पुर्व मिस नेवा: बिजेताहरु सँगको कुराकानी | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

पुर्व मिस नेवा: बिजेताहरु सँगको कुराकानी




पुर्व मिस नेवा: बिजेताहरु सँगको कुराकानी अन्तर्वार्ता

यहि साता आइतबार होटल यल्लो प्यागोडामा १२ औ मिस नेवा : ११३७ को धमाधम अडिसन चलिरहेको थियो । त्यहाँ थुप्रै नेवार समुदायका इच्छुक युवतीहरुको उपस्थिति देखियो । नयाँ प्रतियोगिताको लागि नया उमङ्ग लिएर त्यहाँ सहभागिता जनाउन आएका युवतीहरुको भीड मा ११औ मिस नेवा का बिजेता एन्जल श्रेष्ठ , प्रथम रनर अप रेजीशा  डंगोल र दोस्रो रनर अप मिनु प्रजापति उपस्थित थिए । यो बर्षका सहभागीहरुसँग आफ्नो अनुभव सुनाइरहेका र उनीहरुलार्इ प्रोत्साहन गरेर मनोबल बढाईरहेका पुर्वाबिजेताहरुसँग हाम्रो पात्रो ले कुराकानी गर्यो ।



पुर्व मिस नेवा: को बिजेताहरूसँग भएका कुराकानी वृस्तित रूपमा हाम्रो अडियो सामाग्री मा सुन्न सक्नुहुन्छ ।

हाम्रो पात्रो सँगको कुराकानीको क्रम मा ११ औ मिस नेवा : बिजेता एन्जल श्रेष्ठ ले मिस नेवा: नेवारी कला संस्कृति भाषा को बारेमा अझै बुझ्ने सुनौलो अवसर भएको र बिजेता भैसकेपछि आफ्नो जीवन सामाजिक र संस्कृतिक कार्यहरुमा बढी संग्लग्नाता बढाउदा निक्कै ब्यस्त भएको बताइन । त्यसै गरि प्रथम रनर उप  रेजीशा डंगोल ले भने सबै अभिभावकहरुले आफ्नो छोरिलार्इ घरको काम मा मात्र सिमित नराखेर बाहिरी समाज मा पनि व्यक्तित्व बिकास को लागि पठाउनु पर्ने र यदि त्यसो भएमा छोरीले पनि छोरा सरह काम गर्न सक्ने आफ्नो सोचाइ रहेको बताइन  भने अर्को तिर दोस्रो रनर अप मिनु प्रजापतिले भने आफु कोहि मानिसलार्इ कुनै पनि प्रतियोगितामा प्रथम नै हुन जरूरी नभएको र दोस्रो तेस्रो या सहभागिता मात्र जनाए पनि त्यो व्यक्ति बिजेता रहने र धेरै कुरा सिक्न पाउने प्रष्ट्याइन ।

तीनै पुर्व मिस नेवा : बिजेताहरु मिस नेवामा सहभागी भएकाले आफ्नो राम्रो व्यक्तित्व विकास भएको र जिन्दगीको जुनसुकै स्थितिमा पनि आफुहरुलाई उभ्याउन सक्ने आत्माबिस्वास रहेको बताए। १२औ मिस नेवा: को लागि आइतबार चुनिएका सहभागी हरु को ट्रेनिंग यहि जनवरी बाट सुरु हुदैछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.