निर्वाचनमा गर्न नहुने कुराहरु | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

निर्वाचनमा गर्न नहुने कुराहरु




   Suyog Dhakal - May 14 2017

आउनुहोस केही छलफल गरौ चुनावमा गर्न नहुने कुराहरुका बारेमा ।

यदि आफ्नो मतपत्रका अरुलाई देखाउनुभएमा निर्वाचन अधिकृतले त्यस्ता मतदातालाई रु १५ हजारसम्मको जरिवाना मात्र नगराई उक्त मतपत्रलाई वदर करार दिन सक्दछन् । मतदान अधिकृतले जरीवाना तिर्न नसक्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा पठाउन सक्छ। कुनै व्यक्तिले नाम ढाँटी अर्काको नाममा मत खसाल्न आएको कसैले उजुरी गर्न चाहेमा तिनले एक सय रुपैयाँ धरौटी राखी निवेदन दिनुपर्ने हुन्छ।

स्मरण रहोस गोप्य मतवाट बहुमत लिएर आएका उम्मेदवारमात्र चयन हुने हुन् । संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ र यसअर्थमा मतदाता स्वंले पनि आफूले दिईसकेको मत लाई सार्वजनिक गर्न पाईने छैन् ।

निर्वाचन आयोगका अनुसार मतदातका दिन मतदातालाई पनि निर्वाचन आचार संहिता लागु हुनेछ । अर्को मतदाताको नामबाट मतपत्र लिएर मतदान गरेको वा एकै व्यक्तिले एकपटक भन्दा बढी मतदान गरेको पुष्टी भएमा त्यस्तो व्यक्तिले २५ हजार रुपैयाँसम्म जरीवाना तिर्नुपर्ने हुन्छ। मतदान अधिकृतले तत्कालै त्यस्तो जरीवाना निर्धारण तोक्नसक्छ।

मतदान केन्द्रमा मोवाईल लिएर जाने, फोटो खिच्ने गर्न पाईदैन । अथवा यसरी खिचेको गोपनियता भगं हुने तस्वीरहरु सार्वजनिक गर्नु पनि कानुनतः अबैधानीक हो ।

आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ। कुनै मतदाता तोकिएको समय समाप्त भएपछि पुगेमा मतदान केन्द्रमा प्रवेश पाउने छैनन्। तर, मतदान केन्द्रमा प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउनेछन्। कुनै मतदाताले मतपत्रमा चिन्ह लगाएर मतपत्र बाहिर लान पाउने छैनन्। त्यस्तो पाइएमा २५ हजारसम्म जरीवाना तिर्नुपर्ने हुनसक्छ।

तर, कुनै मतदाताले मतपत्र लिइसकेर मतदान गर्न नचाहेमा मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्न सक्नेछन्। त्यस्तो मतपत्रको छुट्टै लगत भने राखिने छ। तर, मत संकेत गरेर फिर्ता गरेको रहेछ भने त्यस्तो मतपत्रलाई कर्मचारीले तत्कालै मतपेटिकामा हाल्नुपर्ने हुन्छ।

कानुनले प्रयोग गरिने वा गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्री लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिने किसिमले रोकावट गरेमा त्यस्तो व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरीवाना वा दुईवर्षसम्मको कैद वा दुवै सजाय हुन सक्छ। यी सम्पूर्ण प्रावधानहरु निर्वाचन आयोगले निकालेको प्रेश विज्ञप्ती र निर्वाचन आचार संहिता पुस्तिकावाट साभार गरिएका हुन् ।
ल है हामीसबैजना ३४ वटै जिल्लाका मतदाताहरु यी सम्पूर्ण कुराहरुमा सचेत रहौ ।

निर्वाचनका थप अपडेटका लागी हेर्दै गर्नुहोला, हाम्रो पात्रो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.