चीनको कुटनीती अनि सुरक्षाका बिषयमा बर्षौदेखि यस पत्रिकाले भरपर्दा खबरहरु प्रकाशित गरेको इतिहास छ । नेपाल शिर्षकमा छापिएको यस समाचारमा बर्षौसम्म भारतको इन्टरनेट सुबिधा चलाएको नेपालले बर्षौपछि चीनको इन्टरनेटको आयात गरेको उल्लेख गरिएको छ ।
चीनको इन्टरनेट नेपालमा औपचारीक भित्रिएको बिषयमा धेरै समाचारहरु हामीले चालपायौं, आउनुहोस चीनको साउथ चाईना मर्निगं पोष्टको यस बिषयमा लेखिएको समाचारको नेपाली अनुवाद हेरौं, के खबर रहेछ चीनवाट यस बारेमा ?
चीनको कुटनीती अनि सुरक्षाका बिषयमा बर्षौदेखि यस पत्रिकाले भरपर्दा खबरहरु प्रकाशित गरेको इतिहास छ । नेपाल शिर्षकमा छापिएको यस समाचारमा बर्षौसम्म भारतको इन्टरनेट सुबिधा चलाएको नेपालले बर्षौपछि चीनको इन्टरनेटको आयात गरेको उल्लेख गरिएको छ ।
१२ जनवरि सन् २०१८ मा नेपालले चीनसंगको इन्टरनेटको फाइबर कनेक्सन खोलेको कुरा उल्लेख गरिएको छ । नेपालका सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले यसको काठमाडौमा औपचारीक शुरुवात गरेका कुरा यस पत्रिका उल्लेख गर्दछ । यस अघि नेपालका मुख्य तिनवटा इन्टरनेट कनेक्शन भारतका बिभिन्न तिनवटा प्वाइन्ट बाट आउने उल्लेख गरिएको छ । भारती एयरटेल र टाटा कम्यूनिकेशनका इन्टरनेट नेपालमा बिरगंज, भैरहवा अनि बिराटनगर हुँदै नेपाल भित्रिएको साउथ चाईना मर्निगं पोष्टको खबरमा उल्लेख छ । सन् २०१४ को डिसेम्बर महिनामै चीनसंगको इन्टरनेट सहकार्यमा सम्झौता भएको भएतापनि सन् २०१५ को भुकम्पका कारणले कार्यान्वयनमा ढिलाई भएको पत्रिकाले छापेको छ । उता भुकम्पकै कारण तातोपानी नाका अझै पनि बन्द भएको पत्रिकामा उल्लेखित छ । चाइना टेलिकमको ग्लावल एक्सटेन्डस् अन्र्तगत यस इन्टरनेट बिस्तार भने रसुवागढी बाट काठमाडौं सम्म भएको कुरा साउथ चाईना मर्निगं पोष्ट उल्लेख गर्दछ ।
चीनको मुलधारको इन्टरनेटमा फेसबुक, गुगल लगायतका बिश्वप्रसिद्ध साइटहरुमा रोक लगाइएको भएतापनि हङकगंमर्फत ल्याइएको लाइनमा यी फायरवालहरु नरहेको लेखिएको छ । ४००० मिटर माथिका प्रसारण लाइनमा काम अनि बिस्तार गरिएको यस इन्टरनेट सेवालाई बृहत परियोजनाका रुपमा पत्रिकाले लेखेको छ । अबका दिनमा ६ बिभिन्न बृहत परियोजनाहरु चीन र नेपालका सरकारहरुले ल्याउने कुरा पनि पत्रिकाले लेखेको छ, बुढी गण्डकी जलबिधुत परियोजनालाई पनि निकट भविष्यको संभाब्य परियोजना भनिएको छ । चीनका नेपालको लागि राजदुत यु होगंका अनुसार अहिले आएर नेपाल र चीन बिचको समबन्ध तिब्र गतिमा बढेको भनेर पनि उद्धृत गरिएको छ । द एसिया फाउण्डेशनका जर्ज भ्यारुजीसले पनि नेपाल जस्तो भुपरिवेष्ठित देशमा यस्ता सञ्चार प्रवाहहरु कुनै एउटा मात्र देशमा नभइकन धेरै श्रोत अनि देशहरुमा भएको राम्रो हो भनेको कुरा पनि उद्धत गरिएको छ ।
जे होस् अब नेपालीह्रुले चीनवाट आएको इन्टरनेटको सुबिधा प्रयोग गर्दै यसलाई तुलना अनि यसको गति आँक्न पाउने भने भएका छन् । भारत होस् या चीन, सस्तो, सुलभ अनि सहज इन्टरनेट आजको आवश्यक्ता हो ।
हाम्रो पात्रो
Liked by: