मताधिकार पश्चात् घुम्न हिंडेका कलाकार बिक्रम परियारको हत्या | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

मताधिकार पश्चात् घुम्न हिंडेका कलाकार बिक्रम परियारको हत्या




   Suyog Dhakal - May 14 2017

उत्साहका साथ मतदान गर्न घर गएका यिनीमाथीको यो आक्रमण र हत्या सुरक्षा र सामाजिक संरचनाकै लागी एउटा चुनौती हो । थुप्रै अनाथ आश्रममा निशुल्क संगीत र अभिनय को तालिम प्रदान गरेका यी कलाकारको हत्याले यस स्थानीय चुनावलाई एउटा रक्तदाग दिएर गएको छ ।



चुनावको लागी तनहुँ दमौली जादै
नेपाल बन्द भए पनि राम्रोसँग मुग्लिङ्ग पार गरियो


हिजो बैशाख ३० गते दिँउसो १ बजेर ३६ मिनेटमा विक्रम परियारले आफ्नो फेसबुकमा हालेका केही फोटाहरुमा लाईक्स र कमेन्टस ताजै छन् अनि कमेन्टसमा उन्को लाईक्स र रिप्लाई ज्यूँ को त्यूँ छ । फरक यति छ कि उनी अब हामीबिच छैनन्, चुनावकैलागि दमौली पुगेका उनलाई अज्ञात समूहले खुकुरी प्रहार गरि निर्मम हत्या गरेको छ र उनीसँगै अर्का एकजना पनि घाईते छन् ।

ब्यास १ भादगाउँ स्थित छालाकारखाना नजिक अगाडि अज्ञात समूहको आक्रमणमा परि कलाकार विक्रम परियारको निधन भएको छ।


आक्रमणबाट घाइते भएका परियारलाई उपचारकालागि दमौली स्थित रत्नहरी अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याइएका परियारलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको टाउको गम्भीर चोटको अाधारमा धारिलो हतियारले आक्रमण गरिएको अनुमान गरिएको छ । कलाकार परियार स्थानीय तहको निर्वाचनमा मतदान गर्नकालागि दमौली आएका थिए । काठमाडौ बल्खुस्थीत उनको निवास आज शोकाकुल छ ।

सोही घटनामा परि उनीसँगै अर्को एकजना घाइते भएका छन् । घाइतेलाई थप उपचारकालागि पोखरा लगिएको छ । सो घटनाको विषयमा विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुको खोजी कार्य भईरहेको प्रहरी निरिक्षक विजयराज पण्डितले बताए ।

बिबिसी मिडिया एक्शनमा पहिले काम गरेका अनि थिएटर प्रशिक्षकका रुपमा एक्टर्स स्टुडीयोमा कार्यरत विक्रमको हत्याको खबरले आज रङ्गकर्मीहरू स्तब्ध बनेका छन् । उनका निकटतम साथीसँग कुरा गर्दा उनी आफ्ना परिवार अनि छोरा वैभव र छोरी सम्रागीलाई कला क्षेत्रमा स्थापीत गराउने सपना भएका विक्रम परियार एउटा अब्बल अभिनय प्रशिक्षक, सङ्गीतज्ञ अनि भीएस निकेतन विधालयका अग्रेंजी विषयका शिक्षक समेत हुन् । इनका छोरा वैभवले केही समय अगावै म्याराथोन दौडमा प्रथम स्थान समेत हासिल गरेका थिए । अध्यात्म, धर्म अनि सामाजिक क्रियाकलापमा अत्यन्त चर्चीत विक्रमलाई अब नेपाली कला क्षेत्रले एकाएक गुमाएको छ ।

उत्साहका साथ मतदान गर्न घर गएका यिनीमाथीको यो आक्रमण र हत्या सुरक्षा र सामाजिक संरचनाकै लागी एउटा चुनौती हो । थुप्रै अनाथ आश्रममा निशुल्क संगीत र अभिनय को तालिम प्रदान गरेका यी कलाकारको हत्याले यस स्थानीय चुनावलाई एउटा रक्तदाग दिएर गएको छ ।

उसो त दोलखामा पनि चुनावी माहोल उति सहज भएन र दुईजना मध्य एकजनाको मृत्यूको पुष्टि समेत सहायक जिल्ला अधिकारी यज्ञराज भट्टले दिँउसै गरेका छन् । उता नमोवुद्ध नगरपालिका वडा नं ८ काभ्रेमा मतदान स्थगीत भएको छ । चुनावभन्दा एकदिन अगाडी रातको साढे ८ बजे विधार्थी नवराज पाठकको प्रहरीको गोली प्रहारबाट मृत्यू भएको विरोधमा भएको झडपका कारणले मतदान स्थगीत गरिएको हो ।

स्वर्गमा बास होस् विक्रम
न्यायोचीत उत्तर अनि हत्याराले सजाय पाउन् ।
अलविदा विक्रम परियार
*तस्वीर फेसबुकबाट 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.