कटहर एउटा गुणकारी फलः चित्रकथा | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

कटहर एउटा गुणकारी फलः चित्रकथा




   Suyog Dhakal - Jul 19 2017

बर्खायाममा कटहर बास्तवमै एउटा पुरस्कारजस्तै फल हो । रुखमा फल्ने यस फलको स्वाद र पोषण अनि बर्खायामका याद र अनुभवहरु अलौकीक हुन्छन् ।

यो पनि हेर्नुहोस् : जब फेवा तालमा साँझ पर्यो

अगेंजीमा ज्याकफ्रुट भनिने कटहर वास्तवमा नेपाली जनमानसका लागि नौलो नहुन सक्दछ । तराई, मध्यपहाडी र पहाडी क्षेत्रमा समेत कटहर फल्ने गर्दछ बाहिरी आवरण हरियो र पहेंलो रगंको हुने कटहर भित्रपटि मस्याईलो र केस्रैकेस्रा सहितको मिठो फल हो । 


एकतमासको बास्ना आउने यस फलको केस्रो भित्रको एउटा पातलो पहेंलो झिल्ली हटाएर खानपर्ने हुन्छ भने भित्रको दानाको पनि आफ्नै बिशेषता छ । कटहरका दानालाई ठाँउअनुसार बिभिन्न नाम दिइएको छ, तराईमा भनें आंटी भनिन्छ । यस्ता आंटीहरुलाई सुकाएर अनि पोलेर अचारका रुपमा या तरकारीकारुपमा पनि सेवन गर्ने चलन छ ।


कटहर भित्रको डांठलाई भिनाजु भनिन्छ , कतिपय ठाँउमा यस डांठको पनि तरकारी खाने चलन छ ।



के तपाईहरुलाई थाहा छ ?
कटहर संभवतः बिश्वभरिनै रुखमा फल्ने सबैभन्दा ठुलो फल हो । भिटामीन बि र पोटासियमको भण्डार कटहरमा अन्य थुप्रै पोषणहरु हुन्छन् । पाचन प्रक्रियाकालागि पनि कटहर अत्यन्तै उपयूक्त फल हो । यसको सेवनले पेट सफा हुने, निन्द्रा लाग्ने र अनुहारमा चमक समेत आउने बिश्वास गाँउघरमा छ ।
फाईबर, मीनरल र भिटामिनमा धनी यस फलको सेवनले कोलेस्टेरोलको समस्या पनि कम हुन्छ ।
हेर्दा खेरिनै कटहर पहेंलो र खाऊं खाऊं लाग्ने फल हो ।

सामान्यतया एउटा कटहर भित्र ५० देखि ५०० ओटासम्म केस्राहरु हुन्छन भनें हरेक केस्रामा एउटा दाना हुन्छ ।


गाईबस्तुकालागि पनि कटहरको बोक्रा अत्यन्त पोषक मानिन्छ, बिशेषतः लैना बस्तुभाउलाई कटहरको बोक्रा खुवाउनाले दुध बढ्नेगर्दछ ।


कांचो कटहरको तरकारी खान पनि असाध्यै मिठो हुन्छ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.