गाईको महीमा हिन्दु धर्म र सनातन संस्कारमा अत्यन्त महत्पवूर्ण र मातृसम्मान रुपमा गरीन्छ । गौदान अर्थात गाईको दानलाई सबैभन्दा पूण्य दिने दानहरुसँग तुलना गरिन्छ भनें गौहत्या भनें सनातन धर्ममा एउटा घृणीत अनि निकृष्ट दानवीय पाप हो ।
आखिर किन छ त पूर्विय दर्शन अनि सनातन सस्कारमा गाईको यो स्थान आउनुहोस् आज उत्खनन गरौं शदियौं देखि चलिआएको यो अनन्त समबन्धको कारक कुराहरु ।
यस आलेखको शुरुवात नै हिन्दुहरुले केवल गाईमात्र नभई सर्प, बाँदर, पर्वत, बनस्पती लगायत धेरै प्राकृतीक कुराहरुको पूजागर्ने पनि जानकारी दिन चाहयौं । हिन्दुका देवताहरु बिभिन्न लौकीक लथा अलौकीक स्वरुप र स्वभावमा रहने गर्दछन् ।
गाईलाई माता समानको सम्मान र सदभावका कारणले नै नेपाल अनि भारतका बिभिन्न स्थान अनि बाटाहरुमा खुलेयाम गाईहरु हिडिरहेको हामीले देख्न सक्दछौं जुन बिदेशी भूमिमा अत्यन्त दुर्लभ नजारा हो । हजारौं बर्षअघि देखि नै सनातन संस्कारमा गाईहरुलाई समाजमा खुल्ला छाड्ने चलन रहिआएको मा अहिलेपनि काठमाडौं, बनारस, कोलकाता, इलहाबाद लगायतका भारत र नेपालका धेरै शहरहरुमा गाईहरुलाई बाटाबाटै बिचरण गरिरहेको देख्न सकिन्छ ।
संसारभरि पनि सनातन धर्मालम्बीहरु अनि हिन्दुहरुको तस्वीर परिकल्पना गर्दा गाईको पूजा गर्ने समुदायका रुपमा संझना गर्दछन्, यस अर्थमा हिन्दुत्वको पहिचान र आदर्श नै गाई अर्थात गौमाता हुन् ।
बैदिक परम्परामा बिवाहको चलनमा पनि बरबधुलाई गौदान गरेर गाई र बाच्छो सहित बिदा गर्ने चलन थियो र अझै छ पनि । यसो गर्नाले बरबधुलाई बिवाहपछि पनि जीवनयापनका श्रोतकारुपमा गाईबस्तु हुने र जीवन सहज हुने बिश्वास छ ।
हुन त दुध सेवन गर्नाकालागि भैंसीको पनि उपयोग उत्तिकै हुन्छ या हुनसक्थ्यो तथापि गाईलाई नै आमाको सरह मान्यता र महत्व दिदैं सनातन संस्कारले स्थापीत गराएको छ । भैंसीलाई भनें यमराजको बाहनका रुपमा उत्ति शुभसंकेत भएको प्राणीका रुपमा लिने चलन छ ।
पौराणीक कथनका सारसंक्षेपको व्याख्या यहाँ गर्न चाहयौं, गाईलाई भगवान बिष्णुसंग जोडिएर हरिएको छ भनें साँढे गोरुलाई शिवको अंश मानिन्छ । दुर्गाले भैंसी र आयाप्पाले राँगालाई मारेको कथन पनि रहेको छ ।
बैषण्व धारमा भनें गाईलाई धनकी देवी लक्ष्मीको अवशोषणका रुपमा लिइन्छ र भागवत पुराणका भनें एकदिन समस्त पृथ्वीले गाईको स्वरुपमा प्रकट भएर भगवान बिष्णुलाई आफ्नो रक्षा गर्न भनेंको कुरा उल्लेख छ । त्यसैकारणले पनि बिष्णुलाई गोपाल अर्थात गाईको रक्षार्थ भन्ने बुझिन्छ । समग्र चित्रमा हेर्ने हो भनें यस धर्तीलाई नै गाईको स्वरुपमा लिन सकिन्छ र धर्तीले पालनपोषण गरेकी हामी समस्त मानव जातीहरु उनै धर्ती गौमाताको बिशाल काखमा बसेका छौं ।
हरेक पटक जब जब धर्तीमा गौहत्या र पाप बढ्न थाल्छ तब तब कृष्ण अनि परशुरामका रुपमा गौरक्षकहरु आउदछन् ।
श्रीमदभागवत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत ्र
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्
अर्थात्ः
जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।
भगवान ईन्द्र संग कामधेनु गाई भएको कुरा उल्लेख छ, दुधको सागरबाट आएको यो कामधेनु गाई कल्पबृक्षसमान मानवका सम्पूर्ण ईच्छा आकांक्षाहरु पुरा गर्न सक्षम रहेको कुरा उल्लेख छ ।
एकदिन कौशीकाले यस कामधेनु गाईको चोरी गर्न खोज्दा गाई स्वयम ले सैनिकहरु श्रृजना गरेर आफ्नो रक्षा गरेको पनि कथन छ ।
यस्तै गरि महर्षि जमदग्नीको पनि यस्तै गाई रहेको र कर्तभियार्जुनले उक्त गाईको चोरी गर्न खोज्दा परशुराम अर्थात जमदग्नीका पुत्रले कर्तभियार्जुनको टुक्रा टुक्रा पारेको कथन पनि छ ।
रघुभाषामा का अनुसार भगवानका रामका पुर्खा दिलीपले बाघ, भालुवाट गाईलाई जोगाउन आफैलाई जनावरका अगाडी सुम्पिएका थिए ।
गाईलाई दुध खाने या पाल्ने जनावर मात्र नभई रक्षा गर्न पर्ने जनावरका रुपमा पनि लिइएको छ । मलमुत्र देखि दुध सम्म गाईका हरेक कुरा महत्वपूर्ण छन्, गाईको हत्या प्रकतीको अपहेलना हो । अहिले बिश्वभरिनै गाईको रक्षाका मुद्धाहरु उठिरहेका छन्, भारतमा त गाईको मासु खाने समुदाय र नखाने बीच एकप्रकारको मौन झगडा जस्तो नै परेको छ ।
गाई देख्दा मासु र भोजन भन्दापनि शालिनता अनि सदभावको भावहरु आउन जरुरी छ, मासु खान त अन्य प्राणीहरु पनि उत्तिकै छन नि, हैन र <
दुध जसरी आमाको शरीरवाट सेवन गरिन्छ त्यसैगरि गाईपनि आमा तुल्य मानिन जरुरी छ । गाईको महत्व सनातन समुदायसंग मात्र नभई सबैसंग र सबैकालागि उत्तिकै छ ।
कृष्णको महिमा पनि त गाईका रक्षक र ग्वालाकारुपमा धेरै गरिएको पाइन्छ ।
भागवतमा कृष्णले राक्षस साँढे अरिस्थ र राक्षस बाच्छो भास्तको वध गरेको उल्लेख छ ।
बौद्धमार्ग र जैनमार्गमा पनि शाहाकारी र शान्त मनोभावमा बैद्धिक संस्कार र गौस्मरण र गौप्रेम जोडीएर आएको पाइन्छ ।
अझ जयदेवका अनुसार त बुद्धलाई पनि बिष्णुका अवतारका रुपमा लिइएको छ ।
गाईको पालपोषण गर्न रुख बिरुवा, खाली ठाँउ, जगंल अनि खुल्ला चौरहरु आवश्यक हुन्छ र यसो खाली ठाँउ र बनस्पती हुनाले पर्यावरण राम्रो हुन्छ ।
महाभारतको ब्याधा गीता खण्डमा एकजना कसाई को कथा छ , यस कथको सारसंक्षेपमा खानाकालागि गरिने हिंसा र सत्ता र शक्तिकालागि गरिने हिंसा उस्तै भएको कुरा छ ।
जगंल फडानी र बिषालु बनस्पतीहरुलाई खाएर नष्ट पार्ने जनावरहरुमा भैंसी अनि राँगाहरुको प्रयोग भएको पाइन्छ ।
बिगतका १०० बर्षहरुमा भारतीय महाद्धीपमा ईस्लाम अनि ईसाईको प्रवेश सँगै गौहत्या र गाईको मासु खाने निकृष्ठ चलन शुरु भएको हो ।
यि समुदायहरुले सनातन संस्कारको शुद्धीकरण अनि गौस्नेहका अभ्यासहरुको भित्री मर्म नबुझेर पनि यस्तो भएको हुन सक्दछ । सिन्धु घाँटी सभ्यताको आधार गाई अनि मानव बीचको यो समबन्ध र स्नेह अपरिहार्य छ ।
पुराणहरुमा पनि गाईको पूजा समस्त हिन्दु देवताहरुको एकैपटक पूजा गरे बराबर रहने भनिएको छ ।
मान्छे, पहाड, झरना, आकाश, पानी लगायत सम्पूर्ण कुराहरु भित्र भएको गाईका तस्वीर यूक्त पौराणीक चित्रहरुले गाईको सर्वत्र उपयोग र महत्वको व्याख्या गरेको छ । गाईभित्र मात्र हिन्दु भगवानहरु छन् भनेर हिन्दुत्व माथी आक्रमण गर्न गौहत्या लाई प्रश्रय दिनु महान मुर्खता हो ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: