के फेसबुक धेरै चलाउनु राम्रो हो ? | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

के फेसबुक धेरै चलाउनु राम्रो हो ?




अहिले हामीले नै पनि फेसबुक चलाँउदा केही साता यता म्यासेन्चरमा केही समस्या पाइरहेका छौं, कारण हो यिनै निर्माणका प्रक्रियाहरु ।



संसारभरिका करोडौं प्रयोगकर्ताहरुले फेसबुकमा समय बिताउने गर्दछन्, अब त व्यापार, शिक्षा लगायतका आधारभूत जानकारी अनि आर्जन प्रक्रिया पनि फेसबुक मार्फत नै हुन थालेको छ । यस अवस्थामा फेसबुकका हरेक फिचर, बटन अनि सुबिधाको असर करौडौं करोड मान्छेहरुलाई पर्ने गर्दछ । 
फेसबुकले गरेका केही रिसर्चहरु अनुरुप केही फिचरहरुले डिप्रेशन या आत्मबिश्वासको कमी लगायत एकग्रतामा कमी सम्म आउने संभाव्य पनि देखाएका छन् । अहिले भर्खरै फेसबुकले ल्याएको बालमैत्री फेसबुक र मेसेन्जरलाई त झन संबेदनशील भएर हेर्न जरुरी छ, किनभने अहिलेका बालबालिका सानै उमेरदेखि लाइक्स र पोष्ट शेयरको अर्थशास्त्तमा लोभी भएर लागेमा संसारको भविष्य उत्ति मानसिक र बैचरीक् स्वस्थ पथमा कहाँ जान सक्ला र ? 
बिश्वभरि नै एउटा बहस भने चलिनैरेहेका छ कि बालबालिका या वयस्क जोसुकै भएपनि सामाजि सञ्जालमा अत्याधिक समय बिताउन स्वस्थ हो त ? 
उता फेसबुक लगायतका अन्य सामाजिक सञ्जालका साइटहरुको मुख्य आय नै प्रयोगकर्ताहरुको यि प्लाटफर्ममा बितेको समयका आधारमा हुन्छ, सीएनएन ले लेखेको छ । फेसबुकले ३० दिने एउटा नयाँ फिचर थप्ने भएको छ, म्यूट फिचर । फेसबुक प्रयोगकर्ताहरुलाई आफूले हेर्ने अनि जान्ने पोष्टहरुमा थप नियन्त्रण दिदै फेसबुकले यस म्यूट फिचर थप्न आँटेको हो । टिभीमा म्यूट थिचेपछि आवाज नआउने जस्तै फेसबुकमा कुनै ग्रुप, च्याट या साथीलाई म्यूट गरेमा उसको केही अपडेट र टेक्सटहरु फेुसबुकमा नआउने कार्य यो फिचरले गर्दछ । अनि यसरी हामीले म्यूट गरेका मान्छे या समुहलाई भने म्यूट गरेको जानकारी फेसबुकले दिदैन । अहिले हामीले नै पनि फेसबुक चलाँउदा केही साता यता म्यासेन्चरमा केही समस्या पाइरहेका छौं, कारण हो यिनै निर्माणका प्रक्रियाहरु । फेसबुकका पूर्व अधिकारी चमथ पाइलापिथीयाले सीएनएन संग आफूहरुले फेसबुकमा हुँदा बनाएका केही सामाजिक धरातलले समाजको सामाजिककरण नै उल्टो पारेको र नकारात्मक बनाएको हुन सक्ने बताएका थिए । अर्का फेसबुकका लगानीकर्ता सीन पार्करले पनि फेसबुकले मान्छेको सामाजिककरणको जोखिम र भावनात्मक संक्रमणलाई फेसबुकले फाइदा लिएको बताएका छन् । उनी आफू स्वयम फेसबुकको बालसुलभ भावना, सम्बन्ध अनि प्रेममा पर्ने असरप्रति चिन्तीत रहेको बताए । 
फेसबुकले बाल मैत्री म्यासेन्जर बनाउने क्रममा बिभिन्न आलोचनाहरु खेप्दै आएको छ भने अहिले सार्वजनीक रुपमै फेसबुकलाई गाली गर्दै अनि आक्षेप लगाउने पोष्टहरु बढ्दै गएको बताइएको छ । 
फेसबुकको रिसर्च बिभागका प्रमुख डेभिड गिन्बर्गले भने भावनात्मक अनि मनोसामाजिक परिवृतीमा पर्ने असरहरुमा फेसबुक चनाखो र संवेदनशील रहेको बताएका छन् । बालबालिकामा फेसबुुकले पार्ने लामोसमयसम्मको असरलाई बुझ्दै फेसबुकले चित्ताकर्षक अनि प्रभावकारी बालमैत्री भर्जन ल्याउने उन्को प्रतिबद्धता छ । अमेरिकाको सान डियागो यूसी बिश्वबिधालयकी मनोसामाजिक बिषयकी प्राध्यापक होली शाक्यका अनुसार सामाजिक सञ्जालले प्रत्यक्ष भेटघाट र आँखाको चाल अनुसार भएका सञ्चार जस्तो आत्मियता नुहने बताइन् । मान्छेको स्पर्श, आत्मियता, शव्दको निकटता लगायतका भौतिक गुणहरु सामाजिक सञ्जालले सम्बोधन नगर्ने बताइन, यसरी धेरै सामाजिक सञ्जालमा समय बिताएमा मान्छे झनै एक्लो र दुबिधामा हुने उनको भनाइ छ । नेपाली समाज पनि चियागफवाट शुरु भएर अगेना गफमा समाप्त हुन्छ । भेटघाट, हातेमालो अनि साथमा चियाको कप नेपाली कुराकानीको आधार हो, फेसबुक लगायतका सामाजिक सञ्जालको सिमीत प्रयोग नै मानसिक अनि सामाजिक स्वास्थका लागि उत्तम हुने देखिन्छ । सबैजना सजग हुन जरुरी छ । 

हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.