोन बढाँउदछन्, यसो गर्दा सेरोटोनिनलाई नियन्त्रण गर्ने तत्वहरु रोकिन जान्छन् । यसो हुँदा दिमागले आफसेआफ ओखतीले सेरोटोनिन बढाउने कारणले आफैले स्वभावत थोरै सेरोटोनिन उत्पादन गर्दछ । मान्छे खुशी हुन सेरोटोनिन नामक हार्मोन अत्यन्त जरुरी हुन्छ, ओखतीको प्रयोग नगरेमा मान्छेमा झनै मानसिक समस्या र डिप्रेश हुने गरिएको पाइयो । यो रवैया प्राय सम्पूर्ण एन्टी डिप्रेसेन्डट्समा एकै हो । लिभरपूल यूनीभर्सिटी मेडिकल बिभागमा गरिएको एक सर्भेक्षणमा १८०० एन्टी डिप्रेसेन्डट्स सेवन गर्ने रोगीलाई अध्ययन गर्दा यो तथ्य फेला परेको हो । 
नाम नबताउने शर्तमा एक जना नेपाली डाक्टरले हामीलाई यो जानकारी उपलब्ध गराउनुभएको हो । ओखतीको उचित र सही प्रयोग हाम्रो स्वास्थका लागि बरदान हो नत्र अभिशाप । यो जानकारी शेयर गरेर कृपया धेरै भन्दा धेरैलाई जोखिमबाट बचाउनुहोला । 
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.