कहाँ कसले जित्ला ? चारवटा महानगरका अड्कलबाजी | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

कहाँ कसले जित्ला ? चारवटा महानगरका अड्कलबाजी




   Suyog Dhakal - May 15 2017

स्थानीय चुनावको पहिलो चरण हिजो सकिएको छ, आउनुहोस केही कुरा गरौँ न कहाँ कस्ले जित्छन भन्ने वारेमा ।

काग्रेस र माओबादीको काठमाडौ र चितवनमा भएको समिकरणलाई आआफ्नै हिसाबमा व्याख्या  गरिएको छ र सम्पूर्ण कुराका परिणामहरु अब छिटै हामीलाई थाहा हुनेछ । काठमाडौ वरिपरिका स्थानहरु टोखा, चन्द्रागीरी, नार्गाजुन अनि शंखरापुर जस्ता ठाँउमा मतगणना शुरु भईसकेको छ ।

अहिले धेरैको ध्यान भनेँ देशको शक्तिकेन्द्र रहेको काठमाडौ महानगरपालिका, प्रधानमन्त्री पुत्रि रेणु दाहाल उठेकी चितवनको भरतपुर, कास्कीको पोखरा र ललितपुर तर्फ सबैको ध्यान र अड्कल अडीएको छ ।

काठमाडौ
काठमाडौमा काँग्रेसका राजुराज जोशी र एमालेका विधा सुन्दर शाक्य दुबै उत्तिकै प्रभावशाली पाईएको छ । गएको चुनाव अर्थात संविधान सभा चुनावमा काँग्रेसको पक्कड राम्रो देखिएको क्षेत्रहरु काठमाडौमा भएकाले धेरैले राजु शाक्यलाई लख पनि काटेका छन् तथापि यसै भन्न सक्ने अवस्था छैन् । माओबादीले पनि काँग्रेसलाई नै सघाउने समिकरण भएतापनि यो समिकरणको प्रभाव सकारात्मकनै होला भन्ने अवस्था पनि छैन् ।

भरतपुर
प्रचण्ड पुत्रि रेणुकालागी सहज वातावरण वनाउन चालिएको राजनैतीक बुद्धिचालले माओवादीलाई कत्तिको फाईदा गर्ला त रु हेर्न बाँकी छ । स्थानीय काँग्रेसहरुले पनि यस सहकार्यलाई काँग्रेसको आत्मघाती निर्णयका रुपमा लिएको पाईएको छ । यसै कुरामा एमालेका उम्मेदवार देवी ज्ञवालीले फाईदा लिनसक्ने अड्कल पनि अवश्य काटिईएको छ ।

ललितपुर
यसअघि ललतिपुरमा काँग्रेसको पक्कड देखिएको हो, यसपटक काँग्रेसवाट चिरबाबु मर्हजन मैदानमा छन् । अर्कोतर्फ मेयर भईसकेका प्रेमलाल महर्जनको उम्मेदवारी चिरबाबुकालागी फलामकै चिउरा साबित भएको छ । एमालेका हरिबाबु ब्यञ्जनकार पनि उत्तिकै बलिया छन् ।

पोखरा
काँग्रेस र माओवादीका साझा उम्मेदवार राम जी कुँवर मैदानमा छन् अर्कोतर्फ एमालेका मानवहादुर जि सी पनि कमजोर भने छैनन् । आउनुहोस हाम्रो पात्रोसँग निर्वाचन विशेष सुत्रमा निर्वाचनका मतगणना, घटना अनि परिघटनाका साथ अन्वेषण मुलक समाचारमा सँगै रहौ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.