थाइल्यान्डमा 'श्री कृष्ण जन्माष्टमी' | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

थाइल्यान्डमा 'श्री कृष्ण जन्माष्टमी'




   Suyog Dhakal - Aug 28 2016

आरतीको दिप को स्पर्श र धार्मिक ताप ग्रहण गर्ने लालसा मान्छेहरुमा धेरै देखिएको थियो । हिन्दु धर्ममा प्रायश मुर्ति र मन्दिरमा नभएका ब्रह्मा भगवानलाई थाइल्यान्डमा धेरै मन्दिरहरुमा मुर्तिमै कुदेर पुजिने गरिएके पाइन्छ, थाई ब्रह्माको स्थानिय नाम भने अरुनै रहेको छ ।



सनातन धर्म केवल नेपाल र भारतमा मात्र सिमित छैन, मध्य एशियन देशहरुमा सनातन धर्मको निकै वाक्लो उपस्थिती छ । महाभारतको युद्ध पछि हारेका कौरवका सन्ततीहरु गएर थाइल्यान्ड, इन्डोनेशिया, म्यानमार, सिंगापुर, क्यामवोडिया र मलेसियामा वसेका प्रमाणहरु पाइन्छन । १३ शताब्दीमा इस्लाममा रुपान्तरित भएको इतिहास वोकेका यी देशहरुको सभ्यतामा अहिलेपनि महाभारतकालिन इतिहास र सभ्यताका धेरै झभल्कोहरु पाइन्छ । हिन्दु धर्म भन्दा पनि सनातन सभ्यतालाई केन्द्रित गरेर हेर्नेहो भने इन्डोनेशियामा भएको गरुडको मुर्ती, थाइल्यान्डको सुवर्णभुमी एयरपोर्टमा लश्करै रहेको हनुमानका मुर्तीहरु अनि विभिन्न सस्कारहरु यस्का केही अवशेषहरु हुन् ।



थाइल्यान्डको राजधानी व्याङ्ककमा रहेर वाण्ज्यिशास्त्र अध्यनरत नेपाली विधार्थी विकाश दाहालले यस वर्ष व्याङ्कककको मान तियोन हिन्दू मन्दिरमा मनाइएको कृष्ण जन्माष्टमीका झलकहरु देखाउन चाहन्छौँ । थाइल्यान्डमा हिन्दूत्व र वोद्धित्व धेरै नजिक छ, हिन्दू मन्दिरहरुमा वाैद्धमार्गी भिक्षुहरुको उपस्थिती बाक्लै देख्न सकिन्छ । पूजा अर्चना गर्नेहरु हातमा फूल, नरिवल लगायतका नैवेध तथा पन्चपात्रो लिएर समेत पनि आएका थिए । थाइल्यान्डमा अधिकांशले वाैद्धमार्गी र हिन्दू धर्मावलम्बिहरुलाई लगभग एउटै मान्ने गर्दछन र धेरै थाइहरुसंग कुरागर्दा उनिहरुले हिन्दूलाई धर्म नभइकन एउटा आदर्श र दर्शनका रुपमा बढि लिने गरीएको पाइन्छ । कृष्णजन्माष्टमीमा पनि भक्तजनहरु आएर धूप, वत्ति प्रज्वलित गरेर भगवानका मुर्तीका अगाडी घुँडा टेकेर बसेको र आफ्ना मनोकानामहरु प्रकट गरेको देख्न सकिन्थ्यो ।



आरतीको दिप को स्पर्श र धार्मिक ताप ग्रहण गर्ने लालसा मान्छेहरुमा धेरै देखिएको थियो । हिन्दु धर्ममा प्रायश मुर्ति र मन्दिरमा नभएका ब्रह्मा भगवानलाई थाइल्यान्डमा धेरै मन्दिरहरुमा मुर्तिमै कुदेर पुजिने गरिएके पाइन्छ, थाई ब्रह्माको स्थानिय नाम भने अरुनै रहेको छ ।



प्रस्तुत छ थाइल्यान्डको मान तियोन हिन्दू मन्दिरमा मनाइएको कृष्ण जन्माष्टमीका झलकहरु चित्र र भिडियोमा ।



उच्चशिक्षा ग्रहणका क्रममा थाइल्याण्डमा रहनुभएका विकाश दाहालको सहयोगमा संकलित सामाग्रीहरूलार्इ सुयोग ढकालले हाम्रो पात्रोकोलागि तयार गर्नुभएको हो । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.