सीतारामको प्रेम कथा | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

सीतारामको प्रेम कथा




जनकपुरधामको बगैंचामा अयोध्या वाट घुम्न पुगेका राम अनि मिथिला राज्य कि राजकुमारी सीता को बिवाहका प्रसंग र कारणहरु लाई धर्नुबिधा अनि केवल संयोगका रुपमा सनातन धर्म अनुयायीहरुले लिनु भ्रम या अर्धसत्य मात्र हो ।



बाल्मीकि रामायणको अध्ययन पश्चात म निष्कर्षमा पुगें, यो हो नि त प्रो भनेंको । सीतारामको कथालाई बिवाह संग हैन प्रेम संग बढि जोडेर हेरिन जरुरी छ । रामायणको तुल्सीदास अनि बाल्मीकि दुबैको पुस्तकहरु पाइन्छ, तुल्सीदासको रामायणलाई धेरै सम्म बिचारप्रधान लेखनका रुपमा लिइन्छ भनें बाल्मीकिको रामायण लेखनलाई यर्थाथ चित्रणका रुपमा लिइएको छ ।
हजारौं बर्षअघिका यि प्रसंगलाई यिनै पुस्तकहरु ले नै त हामीमाझ जिवीत राखेका छन नि हैन त ?

जनकपुरधामको बगैंचामा अयोध्या वाट घुम्न पुगेका राम अनि मिथिला राज्य कि राजकुमारी सीता को बिवाहका प्रसंग र कारणहरु लाई धर्नुबिधा अनि केवल संयोगका रुपमा सनातन धर्म अनुयायीहरुले लिनु भ्रम या अर्धसत्य मात्र हो । राम र सीता बिचमा प्रथम देखादेख बगैंचामा भएको बताइन्छ अनि आजभोलीका चलचित्रमा झैं लभ एट फस्र्ट साइट झैं यि दुई सुकुमार प्रेमीहरु प्रेमसमबन्धमा परिसकेको भनक बाल्मीकि रामायण दिन्छ । 

बिवाह त केवल प्रेमको पुरक मात्र हो, सीताराम कथामा । 


 हजारौं बर्ष अघि देखि नै हाम्रो समाजले प्रेमका बारेमा अध्ययन गरेको छैन्, अन्वेषण गरेको छैन् । प्रेमलाई पर्दाम राखेर सर्मपण लाई उजागर गरेको ईतिहासले सीताराम को प्रेम कथालाई न्याय भनें दिन नसकेकै हो । प्रेम भन्दा पनि बिवाह जोडीका रुपमा राम अनि सीतालाई उदहारण दिइन्छ, यस प्रेमलाई आज मैले जानेसम्म उजागर गर्नेछु भन्ने जर्मको छ ।

थाईल्याण्डको फायाप बिश्वबिधालयका अन्र्तधार्मिक परिषदका सदस्य गुरुहरु ले अन्र्तधार्मिक भेटघाट कार्यक्रममा नेपालवाट मलाई बोलाइयो । सन् २०१५ को कुरा हो, भारतीय कृष्णभक्त गुरु संग मेरो सीतारामको प्रेम बिषयमा अबेर सम्म बार्ता भयो ।उन्को तर्क अड्कियो, यदि राम प्रेमी हुन र सीतासंग उनको मायाको गुणमा दोष आएको थिएन भनें किन गर्भवती सीतालाई एकजना प्रजाको अप्रत्यक्ष दोषरोपणका आधारमा जगंल पठाए भन्ने बिन्दुमा । मैले आफ्नो तर्क राखें, शायद उनले बुझे होलान् भन्ने अपेक्षा अझै छ । प्रेमको बिम्बलाई बलिदानको आधारमा शुद्ध पार्ने जर्मकोका रुपमा बुझाउने प्रयास मेरो सधैं रहेको छ । राम सीतासंग यति चोखो प्रेम गर्दथे कि त्यस प्रेमको आक्षेप मेटाउन प्रेमीका लाई समेत जगंल पठाउन उनि तैयार भए । अहिलेको सांसाररिक परिवेशमा यस प्रेमको गहिराई बुझ्न गाह्रो छ किनभनें अहिले धेरै धारणाहरु मिलन, आशक्ति अनि नाफाघाटाको तराजुमा राखेर मात्र तौलिइन्छ । त्यस जोखाई माथी सीतारामको पिरतीले अझै पनि उत्सर्ग प्राप्त गरेको छ । अनि अर्को तर्फ सीताले पनि रामसंग यति चोखो पिरती गरेकी छिन कि रामका हरेक बचनलाई बिना कुनै संकोच उनी पालना गर्दछिन् । रामको एकबचन लाई शिरोधार्य गरेर जगंल पस्न सक्ने गर्भवती सीता र राम बिचको प्रेम अनि मर्यादाले निम्त्याएको बिछोड लाई संसारले बुझेर आत्मसाथ गर्न जरुरी छ । प्रेमको अन्त्य मिलन मात्र नभई बिछोड या बलिदान पनि हो, बुझ्न जरुरी छ । हरेक बर्षको बिवाहपञ्चमीले पनि हामीलाई यसै कुरा सम्झाएर जाने गर्दछ ।
रामायण पढ्ने हरेक पाठकले आखिर किन भनेंर थकथक मान्ने गर्दछन् अन्त्यमा आएर । आखिर किन ? सीता छुटिन पर्यो सबैको प्रश्न छ । तर सीता नै मात्र ति एक चरित्र हुन जसले रामायण वरिपरि कहिँकतै रामको निर्णय बिरुद्ध या असहमतीमा प्रश्न या दुबिधा उठाउदिनन् । उन्को यो भाव, सम्मान अनि सहमती के प्रेम हैन ? रामले सीतालाई जगंलमा पठाए किनभनें त्यो सीता गएकी हैनन बरु रामको आफ्नै अशं पनि उनीसंगै गएको हो, पीडा दुबैतर्फ नै हुन्छ नि माया मा । दशरथ राजाले छोरालाई बनवास जाउ भनेर अकस्मात भन्दा पनि बुहारी सीता ले बिना कुनै प्रश्न जगंल गइन्, रामको मर्यादा र निर्णयलाई सीताले सदैव आत्मसाथ र सम्मान गरेको पाइन्छ ।

कहिँ कतै नारीवादी कोणवाट भनें सीतालाई निरिह पनि नपाइएको हैन तथापि रामले सीतालाई गरेको सम्मान, स्नेह अनि सम्बोधनले घरि घरि सीताको रामको हृदयमा भएको बिराज वासको याद दिलाँउछ ।
 न त राम न त सीता ? दुबैको मनमा अर्को नारी या पुरुषको धारणा आएको छैन् । यो केवल प्रेममा मात्र हुन्छ । सीता राम बिवाह त केवल प्रेमको पुरक मात्र हो, यि जोडी प्रेमको प्रभुत्व श्रेणीमा पर्दछन् । सीताको अग्निपरीक्षाका खण्डहरु अर्थात रामायणको उत्तराखण्ड पछि आएर श्रुती अनि स्मृतीका आधारमा जोडिएका तर्क पनि छन् । श्रुती भनेंको सुनेका आधारमा र स्मृती भनेको सम्झनाका आधारमा । यी कुराहरु अन्य खण्डहरु झैं यर्थाथ नहुन पनि सक्छन् र भएमा पनि केही थपघट भएको पनि हुन सक्छ ।
एउटा कुरा भनें अकाट्य छ, सीताको पतीव्रताको आधार मापनका निमित्त रामले गरेको बलिदान ले गर्दा हजारौं बर्षपछि पनि ठूलो असर छ । अहिले सम्म पनि एकनारी र एक पुरुषको प्रेमसमबन्ध र बफादारिता स्थापित गराएको छ । पतीव्रता र पत्नीव्रता दुबैतर्फ को यो बफादारिता पनि सीतारामको प्रेमले संसारलाई सिकाएको हो, सीताराम अमर रहुन ।


सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.