छठ पर्वका मौलिक भजनहरु-भक्त संवाद | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

छठ पर्वका मौलिक भजनहरु-भक्त संवाद




   Suyog Dhakal - Oct 26 2017

परापूर्व काल देखिनै समान बिधी र परम्परा अनुरुप छठ पर्व गरिंदै आएको इतिहास छ । रिग्वेद को सूर्य अनुष्ठान बिधी अनुरुप नै यस पर्वको अनुसरण हुँदै आएको पनि बताइन्छ । महाभारतमा द्रोपती ले छठ पूजा गर्दा गाएको सस्कृतको कविता पनि सूर्य अनुष्ठान गर्ने जाप भएको बताइन्छ । त्यतिबेलाको ईन्द्रप्रस्थ राज्य जून अहिलेको दिल्ली भएको ठाँउमा रहेको थियो, त्यस राज्यका सन्त धौम्यको सल्लाहमा पाण्डवहरुले छठ पूजा गरेको अनि सूर्य देवको कृपाले पाण्डवहरुको दुख्ख अन्त्य भएर राज्यसत्ता पूनः पाएको जनउक्ति छ ।

परापूर्व कालमा रिसीहरु धेरै बर्षसम्म केही नखाई तपस्या गरेर बाँचन सक्दथे, यसरी निराहार निर्जल तपस्या बस्दा तपस्वी हरुले सूर्यको किरणबाट उर्जा प्राप्त गर्दथे । यसरी सूर्यको उर्जालाई शक्तिका रुपमा बदल्न तपस्वीहरुले छठ लगायतका अनुष्ठान बिधीहरु गर्ने गरेको उल्लेख गरिन्छ ।


अर्कोतर्फ छठ पर्वलाई रामायणसंग पनि जोडिएको छ, राम र सीता अयोध्या आएपश्चात दुबै मिलेर छठ पर्व लिएको र सूर्य देवको अनुष्ठान गरेको बताइन्छ । १४ बर्षको वनवास पछि फर्किएका सीता राम ले कार्तिक शुक्ल पक्षमा छठ अनुष्ठान गरेपछि सनातन सस्कारमा छठ अनुष्ठान अभिन्न पर्वका रुपमा भएको मानिन्छ ।

छठ पर्वका गीतहरु
गंगा सागर के घाट पर हम्हु अरजिया देवै, ए छठी मैया
हम ना जेव दुसार घाट, ए देख छठी मैया
सुपा लेल, नारिवल लेल अरजिया देवै, देखव ए छठी मैया
फुल लेल अरजिया देवै, देखव ए छठी मैया
केला, सेव नारिवल किन गएनी बजरिया , देखव ए छठी मैया
वत्तही लगाल बढि देर, देखाव ए छठी मैया

भूलचुक हमारी मैया, राखव न दियानिया, देखाव ए छठी मैया
हमारी अरजिया देखाव माँ, देखाव ए छठी मैया


मिथिला जनकपुरको परिवृत मा लेखिएको अनि गाइने यस छठ पर्वको गीत को नेपाली अनुवाद यस प्रकार हुन्छ ।

गंगासागरको घाटमा म पनि अर्घ दिन्छु, ए छठ माता
म कुनै अर्को घाट जान्न, ए छठ माता
नागंलो लिएर, नरिवल लिएर अर्घ दिन्छु, ए छठ माता
फुल चढाएर अर्घ दिन्छु, ए छठ माता
केरा किन्न नरिवल किन्न, स्याउ किन्न बजार गए हेर छठ माता
त्यही भयो धेरै ढिला ए छठ माता
भूलचुक हाम्रो हिसाबन गर ए छठ माता
हाम्रो अर्घ हेरिदेउ माता, ए छठ माता
गंगासागर को घाटमा म पनि अर्घ दिन्छु, ए छठ माता
म कुनै अर्को घाट जान्न, ए छठ माता


वास्तवमा यो गीत पटनाको घाटका लागि भनेर कथिएको पाइन्छ, सुस्तरि गीतलाई स्थानीयकृत गर्दै आएको पाइन्छ ।


अर्को एउटा महत्वपूर्ण भजन छ, छठी माताको जसको सरल नेपाली शब्दहरुमा प्रस्तुती दिन चाहयौं ।

आँगनमा पोखरी खनाऊ
छठ माता आउन सक्छिन
दैलोमा तम्बु गाडेर हेर
छठ माता आउन सक्छिन
डाला भरेर केरा ल्याउन
त्यसमाथि पियरी ( सानो कपडाको टुक्रा) ओढाउ
छठ माता आउन सक्छिन
हात्तिमा कलश राखेर ल्याउ
अनि त्यमाथी दियो जगमगाउ
छठ माता आउन सक्छिन
हृदय पवित्र पारेर राख
भक्तिभाषाले प्रार्थना गर
छठ माता पक्कै आँउछिन्
मनको इच्छा पुरा गर्छिन


अर्को यस्तै भजन छ , यस भजन छठी माता र भक्तजनको संवाद जस्तो छ ।


सुनी ए सेवक लोग
ए मोरा घटिया दुबिया उपजी गईले
मकडी बसेर लेले

ये हाथ जोडी बोले सेवक लोग
सुनी ए छठी मैया
ए रउरा घटिया दुबिया छिलवाई देवो
मकडी उजाडी देवो
ये रउरा घटिया चन्दन से लिपवाई देवो
दीपक जलाई देवो
ये रउरा घटिया उखिया गडवाई देवो
अरघ दिलाई देवो
ये रउरा घटिया फुल छिटाई देवो
हवन कराई देवो

यसको अर्थ यसप्रकार हुन्छ । 
छठी माता ले भत्तजनसंग भन्छिन्
यो मेरो जलाशयको घाटमा दुबोहरु उम्रिएछन्
किराहरु बस्न थालेछन्
सुन न मेरा भक्तहरु

अब भक्तले उत्तर दिन्छन्
यो हात जोडेर हामीसबै भक्तहरु भन्दछौं
घाट वरिपरिको दुबो अनि फोहोर हरु सफा गर्ने छौं
सम्पूर्ण घाट वरिपरि चन्दन ले लिपी दिने छौं
फुल छर्ने छौं
उखुका डाँठहरु गाड्ने छौं
बत्ति बाल्ने छौं, अर्घ दिने छौं
ए हाम्री छठी माता


हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.