न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ? | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?




   रघुनाथ ढुङ्गेल - Jul 14 2019

यदि ग्रहस्थितिको गणना अत्याधुनिक पद्धतिद्वारा माथि उल्लेख गरिएका संपूर्ण यथार्थहरु (DOB, TOB, POB, TZ, DLT...) लाई समावेश गरेर गरिएको हो भने यसरी गणना गरी निकालिएका राशी, नक्षत्र तथा पदहरु पनि शुुद्ध हुन्छन र नामाकरण तथा कुण्डली निर्माणको लागि चाहिने अत्यावश्यक शुद्धता कायम हुन्छ ।



हाम्रो संस्कार अनुसार बालवालिकाको जन्म भएको एघार दिनभित्र न्वारान गरेर नामाकरण गर्नुपर्ने हुन्छ ।

नवजात शिशुको नामकरणको अक्षर निकाल्न तथा जन्म कुण्डली तयार पार्न चाहिने अत्यावस्यक पुर्वाधारहरू :
1. शिशु जन्मिएको मिति (Date of Birth, DOB)
2. शिशु जन्मिएको समय (Time of Birth, TOB)
3. जन्म स्थान सँग सम्बन्धित कुराहरू (Place of Birth or POB with Time Zone or TZ, Longitude, Latitude and if applicable Daylight Saving Time or DLT as Well) मा नवग्रहहरुको स्थिति वा भोगांशको विशुद्ध गणना गर्नु पर्ने हुन्छ ।

वास्तवमा हाम्रो जन्म कुण्डली भनेको हामी जन्मीएको वेलामा आकाश वा भचक्रमा नवग्रहहरुको वास्तविक स्थिति देखाउने भचक्रनक्सा (Zodiac Map) हो ।

पुरा भचक्र ३६० अंश (360° Degree) को हुन्छ । यो पुरा भचक्रको ३६० अंशलाई ३०/३० अंशका १२ राशीमा विभाजन गरिएको हुन्छ । ० अंश देखि ३० अंशसम्म मेष राशी, ३० अंश देखि ६० अंशसम्म वृष राशी, ६० अंश देखि ९० अंशसम्म मिथुन राशी... एवं प्रकारले ३३० अंश देखि ३६० अंशसम्म मीन राशी हुन्छ ।

त्यसै गरी यो पुरा भचक्रको ३६० अंशलाई १३ अंश तथा २० कला का अश्विनी, भरणी, कृतिका ... रेवती इत्यादि २७ वटा नक्षत्रमा विभाजन गरिएको हुन्छ तथा हरेक नक्षत्रका १३ अंश तथा २० कला लाई समेत बराबर चार भागमा विभाजन गरी प्रत्येक नक्षत्रका चार/चार पद (पाउ) हरु बनाइएका हुन्छन । प्रत्येक नक्षत्रका प्रत्येक पदहरुलाई साधारणतया एक/एक अक्षरको नाम दिइएको हुन्छ ।

जस्तै अश्विनी नक्षत्रका ४ पाउहरु ”चु, चे, चो, ल/ला” हुन भने भरणी नक्षत्रका ४ पाउहरु ”लि, लु, ले, लो” हुन ।

हाम्रो जन्मकुण्डली तयार गर्नको लागि संपूर्ण नवग्रहहरुकै माथि उल्लेख गरिए अनुसारको ग्रहस्थिति आवाश्यक पर्छ भने नवजात शीशुको नामाकरणको लागि भने नवग्रहहरु मध्य सवै भन्दा नजिक रहेको चन्द्रमाको स्थिति अनुसारको स्पष्ट भोगांशको आवाश्यक पर्दछ ।

चन्द्रमाको यही भोगांश अनुसार चन्द्रमा जुन राशीमा पर्दछ नवजात शीशुको राशी त्यही हुन्छ ।

त्यसै गरी चन्द्रमा जुन नक्षत्र तथा पद (पाउ) मा पर्दछ शीशुको नक्षत्र तथा पद पनि त्यही हुन्छ । यसरी गणना गरि निकानिकालिएको नक्षत्रको पदको नामबाट नै शीशुको नामाकरण गरिन्छ ।

यदि ग्रहस्थितिको गणना अत्याधुनिक पद्धतिद्वारा माथि उल्लेख गरिएका संपूर्ण यथार्थहरु (DOB, TOB, POB, TZ, DLT....) लाई समावेश गरेर गरिएको हो भने यसरी गणना गरी निकालिएका राशी, नक्षत्र तथा पदहरु पनि शुुद्ध हुन्छन र नामाकरण तथा कुण्डली निर्माणको लागि चाहिने अत्यावश्यक शुद्धता कायम हुन्छ ।

यदि ग्रहस्थितिको गणना स्थुल तरिकाले गरियो भने वा गणना गर्दा माथि उल्लेख गरिएका संपूर्ण यथार्थहरु (DOB, TOB, POB, TZ, DLT....) लाई ठीकसँग सामवेस गरिएन भने चन्द्रमा लगायत अन्य सवै ग्रहहरुको भोगांशहरु यथार्थ भन्दा धेरै परक पर्न सक्छन जसले गर्दा जन्म कुण्डली तथा नामाकरणको लागि निकालिएको राशी, नक्षत्र, पद तथा नामको अक्षरमा पनि भिन्नता आउने हुन सक्छ ।

ग्रहस्थितिको गणना ठीकसँग गरिएको छ वा छैन भन्ने कुरा विभिन्न आधुनिक यन्त्रहरुको सहायताले वा उपयुक्त समय मिलाउन सकेमा नाङ्गै आँखाले समेत आकाशमा ग्रहहरुको स्थिति निरिक्षण गरेर सजिलै पत्ता लगाउन सकिन्छ ।

हाम्रो पात्रोले बनाउने कुण्डलीमा देखाइएका ग्रहहरुको यथार्थ स्थिति (ग्रह स्पष्ट) अत्याधुनिक दृकसिद्धान्त गणना पद्धतिद्वारा माथि उल्लेख गरिएका संपूर्ण यथार्थहरु (DOB, TOB, POB, TZ, DLT....) लाई उपयुक्त तरिकाले समावेश गरी Computer Server Software ले गरेको गणनाबाट लिइएको हो ।

यो गणनाको शुुद्धता कुनै पनि समय र स्थान जुन समय र स्थानमा आकाशमा ग्रहहरुको यथार्थ स्थिति सजिलै निरिक्षण गर्न सकिन्छ , त्यही समय र स्थानसँग सम्वन्धित कुण्डली बनाएर आकाशमा निरिक्षण गरी त्यही अनुसार आकाशमा ग्रहहरुको यथार्थ स्थिति भए नभएको निरिक्षण गरी सजिलै प्रमाणित गर्न सकिन्छ ।

ज्योतिष एउटा विशुद्ध विज्ञान हो र ज्योतिषका मुख्य दुईवटा विभागहरु छन्ः
पहिलो विभाग सिद्धान्त ज्योतिष वा गणित ज्योतिष हो जसले खास समयमा खास स्थानबाट भचक्र (ZODIAC) मा निरिक्षण गर्न सकिने गरी ग्रहहरुको शुद्ध तथा यथार्थ स्थिति (ग्रह स्पष्ट) को गणना गरीदिन्छ ।

दोश्रो विभाग फलित ज्योतिष हो जसले कुनै खास समयको ग्रह स्थिति तथा समय संगसंगै परिवर्तन भई रहने ग्रह स्थिति वा गोचर ग्रह स्थितिको संयुक्त असरले मानव जीवन तथा वातावरणमा के कस्तो असर ताथा परिवर्तन गर्छ भन्ने कुराको गहिरो ज्ञान दिन्छ ।

यदि ज्योतिषको पहिलो मुख्य विभागबाट प्राप्त कुण्डली बनाउनको लागि आधार स्वरुप लिइएका ग्रहगणना (ग्रह स्पष्ट) नै शुद्ध तथा दृकतुल्य भएनन् भने त्यसबाट बनाइएका कुण्डलीहरु कति उपयुक्त हेलान र त्यस्ता कुण्डलीहरुका आधारमा गरिुएका भविष्यवाणीहरु कत्तिको मेल खालान ?

हाम्रो आफ्नै समाजमा ज्योतिष प्रति विस्तारै विश्वास घट्नाको मुख्य कारण शुद्ध ग्रह गणना नहुनु र त्यस्ता अशुद्ध गणनाका आधारमा बनाइएका कुण्डलीका आधारमा गरिएका भविष्यवाणीहरु वास्तविकतासँग मेल नखानु नै हो ।

हामीलाई थाहा छ कि जर्मन, अमेरिका जस्ता पश्चिमका देशहरुमा दिनप्रतिदिन हाम्रो पूर्वीय ज्योतिष प्रति विश्वास र रुची झन झन बढि रहेको छ ।

ती देशहरुमा हाम्रो पूर्वीय ज्योतिष झन झन लोकप्रिय हुँदै गइरहेको छ । यस्तो किन भइरहेको होला त ? यसका मुख्य दुईवटा कारणहरु छन्ः
पहिलो कारण चाहीँ उनिहरु ग्रहहरुको यथार्थ स्थिति (ग्रह स्पष्ट) अत्याधुनिक विधिद्वारा गणना गरी दृकतुल्य बनाउँछन ।

दोश्रो कारण चाहीँ उनिहरु हाम्रो पूर्वीय फलित ज्योतिष सम्वन्धि ग्रन्थहरुको गहिरो अध्ययन, अनुसन्धान तथा प्रयोग निरन्तर गरिरहेका छन ।

यस प्रकार अत्यावश्यक यथार्थ, शुुद्ध अनि दृकतुल्य ग्रहगणना तथा फलित ज्योतिषको गहिरो अध्ययनका कारण हाम्रो पूर्वीय ज्योतिषले उनिहरुलाई पूर्ण लाभ दिइरहेको हुँदा यस प्रति उनिहरुको विश्वास तथा रुची दिनदिनै झन झन बढि रहेको हो ।

हाम्रो पात्रोले शुद्ध गणना सहितको कुण्डली निर्माणको सुविधा थप्नुको मुख्य कारण पनि हाम्रा प्रयोगकर्ताहरुले यसबाट यथेष्ट लाभ लिन सकुन तथा यथार्थ ग्रहस्थिति गणना तथा सही अध्ययन हुन सकेमा हाम्रो पूर्वीय ज्योतिषबाट प्रचुरमात्रामा लाभ लिन सकिन्छ भन्ने कुराको चित्रण गर्ने सानु प्रयास मात्र हो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.