अपेक्षा बिराटनगरको | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

अपेक्षा बिराटनगरको




   Suyog Dhakal - Jul 02 2017

यही जेष्ठ १६ गते साँझमा केवल घन्टाभर परेको मुसलधारे पानीले बिराटनगरको मुख्य रोड अनि मुटु भनेपनि हुने हिमालय रोडको दृश्य हो यो । यस्तो लाग्छ मानौ खोला पसेर अब त्यहाँ आवतजावतका लागि डुङ्गा चाहिन्छ । यो हविगत बिराटनगरका अधिकाशं ठाँउ, रोड र चौक चौराहको छ । कारण हो पानीको निकास राम्रो नहुनु ।

यो पनि हेर्नुहोस् :
 मतगणना प्रक्रियामा को को सामेल हुन पाउँदछन ?

तराईका शहरहरुमा पानीको निकास राम्रो नभएमा केहीबेरकै पानीले पनि सहक र चोक लाई जलमग्न गर्न सक्दछन् । एतिहासिक नगरि बिराटनगर बास्तवमै मौसमअनुसारको चपेटामा छ । घाम लाग्दाको धुलो अनि पानी पर्दाको हिलो, तर यसतर्फ बर्षौदेखि स्थानीय निकायको न्यूनतम मात्र पहल भएको छ ।



यिनै र यस्तै विषय र मुद्धामा केन्द्रित भएर बिराटनगरको बि एफ एम मा निर्वाचनको ६ दिन अगाडि असार ८ गतेका दिन अपहरान्न भीडभाड थियो । नयाँपुस्तासँग मेयरका उम्मेदवारहरुको बहस र कुराकानी थियो, बिराटनगरको अपेक्षा र भावी मेयरका प्रतिवद्धता विषयमा ।


विकल्प एण्ड अल्टरनेटिभ र समृद्धि फाउण्डेसनको आयोजनामा विराटनगर मेयर वहस कार्यक्रम भएको थियो ।

सम्पूर्ण मेयरका उम्मेदवारले बहसका क्रममा एक बर्षभित्र बिराटनगरलाई धुलो धुँवा मुक्त शहर बनाइछाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । जनप्रतिनिधी नभएका कारणले बिराटनगरबासीले धेरै मर्का खेप्नपरेको बताँउदै अब त्यसो नहुने सकै उम्मेदवारको भनाई थियो । नेपाली काँग्रेसका उम्मेदवार भीम पराजुलीले आफ्नो योजनाहरु अत्यन्त ब्यवहारीक रहेको र आफू निर्वाचीत भएमा एकवर्ष भित्रै फरक देख्न सकिने बताए ।

अर्कोतर्फ एमालेका उम्मेदवार विनोद ढकालले बिराटनगरलाई मेघा सिटीका रुपमा बिकास गर्दै भारत अनि चीन समेतकालागि ब्यापारीक हब बनाउने जानकारी दिएका थिए । राप्रपाका तर्फबाट मेयरका उम्मेदवार प्रल्हाद साह र संघिय समाजवादी फोरमका तर्फबाट मेयरका उम्मेदवार उमेश यादवले विराटनगरलाई धुँवा धलो मात्रै नभएर खाल्डा खुल्डी मुक्त गरिने बताउनुभयो । उहाँहरुले विराटनगरलाई समृद्ध शहरका रुपमा विकास गरिने दावी गर्नुभयो ।

मतदाताहरुलाई उम्मेदवारहरुको योजना र क्षमता अनुसार मत दिन सहज होस् भन्ने उदेश्यका साथ उक्त कार्यक्तम आयोजना गरिएको थियो । २० बर्षपछि बिराटनगरले स्थानीय जनप्रतिनीधीकालागि बेलेट बाकस र बेलेट पेपर पाएको हो ।

यसैक्रममा हामीले बिराटनगरका यूवा समाजसेवी अनि उधमी सरोज कार्कीलाई बिराटनगरमा अब छानिने नयाँ मेयरसँगको अपेक्षाका बिषयमा प्रश्न गरेकामा उनको उत्तर यसप्रकार रहेको थियो ।

अहिले सबै हामी विराटनगरवासीले नयाँ निर्वाचित प्रतिनिधि प्रति आशा राखेका छौं । उनीहरूले इमान्दारिता देखाउलान भन्ने विश्वास राखका छौं । उनीहरूले जादुयी केहि गर्न पर्दैन । हिड्न सक्ने खाल्डो , हिलो र धुलो मुक्त बाटो , सुद्ध पिउने पानी र बिजुलीको सहि व्यवस्थापन र सरकारी सेवामा तदारूकता व्यवस्था गरि दिए विराटनगरवासी आफैंले अरू व्यवस्था गर्न सक्थे ।



अब छानिने उम्मेदवारले बिराटनगरवासीका पिडाहरु बाट छुटकारा दिउन् ।


*बिराटनगरवाट निर्मल तामाङ्गका तस्विरहरु
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.