भिडियो रिपोर्टः देश बाहिर भेटिएको नेपाली पन | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

भिडियो रिपोर्टः देश बाहिर भेटिएको नेपाली पन




सगुनको शेयरमा लगानी गर्न निकै चासो र आकर्षण बढेको हिरा सुनाउँछन्। ‘शेयर लगानी भनेकै जोखिम र संभावना दुबै पाटो भएको सिक्का हो,’ उनी भन्छन् ‘सगुनमा काम गरेको र यसको स्पष्ट योजना, कार्यप्रगति र भैरहेको लागानी हेर्दा शंकाको ठाउँ छैन।’



काठमाडौं। विदेशको ठाउँ। बिरानो त लाग्छ नै। नेपाली पन, आफन्त र साथीसंगीको सम्झनाको कुरै नगरौं। त्यसमाथि भविष्य र जागिरको चिन्ता। पाल्पा जिल्लाको जल्पा गाउँका हिरा सारुले अध्ययनसँगै जागिरको खोजीमा भारतका सहरमा निकै बर्ष बिताए। एकदिन नोकरी डटकममार्फत हिराले जागिरका लागि आफ्नो व्यक्तिगत विवरण बुझाए। नभन्दै उनलाई फोन आयो। त्यसपछि त चमत्कार नै भयो। हिराले जागिर मात्रै पाएनन्। विरानो शहरमा उनले नेपाली पन भेटाए। नेपाली साथीसँगीको जमघट, त्यसमाथि विश्व उछिन्ने नेपाली सपना। हिराको करियरमा सरप्रइज बन्यो –सगुन

सगुनको भारतस्थित कम्पनीमा हिरा कस्टमर केयर (ग्रहाक सेवा) मा कार्यरत छन्। फेसबुक, ट्वीटर, गुगल जस्तै सगुन पनि सोसल नेटवर्क साइट हो र यसको संस्थापक हुन्– संखुवासभाका गोबिन्द गिरी। अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गत पेन्टागनमा १२ बर्ष सिस्टम इन्जिनियर रहेका गिरी र उनको टिमले तयार पारेको सगुन फेसबुक, ट्वीटर जस्तै सामाजिक संजाल हो, तर सगुनको थप विशेषता भनेको प्रयोगकर्ताले यसबाट आम्दानी पनि गर्न सक्नेछन्। त्यसका लागि सोसल स्मार्ट कार्ड तयार हुँदैछ। द्रुत प्रगति दिल्लीस्थित सगुन कार्यालयको सुरुको अवस्था र अहिलेको विस्तारित स्वरुप प्रत्यक्ष अनुभवन गरेका हिरा सुनाउँछन्– ‘सगुन जुन गतिमा प्रगतितर्फ अगाडि बढेको छ, त्यसबाट अन्दाज लगाउन सकिन्छ नेपाली सपना विश्व बजारमा यथार्थ भएर उदाउन अब धेरै टाढा छैन।’ 

विदेशको भुमीमा नेपाली पन भेटाउँदाको खुसी कस्तो हुन्छ? यो भिडियो हेर्नुस्ः



सानो संरचनाबाट सुरु भएको सगुनको दिल्ली कार्यालय अहिले आइटी इन्जिनियरहरुले भरिभराउ छ। ४० जना भन्दा बढी आइटी इन्जिनियर यहाँ कार्यरत छन्। नेपाल, अमेरिका, बेलायत हुँदै भारतको दिल्लीमा कार्यालय खोलेको सगुनका धेरै जिज्ञासा थुप्रिने ठाउँ दिल्ली कार्यालय नै हो। ग्राहकका चासो र सरोकारलाई सम्बन्धित विभागसँग समन्वय गरेर तत्काल सम्बोधन गर्न यहाँको कस्टमर केयर निकै सक्रिय छ। ‘सगुनको गेम चेन्जर प्रोडक्ट अब आउँदैछ,’ हिरा भन्छन्– ‘लगातार सगुनका प्रडक्ट र स्तरोन्नतीको काम चलिरहेको छ, अब नतिजा बजारमा पस्कने बेला आएको छ।’ उनको अनुभवमा ग्राहकले सगुनको मोबाइल एप, सोसल स्मार्ट कार्ड, यसका मौलिक फिचर्स र ब्याट्री रिचार्ज एपको बारेमा धेरै नै सोध्ने गरेका छन्। हिरा भन्छन्– ‘हाम्रो उत्पादन बजारमा ल्याउने र उपभोक्ताको माग सम्बोधन गर्ने समय अब टाढा छैन।’

हिराले सुनाए– ‘गुगल, पेटिएम, जोमाटो जस्ता बिलियन डलर कम्पनीका अनुभवी साथिहरु सगुनमा आउनुभएको छ, भारतकै थुप्रै स्टार्टअप कम्पनीको जागिर छाडेर आउनेहरु यहाँ खटिएका छन्।’ सगुन आफ्नो मोवाईल एप र सोसल स्मार्ट कार्ड लन्च गर्ने अन्तिम तयारीमा छ। ब्याट्री रिचार्ज एपमा भारतीय सरकारको स्वामित्वमा रहेको इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) सँगको सहकार्यमा अनुसन्धान र परीक्षणको काम अगाडि बढ्दैछ।

शेयर लगानीको मौका
पछिल्ला दिनमा कस्टमर केयरमा विश्वभरबाट नेपालीहरुले सोध्ने एउटा जिज्ञासा छ– ‘शेयर लगानी कसरी गर्ने?’

सगुनको शेयरमा लगानी गर्न निकै चासो र आकर्षण बढेको हिरा सुनाउँछन्। ‘शेयर लगानी भनेकै जोखिम र संभावना दुबै पाटो भएको सिक्का हो,’ उनी भन्छन् ‘सगुनमा काम गरेको र यसको स्पष्ट योजना, कार्यप्रगति र भैरहेको लागानी हेर्दा शंकाको ठाउँ छैन।’

सगुनमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने सगुन डटकम/इन्भेष्टमा जान सक्नुहुनेछ।

नेपाली कम्पनीले दिएको खुसी सगुनको जागिरमा अन्तरवार्ताका लागि हिरालाई फोन आउँदाको प्रशंग रोचक छ। फोनवार्ता सकिनै लाग्दा फोन गर्नेले सुनाए–यो नेपाली कम्पनी हो।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.