स्वाइन फ्लू समबन्धी हाम्रा ६ गलत धारणाहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

स्वाइन फ्लू समबन्धी हाम्रा ६ गलत धारणाहरु





नेपालमा पनि स्वाइन फ्लू को संक्रमण, रोकथाम अनि चर्चा परिचर्चाहरु धेरै भइरहेका छन् र बिगतका केही दिनमा यसका संक्रमणले मृत्यू नै भएको तथ्य पनि आएको छ । स्वाइन फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा हुने एउटा श्वासप्रश्वासजन्य संक्रमण हो, अप्रिल महिना सन् २००९ मा मेक्सििकोमा प्रथम पटक यो संक्रमण देखिएको हो । जनावर र संक्रमित चराचुरुगींहरुको संसर्ग र सामिप्यताबाट सर्ने बताइएको यस संक्रमण मानिसबाट मानिसमा भनें तिब्र गतीमा सर्दछ ।
यस संक्रमणको तथ्य सगैं सत्य पनि हामीले जान्न जरुरी छ, स्वाइन फ्लू एउटा संक्रमण हो, आउनुहोस् यसका बारेमा हामीमा भएका ५ वटा गलत धारणाहरुका बारे चर्चा गरौं ।

१ सुंगुरको मासु खानाले यस संक्रमण सर्दछ

फ्लू भन्नाले ले रुघाखोकी या श्वासप्रश्वासको समस्या बुझिन्छ र अगाडी स्वाइन या सुगंर भनिँदैमा यो संक्रमण सुंगुरबाट मात्र भनें सर्दैन । तथापि भाइरस संक्रमित रोगी या भाइसर भएका बस्तुहरु छोएर हात नाक या मुखमा पुगेमा यो संक्रमण सहजै सर्दछ ।
सुंगुरको मासु नखानाले यो संक्रमण सर्दैन भन्नु चाँही सत्य कदापी हैन् ।


२ स्वाइन फ्लू को प्रकोप भएकाले यात्रा गर्नु या नयाँ ठाँउ जानु हुँदैन

यो धारणा पनि गलत हो, स्वभावतः फ्लू संक्रमित को सामिप्यताले यो सर्न सक्दछ तर यात्रा गर्नमै प्रतिबन्ध भनें बिश्व स्वास्थ संगठनले पनि उठान गरेको छैन ।
भिंडभाड र सार्वजनीक स्थलमा हिंड्दा बिशेषतः बिमानस्थल या बसपार्कमा मास्कको प्रयोग गर्ने, जथाभावी नछुने, समयसमयमा हात धोइरहने गर्न सल्लाह भनें दिइन्छ ।

३ यो अत्यन्त नयाँ संक्रमण या रोग हो 


सन् १९७६ मै न्यू जर्सि अमेरिकामा स्वाइन फ्लू देखिएको थियो । २०० जनामा भएको त्यसबेलाको संक्रमणले एकजनाको ज्यान गएको थियो । यो फ्लू कुनै नयाँ या नौलो कुरा या संक्रमण भनें हैन ।

४ यो संक्रमण अत्यन्त खतरा र जादुजस्तो सर्न सक्दछ

बिश्व स्वास्थ संगठनले संसारभरिका देशलाई महामारी नियन्त्रण पूर्वतैयारी योजना लागु गर्दै स्वाइन फ्लू नियन्त्रण गर्न सल्लाह दिएको छ तर यस्ता सम्पूर्ण कुराहरु रोकथामका लागि गरिएका हुन् । मेक्सिकोमै पनि स्वाइन फ्लूले गरेको २० जनाको मृत्यू मध्य केवल ८ जनामात्रलाई बिश्व स्वास्थ संगठनले स्वाइन फ्लू बाट भएको मृत्यू भनि पुष्टि गरेको छ ।
ख्याल पुगेमा अनि सरसफाइमा ध्यान दिन सकेमा यो संक्रमण अन्य फ्लूहरु झैं सामान्य छ ।
तर मानव बाट मानवमा सर्न सक्ने भएकाले यस रोगको खतरालाई कम आँक्न भनें नहुने बीज्ञहरुको राय छ ।
संक्रमितले खोक्दा, हाछ्उ गर्दा यो संक्रमण अगाडीको मान्छेमा सर्ने संभावना बढि हुन्छ र संक्रमित जोकोही पनी हुनसक्दछ तसर्थ स्वाइन फ्लू बाट बच्ने सहज उपाय भनेंकै आफ्नो सुरक्षा र सावधानी हो ।

५ स्वाइन फ्लू को ओखती छैन

यो रसासर गलत कुरा हो । हुन त यस बिरुद्धको खोप लगाएमा यस संक्रमणबाट बच्न सकिन्छ तर यसको ओखतीनै नभएको भन्ने हैन् ।
Anti-viral prescription drug Oseltamivir (commonly sold under the brand name Tamiflu) को सेवन गरेमा मात्रै पनि यो सहजै कम हुन्छ । तर ओखतीको प्रयोग र उपचार पद्धतिभनें चिकित्सकको सल्लाह बमोजिम गरिनुपर्दछ ।
तपाँई पनि आफूलाई फ्लू लागेको जस्तो महसुस गर्नुहुदैछ भनें छेवैको स्वास्थ केन्द्रमा गएर जाँच भनें गराउनुहोला ।

६ जीवनमा एकपटक मात्र स्वाइन फ्लू लाग्दछ

यो सरासर गलत हो, फ्लू समयसमयमा लागिरहन सक्दछ । बिशेषतः स्वास्थ सेवकहरुलाई भनें सक्रमणको अरुलाई भन्दा संभावना बढि हुनसक्दछ, तसर्थ स्वास्थ कर्मचारी लगायत सबैजनाले सक्दो ध्यान दिनुहोला है ।
बिशेषतः श्वासप्रश्वासको समस्या पहिलैबाट हुने तपाईहामी सबै यस संक्रमणको बढि जोखिममा छौं ।
अनि बुढाबुढि उमेरका लगायत गर्भवती महिला र बच्चाहरु पनि बढि जोखिममा हुन्छन् ।

यसका लक्षणहरु निम्नानुसार छन्

१०१ फेरेनहाइट भन्दा धेरै ज्वरो आएमा
श्वास फेर्न धेरैनै समस्या भएमा
श्वास फेर्दा छातीमा समस्या र दुखाई भएमा
खाना अरुची
धेरै थकान
तारन्तार बान्ता आइरहने भएमा

आफूलाई शंका लागेमा नजिकको स्वास्थ चौकी या अस्पताल जानुहोला । चिकित्सक को सल्लाह र प्रयोगशाला परीक्षणपछि मात्र यो संक्रमण पुष्टि हुन्छ ।
आफू पनि जोगिदैं अरुलाई पनि जोगाऔं









Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.