ब्लग - साहित्य / अध्यात्म

नवदुर्गा भवानीको नौ दिनको नौ मन्त्र




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Oct 09 2018

महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि-विधानले पूजा-अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन ।



महिला शक्तिको ९ स्वरुप, महिला अास्थाका ९ महत्व तथा महिला शक्तिकाे ९ फरक विश्वासको साधनाको विशेष चाड बडादशैंको रौनक प्रारम्भ हुँदैछ । शक्तिस्वरुपा ९ देवीको साधना गर्नाले परीवार, समाज, तथा व्यक्ति विशेषमा खुशीयाली प्राप्त हुनुका साथै चिताएका कुरा पुरा हुने विश्वास छ । सनातन संस्कारका अनुयायीहरु यो विशेष ९ फरक फरक तिथीमा भिन्ना भिन्नै दुर्गा स्वरुपाको भक्ति तथा साधाना गर्ने गर्दछन् ।

प्रस्तुत छ ९ देवीहरुका विशेष मन्त्र, जुन मन्त्र पाठ गरी हरेक दिन फरक दुर्गा भवानीका नौ वटै स्वरुपको अाराधना गर्न सकिनेछः

१) शैलपुत्री: प्रतिपदाको दिन माता शैलपुत्रीको पूजापाठ तथा नित्य अाराधना गर्दै प्रारम्भ हुन्छ नवरात्री/नौरथाको । माता शैलपुत्रीलार्इ धनधान्य, एैश्वर्य, सौभाग्य, आरोग्य तथा मोक्षदाताकी देवीको रुपमा पूजा गरीन्छ ।

मन्त्रः 'ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।'

२) ब्रह्मचारिणी: नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । यिनी संयम, तप, वैराग्य तथा विजय प्राप्तिको दाहिने हुन्।

मन्त्रः 'ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम:।'

३) चन्द्रघण्टा: तेश्रो दिन नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलार्इ ध्यान गर्ने गरिन्छ । विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा चन्द्रघण्टा पूजिन्छिन् ।

मन्त्र: 'ॐ ऐं ह्रीं क्लीं चन्द्रघंटायै नम:।'

४) कूष्माण्डा: चौथो दिन नित्य पूजा अर्चनाका क्रममा अनाहत चक्रमा ध्यान गरी यिनको अाराधना गर्ने गरिन्छ । रोग, दोष, शोकको निवृत्ति तथा यश, बल व आयूको दाहिनेको रुपमा माता कूष्माण्डालाई पूज्ने गरिन्छ ।

५) स्कन्दमाता: नवरात्रीको पाचौं दिन यिनको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाता सबैको दाहिने रहून ।

मन्त्र: 'ॐ ऐं ह्रीं क्लीं स्कंदमातायै नम:।'

६) कात्यायनी: माता कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ । यिनी भय, रोग, शोक, संतापबाट मुक्ति तथा मोक्षदात्रीको रुपमा पुजिन्छिन ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम:।'

७) कालरात्रि: यीनको अाराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ । शत्रुहरुको नाश, कृत्या बाधाबाट मुक्त गरेर साधकलार्इ सुख, शान्ति प्रदान गरी मोक्ष दिने गर्दछिन् ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नम:।'

८) महागौरीः माता महागौरीको अाराधनागर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ । यिनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असंभवदेखि असंभव कार्य पूर्ण हुन्छन् ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं महागौर्ये नम:।'

९) सिद्धिदात्री: माता सिद्धिदात्रीलार्इ मध्य कपालमा साधना गर्ने गरिन्छ । यिनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पुरा हुन्छ ।

मंत्र: 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'

उपरोक्त मान्यता परापूर्वकालदेखि सनातन संस्कारले बडो अास्था अनि विश्वासका साथ पालन गर्दै अाएको छ । महिलाको शक्ति यिनको महिमा तथा पराक्रमप्रतिको दृढ विश्वास नै नवरात्री पूजाको मूल मर्म हो ।

महिला श्रृष्टि अनि जीवनको सर्जक हुन् । हिन्दु धर्मग्रन्थमा भनिएको छः “यत्र पुज्यन्ते नारी रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाएर रहन्छन् । विधि-विधानले पूजा-अर्चना तथा जप गर्नाले साधकका लागि कुनै कुरा पनि अगम्य रहँदैन । 

प्राकितिक रुपमैं आमाको स्थान बाबुले कदापि लिन सक्दैन तर अामाको अनुपस्थितिमा बाबुको जिम्मेवारी एक आमा अर्थात् एक महिलाले बहन गरेको अनगन्ती उदाहरण हामी माझ प्रष्ट छ । तर उसले अवस्य पनि महिलाको सम्मान गर्न जानेको हुनुपर्छ, महिलाले यस सुन्दर श्रृष्टिमा दिएको अद्भूत योगदान बुझेको हुनुपर्छ अनि मात्र कोही पिताले महिलाले निभाउने जिम्मेवारीझै अाफ्नो केही योगदान गर्नसक्छ ।

यो कुराले पनि समाजमा पुरूषभन्दा महिलाको बढी महìवपूर्ण भूमिका रहेको पुष्टि गर्दछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 129.99
  • 130.68
  • UK pound sterling
  • 144.64
  • 145.41
  • Swiss franc
  • 115.13
  • 115.74
  • Australian dollar
  • 82.23
  • 82.66
  • Canadian dollar
  • 85.55
  • 86
  • Singapore dollar
  • 83.1
  • 83.54
  • Japanese yen (10)
  • 10.11
  • 10.16
  • Chinese renminbi (Yuan)
  • 16.47
  • 16.56
  • Saudi Arabian riyal
  • 30.35
  • 30.51
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.47
  • 3.48
  • UAE Dirham
  • 30.99
  • 31.16
  • Malaysian ringgit
  • 27.29
  • 27.43
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.59
  • 12.66
  • Danish Krone
  • 17.42
  • 17.51

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम