आईफोनको बजारमा दबदबा छ भनें अर्कोतर्फ त्यसको महँगो मुल्य अनि बढ्दो ब्रान्ड भ्यालुका कारणले उत्तिकै आलोचना पनि छ । एप्पलको १० औं बर्षको उपलक्ष्यमा आफ्नो एक्स संस्करण बाट प्रयोगकर्तालाई थप सेवा प्रदान गरेको छ । सामाजिक सञ्जालमा किड्नी बेचेर आईफोन किन्ने भन्ने सम्म बिभिन्न व्यङ्ग गरेर उडाइएको छ । कुरा जे सुकै होस्, आईफोन को बजारमा राम्रो माग छ भनें मुल्य पनि चर्को छ । ड्यूयल कोर अनि न्यूरोन ईन्जिन भएको आईफोनको यो संस्करण बास्तवमै राम्रो छ, ड्यूएल १२ मेघापिक्सेलको क्यामरा यस फोनमा रहेको छ ।
तर यसपालाको दशैंमा फोन किन्न चाहने व्यक्तिहरु का लागि भनें रकमका हिसाबले आईफोन उत्ति सहज नहुन पनि सक्दछ, केही बर्षपछि पूनः अर्को आईफोन सस्करण निस्किएपछि अहिलेको चर्को सस्करणको महत्व एक्कासी घट्न पुग्दछ । आउनुहोस् आज हामी औसत नेपालीका लागि आईफोन एक्स कै तुलनामा राम्रो हुन सक्ने तर कम मुल्यमा ५ वटा फोनहरुको चर्चा गर्दैछौं ।
अन्तराष्ट्रिय बजारमा यस फोनको मुल्य ९९९ डलर वाट शुरु हुन्छ, करिब १ लाख १० हजार थप को हाराहारीमा पर्दछ । यो मुल्यमा कर, बिजक आदि बिभिन्न कुराहरु जोडिन पर्दछ । के बजारमा केवल आईफोन मात्र गज्जबको फोन हो त ? पक्कै पनि आईफोन गज्जबकै फोन हो तर अन्य फोनहरु पनि यसका तुलनामा गज्जबका छन्, साथै रहनुहोला
१. सामसुङ्ग ग्यालक्सी नोट ८
१२ मेघापिक्सेलकै ड्यूएल क्यामरा भएको यस फोनमा सामसुङ्गले ओआईएस प्रविधीका कारणले टेलिफोटो र वाईड एगंल सेन्सर भएकले फोटो सहज अनि गज्जबको आउने दाबी गरेको छ । ६ जिबी र्याम र आन्तरिक ६४ जिबि मेमोरी भएको यस फोनमा मेमोरी कार्ड हालेर थप मेमोरी बढाउन सहज छ ।
वाइरलेस चार्ज गर्न मिल्ने यस फोनमा व्याट्री मिटर पनि ३३०० एक ए एच को रहेको छ । अन्तराष्ट्रिय
बजारमा करिब ९३० अमेरिकी डलर वाट यसको मुल्य शुरु भएको छ, सामसुङ्ग का फोनहरुमा महंगो यस फोनको प्राविधीक पक्ष र मुल्य आईफोन भन्दा कम आक्न मिल्ने भनें छैन् । यस फोनमा आईरिस
इस्क्यानर लगायत धुलो र पानीवाट वाट जोगिन आईपी ६८ प्रविधी पनि छ ।
२. एचटीसी यू ११
बजारमा पाउने क्यामरा फोन मध्य सबैभन्दा राम्रो क्यामरा फोनका रुपमा यसलाई लिइएको छ । यसमा १२ मेघापिक्सेलको सिगंल क्यामरा छ जसमा अल्टा्रपिक्सेल र स्पीड अटोफोकस , अपार्चर लेन्स र कम
उज्यालोमा काम गर्ने गज्जबको प्रविधी छ । । ६ जिबी र्याम र आन्तरिक ६४ जिबि मेमोरी भएको यस फोनमा मेमोरी कार्ड हालेर थप मेमोरी बढाउन सहज छ ।
यस फोन केवल ६४९ अमेरिकी डलर अर्थात लगभग ७० हजार नेपाली रुपैयां आसपासमा उपलव्ध छ । आयात कर र बिजकहरु भनें यसमा जोडिने छ ।
३ सामसुङ्ग ग्यालक्सी एस ८
यस फोनको हार्डवेयर भनें गज्जबको प्रमाणीत नै भएको छ । आँखाका लागि उत्तम मानिएको यस फोन ले छोटो अवधि मै १० लाख प्रति बिकेर किर्तिमान पनि कायम गरेको हो । यसमा १२ मेघापिक्सेलको सिगंल क्यामरा छ । ४ जिबी र्याम र आन्तरिक ६४ जिबि मेमोरी भएको यस फोनमा मेमोरी कार्ड हालेर थप मेमोरी बढाउन सहज छ । ७५० अमेरिकी डलर वाट यसो बजार मुल्य शुरु हुन्छ, कोरा रुपमा यसको नेपाली मुल्य ८० हजार आसपासमा रहन सक्छ तथापि कर अनि बिजकहरु जोडिने छन् ।
४. वान प्लस ५
छोटो समयमा वन प्लस ५ ले बजारमा व्यापक असर छाडेको छ । यसमा ६४ बिट अक्टाकोर प्रोसेसर छ भनें सोनि एक्सपेरिया एक्स जेड अनि सामसुङ्ग ग्यालेक्सी ८ का पनि अधिकाशं कुराहरु यस फोनमा छ ।
५ गुगल पिक्सेल एक्स एल
फोटोग्राफी का लागि सरल तर प्रभावकारी यस फोनमा १२ दशमलव ३ मेघापिक्सेलको क्यामरा अनि ५ दशमलव ५ इन्च डिस्प्ले रहेको छ । यस फोनमा ४ जिबी र्याम रहेको छ र ३२ जिबी आन्तरिक मेमोरी रहेको छ । बिदेशी बजारमा ६४९ अमेरिकी डलर रहेको छ , लगभग ७० हजार अनि कर बिजकको मुल्य नेपाली बजारमा पर्न जान्छ । यस फोनको डिस्प्ले पनि ५ दशमलव ५ इन्च को नै छ ।
ल यसपालाको दशैंमा गज्जबको फोन किन्ने सोचमा हुनुहुन्छ र आईफोन बाहेकका प्रभावकारी फोनहरु चाहनुहुन्छ भनें अन्तराष्ट्रिय रुपमा नै यि फोनहरु चलेका छन् । यस बाहेक पनि अरु बिभिन्न सरल र कम मुल्य पर्ने फोनहरु बजारमा प्रश्स्त छन्, फोननै नकिने पनि फोना बारेमा जानकारी राख्नु गज्जबकै कुरा हो, हैन र ?
सुयोग ढकाल
Liked by: