चण्डालिकाः रविन्द्रनाथ टेगौर | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

चण्डालिकाः रविन्द्रनाथ टेगौर




   Suyog Dhakal - Sep 06 2016

एकैजना ब्यक्तिले दुइवटा देशको राष्ट्रगान लेखेको उदहारण छ भने ति ब्यक्ति संसारमै एकजना ब्यक्ति केवल पंडित रविन्द्रनाथ टेगोर हुन । भारत र वगंलादेश दुबैदेशका राष्ट्रगान रविन्द्रनाथ टेगोरले लेखेका हुन , भारतको जन गन मन वोलको राष्ट्रगान र वगंलादेशको अमर शोनार वागंला उन्कै शब्दहरु हुन । सन १८६१ मा जन्मीएका उन्को मृत्यू सन १९४१ मा भएको हो । सन १९१३ मा एकजना गैर अग्रेज भएपनि साहित्यमा नोवल पुरस्कार पाउने उनि प्रथम ब्यक्ति पनि हुन । रविन्द्रनाथ टेगोरले आफ्नो कृतीहरुमार्फत विश्वमा विश्वबन्धुत्व र शान्तीको सन्देशहरु दिएका छन्, हिन्दु धर्ममा देखिएको जातिय र अछुत प्रथाको विरोधी रविन्द्रनाथ टेगोर घरिघरि उन्का कृतीहरु मार्फत वुद्धका दर्शन र पाइलाहरु पाठक समक्ष परिचित गराउन सफल देखिन्छन्, आउनुहोस आज तिनै चर्चित लेखक रविन्द्रनाथ टेगोरको विश्व प्रसिद्ध कृती चन्डालिका यहाहरुसमक्ष प्रस्तुत गर्दछौ, केवल हाम्रो पात्रोको विश्वमाला अन्तर्गत ।

यस साम्रगीलाई सरल नेपालीमा ब्याख्या र अनुवाल हाम्रो पात्रोका लागी सुयोग ढकालले गर्नुभएको हो ।


यस नाटक मानव मष्तिष्कको असाधारण सोच र अक्सर छनौटको दुविद्धामा पर्ने चाहना र वास्तविक्ताको वरिपरि घुमेको छ । प्रकृती नामक यूवती एउटा अछुत समुदायकी यूवती हुन् र यिनी अछुत गाउमा आफ्नी अछुत आमासँग वसोवास गर्दछिन ।
आनन्द एउटा वौद्धमार्गी भिक्षु हो र उ वौद्धमार्गमा जानु अघि एकजना अछुत नै थियो , आफ्नो हातले छोएको र आफूले दिएको पानी एकजना गैर दलित धार्मिक ब्यक्तिले खाएको प्रथम पल्ट अनुभव प्रकृतीले एकदिन पानीको मुहानमा आफूले दिएको पानी आनन्दले खाएपछि मात्र गरेकि हुन र आनन्दको यो खुकुलो हृदयका कारण उनि आनन्दप्रति आकर्षित हुन्छिन । आनन्दले प्रकृतीसग कुराकानी गर्दै समाजले उन्लाई विनाकारण अछुत बनाएपनि उन्ले आफ्नो मनछोटो नपार्न अनुरोध गर्दछन । आनन्दको यो वचनले प्रकृती आफू उनिप्रति आकर्षित मात्र नभई आनन्दलाई आफ्नो मोक्षकर्ताका रुपमा पनि मनमनै आदर्शरुवरुपमा लिन थाल्दछिन ।
आनन्द प्रतिको यो प्रेम आशक्तिमा परिवर्तन हुदै जान्छ । उन्मा आनन्दलाई प्राप्तगर्ने उत्कट चाहना बढदै जान्छ भने अर्कोतर्फ आनन्द एकजना भिक्षु हुन जस्लाई कुनैकुरा, चाहना र कसैको प्राप्तीप्रति मोह हुदैन, उनि नितान्तरुपमा एकजना भिक्षु हुन जस्लाई गृहस्थ जिवन र प्राप्तीसँग कुनै लालसा छैन ।
प्रकृतीकी आमालाई जादुटोना आँउछ अनि उन्को छोरीको विशेष आग्रहमा उन्ले यस्तो जादुटोना गरेर आनन्दको मनमा प्रकृतीप्रतिको आशक्ति भित्राइदिन्छिन, कालो जादुको माध्यमले माया मोह प्राप्ती अनि आशक्ति आनन्दको हृदयमा पस्छ ।
कालो जादु गर्दै जाँदा प्रकृतीकी आमाले उन्लाई सानो ऐनाको टुक्रा दिएर हेर्न भन्छिन र त्यस्मा प्रकृतीले आनन्दको अनुहार देख्छिन, कालो जादु बढ्दै जाँदा आनन्दको अनुहारमा प्रकृतीले पानी दिदाको जस्तो तेज कम हुन थाल्दछ, आशक्ति माया मोहले उन्लाई विकृत र प्रदुशीत वनाइरहेको हुन्छ । अन्तमा कालो जादुको प्रभावले आनन्द प्रकृतीको ढोकासम्म ढकढक्याउन आइपुग्दा उनि पहिलेजस्तो आनन्द हुँदैनन, उनि आशक्त र तेज विहिन भइसकेका हुन्छन । रविन्द्रनाथ टेगोरले यहाँ आनन्दको अनुहारको विम्व प्रयोग गरेर मान्छेमा रहने धैर्य र भिक्षुहरुमा भएको तेजको कारण अनि आशक्ति विहिन मान्छेको अनुहारमा हुने तेज र धैर्यताको वर्णन गरेका छन् । प्रकृतीले त्यो तेज विहिन आनन्दको प्राप्ती स्वीकार्न सक्दिनन अनि आमालाई आनन्दलाई फिर्ता वोलाउन आग्रह गर्दछिन ।
अब आमाछोरीहरु डराउछन किनकि हिन्दु रितिले उनिहरुलाई विनाकारण र कुनै कुलमा जन्मेकै निराधार कारणमा अछुत वनायो र आज वुद्ध धर्मको भिक्षुलाई उनिहरुले लगाएको कालो जादुका कारण वुद्ध भगवानले उनिहरुलाई थप वेदना र सामाजिक तिरस्कार दिनुहुन्छ र भिक्षुको सराप लाग्नेछ भनेर उनिहरु चिन्तित भएकोमा भिक्षु आनन्दले उनिहरुलाई माफी दिएर फर्किन्छन । पछि आमा छोरी वसेर विचार गर्दछन, उनिहरुलाई विनाकुनै कारण चण्डाल अर्थात अछुत भनाएर समाजले तिरस्कार गर्यो तर आज भिक्षुलाई कालोजादु गर्दासमेत उनिहरुलाई भिक्षुले वुद्धको प्रतिनिधित्वगर्दै माफी दिएर जान्छन् ।
धर्मको आडमा भएको जातीय चलनलाई यो नाटकले घोर विरोध गर्दै वुद्धत्व र मानवता अनि वन्धुत्वको नया आयाम दिएको छ ।
अछुत र छुत जस्तो अमानविय अनि जातिय विभेदजस्तो ससामाजिक विवेदको भत्र्सनागर्दै टेगोरले चण्डालिकामार्फत समानताको लहर प्रस्तुत गरेका हुन ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.