स्थानीय चुनावमा महिलाहरु किन हिच्किचाउने ? | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

स्थानीय चुनावमा महिलाहरु किन हिच्किचाउने ?





स्थानीय चुनावको माहौल र चर्चा आजकाल देशभर नै कतै छुट्ने गर्दैन । ठाउँठाउँको उम्मेदवारहरुको नाम जनसमुदाय माझ निस्किन थालेपछि एक किसिमले राष्ट्रलार्इ नै चुनावले छोइसकेको अनुभूति हुन्छ । यस चुनावमा बिभिन्न पदमा महिला उम्मेदवारहरुले पनि सहभागिता देखाउन सकिने सरकारद्वारा ब्यस्बस्ता मिलाइएको छ ।

भर्खरमात्र नेपाल भोट्सले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको भिडियोले सम्भावना बोकेको महिलाहरुलाई यो स्थानीय निर्वाचनमा सहभागिता जनाउन प्रोत्साहन गरेको छ । उक्त भिडियो अनुसार थुप्रै दावेदार महिलाहरु यस स्थानीय चुनावको बारेमा अनविज्ञ देखिएको या कतिले त जानकारी पाउँदा समेत पनि यस निर्वाचनबाट आफूलार्इ सक्दो पर राख्न खोजिरहेको देखाइएको छ ।

नेपाल भोट्सले महिलाहरूलार्इ प्रोत्साहन गर्न तयार पारेको भिडियो यहाँ हेर्न सक्नुहुनेछ:


थुप्रै सम्भावना बोकेका महिलाहरु पनि किन यस निर्वाचनबाट पर बसिरहेका छन् त , एकफेर यो कुरामा ध्यान दिन आवश्यक छ । न त अहिले नेपाली महिलाहरु महिला पुरुषसंग प्रतिस्पर्धा गर्न हिच्किचाउछन् , न त उनीहरुमा कुनैपनि निकायमा नेतृत्व गर्ने क्षमतामा कमि नै छ ।त्यसोभए किन त ? कतै राजनीतिलाई फोहोरी खेल मान्ने हाम्रो यो समाजको धारणा रहेकोले त कतै महिलाहरु यो खेलमा सहभागिता जनाउन अन्कनाइरहेका हैनन् ? तर राजनीति आफैमा फोहोरी खेल हुदै हैनन् । केहि भ्रष्ट , स्वार्थी व्यक्तिहरुको कुकर्मले यसलाई थोरै फोहोरी बनाएकै छ । तर भारि मात्रामा महिलाहरुको उपस्थिति रहेमा भोलिको दिनमा नेपालको राजनीतिले छुट्टै परिभाषा कायम गर्न सक्छ ।

हुन त अहिले पनि नेपाली समाज पुरुष प्रधान नै छ , तर स्मरण रहोस आज विश्व इतिहासमा कतै नभएको देशको प्रमुख तीन अंग ब्यबस्थापिका,कार्यपालिका, र न्यायपालिकामा महिलाहरु नै आसिन छन् । हाम्रोपात्रो पनि ति सक्षम महिलाहरुलाई आफ्नो खुबी र नेतृत्व गर्ने क्षमता आफुमा मात्र सिमित नराखेर देश र जनताको हितको लागि प्रयोग गर्न आआफ्नो ठाउँबाट निर्वाचनको उम्मेदवार बन्न प्रोत्साहन गर्दछ । हिलारी क्लिन्टनले हारेर पनि जितेकी थिइन, सबैले बुझ्न जरूरी छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.