साईकल चढ्नेहरुले जितेपछि | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

साईकल चढ्नेहरुले जितेपछि




यस चुनावमा पूर्व उर्जामन्त्रीहरुको केही बोलवाला पक्कै रहेको छ, उता अर्को पूर्व उर्जामन्त्री जर्नादन शर्माले पनि चुनावी माहौलमा बाजी मारेका छन् । रुकुम पश्चिम क्षेत्र नंबर १ बाट जर्नादन शर्माले भारी मतको अन्तरले काँग्रेसका गोपालजी शाहलाई पराजीत पारेका छन् ।



मतपरिणाम उदृत गर्न चाह्यौं, यसपाला त गज्जब झै भएको छ । यसपाला पार्टी या ब्रान्ड भन्दा पनि मान्छे बिशेषलाई मत दिएको र जिताइएको पाइदैछ । नयाँ उम्मेदवारहरुले पनि मौका पाउने संभावना छ भने केही पुराना अनि बिरासतका उम्मेदवारी पराजय हुदैभएका छन् । बिराटनगरको रौनकलाई अहिले पस्किन चाह्यौं, मोरङ्ग ३ बाट बामगठबन्धन अन्तर्गत एमालेका लालबाबु पण्डितले ६७९ मतले काँग्रेसका शेखर कोईरालालाई पराजीत गरेका छन् । सामान्य प्रशासन मन्त्री हुँदा विदेशमा पिआर र ग्रिनकार्ड हुने नेपाली नागरिकताको प्रमाणपत्र खारेज गर्ने कानुन बनाएर चर्चित बनेका एमालेका लालबाबु पण्डित मोरङको क्षेत्र नम्बर ६ बाट विजयी भएका छन्।

यसअघि चुनावी सभाकै दौरानमा शेखर कोइरालाले आफूले लालबाबुलाई नचिनेको र नसुनेको भनेर टीक्काटीप्पणी गरेका सुन्नमा आएको थियो । लालबाबुको बिजयले यसपाला नेपाली मतदाताहरुले पुस्तैनी बिरासतका उम्मेदवार नभईकन आफ्नो हीतका उम्मेदवार छानेका प्रष्ट भएको छ । 
बिजयउत्सवको दौरान पण्डितले छिटै शेखर कोईरालासंग समय मागेर साईकलमा कोईराला निवास गई लडडु दिने र अबको दिनमा कसरी बिकासका लागि दुबै पार्टी अघि बढ्न सकिन्छ भनेर बार्ता गर्ने बताए । घोषित परिणामअनुसार एमालेका लालबाबुले ३३ हजार ९ सय ४१ र काङ्ग्रेसका कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन्।

‘चुनाव प्रचारका बेला म साइकल चढेर हिँड्ने लालबाबुलाई चिन्दिँन भनेर डाक्टर शेखरले भन्नुहुन्थ्यो’, लालबाबुले विजयको घोषणालगत्तै पत्रकारसमक्ष भने, ‘अब म कोइराला निवासमा फोन गरेर डाक्टर साबसित समय माग्छु र लड्डू बोकेर साइकल चढेर उहाँलाई भेट्न जान्छु । अनि भन्नेछु– डाक्टर साब, मै हुँ लालबाबु पण्डित।’

लालबाबुको  जन्मथलो भने सर्लाही जिल्ला हो तर पञ्चायतकालमा भूमिगत राजनीतीमा होमिदा बिराटनगर आएपछि बिराटनगरलाई नै यिनले आफ्नो बसाईथलो बनाएका हुन् । सरल अनि समान्य जीवनशैली अपनाउने नेताहरुलाई बहुदल पश्चात नेपाली राजनीतीमा कमैमात्र जीतेको पाइन्थ्यो । चर्चा अनि पक्कड राम्रै भएपनि चुनावी नतिजामा यस्ता नामहरु कमै मात्र खरो आउथेँ तर यसपाला अलि फरक छ ।गरेर देखाउन सफल नेतृत्वहरु, केही फरक कोणले जनताका मुद्धा सम्बोधन गर्न सफल व्यक्तित्वहरु चुनावी दौरको अग्रपक्तिंमा छन् । यता काठमाडौ श्रेत्र नंबर १ मा पनि केही सोचेको अनि केही नसोचेको परिणाम भएको छ । राजनैतीक जीवनको प्रथम चुनावमानै रविन्द्र मिश्रले सापेक्षिक सफलता पाएका छन् । नेपाली काँग्रेसका प्रकाशमान सिंह उनका प्रतिद्धन्दी थिए र यो प्रतिस्पर्धालाई यसपालाको चुनावको खरो प्रतिस्पर्धाका रुपमा पनि लिइएको हो । केवल ८०० मतको अन्तरले रविन्द्रलाई प्रकाश मान सिंहले उछिनेका हुन् । एउटा कुरा भने प्रष्ट छ, काठमाडौ क्षेत्र नंबर १ लाई प्रतिनीधी क्षेत्र मान्ने हो भने अब काठमाडौले नयाँ नेतृत्व खोजिरहेको प्रष्ट हुन्छ । पुस्तैनी राजनिती र बिरासतका मतहरु बिच दशकौं देखि काठमाडौमा भएको प्रकाशमान सिंहको पक्कड लाई केवल ८०० मतले मात्रै उछिन्न नसक्नु रविन्द्रको सापेक्षिक बिजय मान्न सकिन्छ । त्यसैगरि पूर्व उर्जामन्त्री अनि व्यक्तिगत रुपमा राम्रो कार्य र स्वाभीमानी छवी बनाएका गोकर्ण बिष्ट पनि गुल्मी क्षेत्र नंबर २ बाट लगभग बिजयको संघारमै आइपुगेका छन् । यस चुनावमा पूर्व उर्जामन्त्रीहरुको केही बोलवाला पक्कै रहेको छ, उता अर्को पूर्व उर्जामन्त्री जर्नादन शर्माले पनि चुनावी माहौलमा बाजी मारेका छन् । रुकुम पश्चिम क्षेत्र नंबर १ बाट जर्नादन शर्माले भारी मतको अन्तरले काँग्रेसका गोपालजी शाहलाई पराजीत पारेका छन् । उर्जामन्त्री हुँदा उज्यालो योजना अर्थात लोडशेडिगं अन्त्यका लागी यिनले खेलेको भूमिकाका लागि जर्नादन शर्मालाई निकै रुचाइएको थियो ।यता कांग्रेसको पनि राम्रो गर्न सकेका र संभावना भएका उम्मेदवारहरुले बाजी मारेका छन्। गगन थापालाई काठमाडौ क्षेत्र नंब्र ४ बाट बिजय प्राप्त भएको हो । स्वास्थ मन्त्री भएका समयमा गगनले पनि सुधारात्मक कार्य गरेका र यूवा नेतृत्वको आधारस्तम्भका रुपमा गगनलाई पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा गरेको राम्रा कार्यको पुरस्कार स्वरुप जनताले बिजय गराएका मान्न सकिन्छ ।  लगभग ४ हजार मत अन्तरले प्रतिस्पर्धी नेकपा एमलेका राजन भट्टराई लाई यिनले जितेका हुन् । साईकल चढ्नुको मतलव सरल जीवन अनि सकारात्मक कदमका रुपमा अभिब्यक्त गर्न चाह्यौं । कालो सिसाभित्रका गाडीमा बस्ने भन्दा सबैसामु साईकलमै हिड्नसक्ने, सुधारात्मक अनि स्वच्छ छवीका नेतृत्वको आवश्यक्ता छ ।

यस चुनावको रौनकै फरक छ, अनुहार या बिरासतलाई छेउ लगाएर काम र अनुभवको पोल्टो भरिँदैछ । 

हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.