चुनावमा बाजी हारेकाहरु | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

चुनावमा बाजी हारेकाहरु




केही चिल्ला गाडीमा कुद्नेहरु छेउ लागेका छन् भने साइकल चढ्ने अघि आएका छन् । बहुदलपछिको अधिकांश मन्त्रीमण्डल अनि राजा शाषनमा समेत भागलिएका नामहरु यसपाला दोहोरिएनन् । केही आशालाग्दा राजनैतिक पार्टीहरु पनि यस होडवाजीमा नआएका हैनन तर टुप्पोमा भएको ज्ञानले फेदमा जरा गाड्न नसक्ने रहेछ शायद, मैदान बाटै निस्कने गरि छेउलागेका छन् ।



यस चुनावले धेरै लहरहरु ल्याएको छ, लहरहरु संगै केही नाम अनि केही नेतृत्व बगेर आएका छन् भने केही बगेर गएका छन् । जनता जर्नादनका अगाडी नाम भन्दा काम गर्ने अगाडी आएका छन् । केही चिल्ला गाडीमा कुद्नेहरु छेउ लागेका छन् भने साइकल चढ्ने अघि आएका छन् । बहुदलपछिको अधिकांश मन्त्रीमण्डल अनि राजा शाषनमा समेत भागलिएका नामहरु यसपाला दोहोरिएनन् । केही आशालाग्दा राजनैतिक पार्टीहरु पनि यस होडवाजीमा नआएका हैनन तर टुप्पोमा भएको ज्ञानले फेदमा जरा गाड्न नसक्ने रहेछ शायद, मैदान बाटै निस्कने गरि छेउलागेका छन् । राजनीतीको गज्जबको पक्ष के हो भनें यहाँ खेलाडीहरु जत्तिकै दर्शकको पनि भूमिका रहन्छ । आखिर राम्रो गर्दा ताली बजाउने अनि नराम्रो गर्दा गाली उजाउने यिनै दर्शकहरु नै त हुन् । 
आएका सबै राम्रा नहुन पनि सक्छन अनि गएका सबै नराम्रा नहुन पनि सक्छन् । यहाँ केही यस्ता आशालाग्दा अनि हार्लान भनेर कल्पना पनि नगरिएका नामहरु प्रस्तुत गर्न चाह्यौं, हिरो नेताहरुको लिष्टमा । तर यि हिरो नेताहरुले जनताको भावना बुझ्न या सम्बोधन गर्न नसकेको त पक्कै हो । 

बामदेब गौतम
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन । गौतमलाई कांग्रेसका सञ्जय गौतमले ७५३ मतको अन्तरले पराजित गरेका हुन ।सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गरेका छन् भने गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका छन । 
नारायणकाजी श्रेष्ठ
यि नेताले गोरखा २ मा नयाशक्ति पार्टीका डाक्टर बाबुराम भटराई संग हारेका हुन । माओवादीमा रहँदाका सहकर्मी यि दुई बीचको प्रतिस्पर्धालाई यस चुनावको एउटा रोचक भिडन्त अनि गहन परीक्षाका रुपमा लिइएकोमा बाबुरामले बाजी मारेका हुन् । बागठबन्धन संयोजनको भूमिकामा बामदेब गौतम र नारायणकाजी श्रेष्ठको उपस्थिती दह्रो मानिएको छ । हार स्वीकार गर्दै यि नेताले बाबुराम लाई बधाई अनि जनताहरुलाई धन्यवाद पनि दिएका छन् । मत अन्तर फराकीलो रहेको छ । 
रामचन्द्र पौडेल
तनंहु क्षेत्र नंबर १ बाट नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले हारेका हुन् । बामगठबन्धनका किसान पौडेलसंग फराकीलो मतअन्तर ६ हजार ४ सय १४ मत अन्तरले यिनले हारेका हुन् । यिनी बिसं २०४८ सालदेखि यस क्षेत्रवाट सदैव बिजयी उम्मेदवार भएपनि यसपाला जनताले पत्याएनन । 
कृष्ण सिटौला
झापा क्षेत्र नं ३ बाट नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनसँग पराजित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३११५९ मत ल्याए भने वाम गठबन्धनको समेत समर्थन पाएका लिङ्देनले ४४६१४ मत ल्याए। 
बिमलेन्द्र निधि
र्चिर्चत काग्रेस नेता निधी धनुषा क्षेत्र नंब्र ३ मा राजपाका नेता राजेन्द्र महतोसंग नमिठो रुपमा पराजित भएका हुन् । निधीले २७ हजार ८ यस ४७ भोट टेक्दा महतोले ३० हजार ७ यि पचास मत ल्याएका थिए । 
शेखर कोइराला 
मोरगं ६ बाट बामगठन्धनका बहुचर्चित नेता एवं कुशल सामान्य प्रशसन मन्त्रीका रुपमा सर्वत्र छाएका सरल नेता लालबाबु पण्डितसंन नमिठो रुपमा हारेका छन् । लालबाबुलाई आफूले नचिनेको बताउने यि नेतालाई चुनावी प्रचारप्रसारकै क्रममा यसै अभिब्यक्तिका लागि पनि नरुचाइएको थियो । 
पुर्ण बहादुर खडका 
सुर्खेत प्रतिनीधी सभा क्षेत्र नंबर १ मा बामगठबन्धनवाट एमालेका ध्रुवकुमार शाही संग कांग्रेसका खड्काले घपराजय भोगेका हुन् । 
अर्जुननर्सिंह के सि
नुवाकोट १ मा बामगठबन्धन एमालेका नारायण प्रसाद खड्कासंग केसीले हारेका हुन् । 
आरजु राणा देउबा 
धनगढी कैलालीमा बिपक्षीहरुले टुरिस्ट नेता भनेका झोंकमा आलिशान घरनै खरिद गरेकी कांग्रेस सभापतीकि श्रीमती अनि प्रतिभाशाली नेतृ आरजु राणाले एमाले उम्मेदवार नारदमुनी रानासंग हार्नुपरेको हो । 
रामशरण महत 
अर्थमन्त्रीका रुपमा रामशरण महतको पटक पटक मन्त्रीपरिषदमा उपस्थिती रहेको थियो । भुईचालोका बेलामा राहतका सामन हिनामीना गरेको आरोप पनि नमज्जाले खेपेका काग्रेसका यि प्रतिभाशाली नेतालाई भारी मतअन्तरले माओवादीका हितबहादुर तामागंले हराएका हुन् । 
कमल थापा -गाई
मकवानपुर क्षेत्र नंबर १ बाट राप्रपाका यि नेतालाई एमालेका कृष्ण दाहालले ६ हजार बढि मत अन्तरले सहजै हराउन सफल भए । 
पशुपति शमशेर -हलो 
सिन्धुपाल्चोक २ बाट पशुपति शमशेर एमालेका शेरबहादुर तामागंसंग नमिठो गरि पराजीत भए । 

यी बाहेक अन्य केही चर्चित नामहरु जस्तै काग्रेसका प्रकासशरण महत, यज्ञ बहादुर थापा, दिप उपाध्याय, बिश्वप्रकाश शर्मा अनि राप्रपाका दिपक बोहराले हारेका छन् । माओवादी केन्द्रका खगेन्द्र भट्ट पनि पराजीत भएका छन् । विबेकशील साझाका रबिन्द्र मिश्रले पनि सम्मानजनक रुपमा हारेका छन् । खासै पुरानो राजनैतिक पृष्भूमि नभएका मिश्र आफ्नो प्रखर पत्रकारिताका कारणले चर्र्चीत अनुहार र आवाज हुन् । काठमाडौ १ बाट प्रकश मान सिंह संग केवल ८ सय मतको अन्तरले हारेका मिश्रलाई बिवेकशील पार्टी भन्दा पनि तठस्त व्यक्तित्व अनि बुद्धिजीवीका रुपमा मत दिइएको हो । पुराना पार्टीहरु प्रतिको उदासिनतामा नयाँ पार्टीहरुको आशा उजागर गरिएतापनि यस चुनावले बिवेकशील अनि मिश्र दुबैलाई आगामी ५ बर्षक लागि बाईबाई गरेको छ ।
जित्नेलाई शुभकामना अनि हार्नेलाई अझै ईमान्दार भएर अर्को पटक चुनावको व्यालेट पेपरमा देखिन निम्तो । 

हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.