जिन्दगीको दौड | Hamro Patro

ब्लग - साहित्य / लघुकथा

जिन्दगीको दौड




Anil Koju - Jul 22 2016

सूर्यले कुखुराको अण्डा भित्रको पहेलो-पहेलो सुन्तला रङगको जर्दी सरह मुहार बनाएर आजलाई बिदा भन्दै क्षितिजमा विलीन हुने अवस्था थियो ! तर यिनिहरुको दौडादौड र भागमभाग भने अहिले सम्म पनि जारीनै रहेको थियो ।



सूर्यले कुखुराको अण्डा भित्रको पहेलो-पहेलो सुन्तला रङगको जर्दी सरह मुहार बनाएर आजलाई बिदा भन्दै क्षितिजमा विलीन हुने अवस्था थियो !

तर यिनिहरुको दौडादौड र भागमभाग भने अहिले सम्म पनि जारीनै रहेको थियो ।

भोको जङ्गलको राजा सिंह खलखली पसिनाले फ्वा-फ्वा हुदै त्यो लखटरित खरायोलाई आदेश दिन विवश  हुन्छ। 'पख! ओइ खरायो पख !!'…

खरायो सूर्य डुबिसकेकोमा खुशी हुँदै ..चयनको श्वास तान्छ.. आजको लागि सिकारको अवधि सकिसकेको संकेत आइसकेको थियो ।

सुर्य डुबिसकेको थियो । अब कसैले कसैको सिकार गर्नु अन्याय हुन्थ्यो !

दिउसो तन्तलापुर घामदेखि सुरु भएको यिनिहरुको बेजोड चोर-पुलिसमा सिंह बलवान् भए पनि जाबो एउता स्यानो खरायो आफ्नो पन्जामा च्याप्प पार्न नसकेकोमा उ मरेतुल्य भोको त रहयो नै संगै उस्को आत्मसम्मानमा दाग पनि लागिसकेको थियोे।
किनकी उस्ले आज एउता निर्बल,हतियार बिहिन,सोझो प्राणीलाई पनि पकद्न सकेन !

सिंह खुइय्यss!! पसिना काट्दै... खरायो नजिकै पुग्छ अनि खरायोलाई थप्थपाउँछ !

सिंह लज्जित भै'सकेको थियो! एउटा राजाको हार भै'सकेको अवस्था !

"म एउटा जङ्गलको राजा; यहाँ को शक्तिसाली एक मात्रै !" निराश मुहार लगाएर सिंह खरायोलाई सोधछ.."तिमी त मेरो लागि सिन्को भाच्नु सरहको जन्तु , तर पनि मैले आज भगिरथ महेनत गरेर पनि तलाइ समात्न सकिन, तलाइ खान सकिन!!!.. मैले समात्थे भनेनी एकै गासमा सक्थिस त.. 
येस्तो किन भयो एउटा सिंहले त जस्तो कम्जोर, डरपोकलाई किन लखेट्न सकेन?
म किन हारे??"

खरायो त झन फ्वा-फ्वानै हुने भयो!

.. लामो श्वास तान्दै राजालाई प्रणाम गर्दै..भोको राजातिर फर्केर भन्छ, 'राजा साहेब; तपाई जाबो एक छाकको लागि मलाइ लखेट्दै हुनुहुन्छ। तर म मेरो सा..रा जिन्दगीको लागि (
शाहरुख खानले हात फैलाएझै आफ्नो हात फैलाउदै भन्छ) भाग्दै छु, अनि तपाईं मलाई कसोरी समात्नु सक्नु हुन्थ्यो त?!'




: अनिल कोजू
[email protected]
भक्तपुर, नेपाल


----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.