संसारकै खुशी देशः फिनल्याण्ड | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

संसारकै खुशी देशः फिनल्याण्ड




संयुक्त राष्ट्र संघले २०१८ को विश्वकै खुशी र आनन्दित मुलुकहरुको सूचिमा फिनल्याण्डपछि नर्वे, डेनमार्क, आइसल्याण्ड र स्वीजरल्याण्डलाई उत्कृष्ट पाँचमा राखेको छ । फिनल्याण्ड अघिल्लो वर्ष पाँचौँ स्थानमा थियो ।



यस पटकको हिउँदमा पश्चिमी युरोपेली मुलुकहरुमा भोकमरी पैmलिएको एक सय ५० वर्ष पूरा भएको छ । यही कालखण्डमा फिनल्याण्डमा मात्रै दश लाखभन्दा बढी मानिसको भोकमरीमा परी मृत्यु भएको थियो । ६ सय वर्ष स्वेडेन र एक सय वर्ष रुसको शासनमा रुमल्लिएको फिनल्याड आज भने संसारकै सबैभन्दा खुशी देश बन्न सफल भएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन अनुसार फिनल्याण्ड संसारकै सबैभन्दा खुशी राष्ट्र हो । 


गत वर्ष मात्रै स्वतन्त्रताको एक शताब्दी मनाएको फिनल्याण्ड संसारकै सबैभन्दा सुरक्षित, सुशासित तथा स्थिर मुलुक पनि हो । यति मात्र होइन, आर्थिक हिसाबमा विश्वकै तेस्रो धनी देश, कम भ्रष्टाचार हुनेमा तेस्रो मुलुक, सामाजिक प्रगतिशिलताको आधारमा दोस्रो तथा सामाजिक न्याय कार्यान्वयनको लागि विश्वभरमै तेस्रो मुलुक बन्न सफल राष्ट्र पनि हो फिनल्याण्ड । फिनल्याण्डको न्यायिक व्यवस्थालाई संसारकै सबैभन्दा स्वतन्त्र, प्रहरी प्रशासन सबैभन्दा विश्वासिलो, बैंकहरु सबैभन्दा उपयोगी, कम्पनीहरु संसारमै नैतिकताका आधारमा दोस्रो, यहाँ सम्पन्न चुनाव विश्वमै न्यायिक तथा यहाँका नागरिकले विश्वकै उत्कृष्ट व्यक्तिगत स्वतन्त्रता, विकल्प तथा स्याहार महसुस गर्न पाउँछन् भनी अनलाइन खबरपत्रिका द गार्जियनका लागि जोन हेनले लेखेका छन् । 


५५ लाख मानिसको बसोबास रहेको फिनल्याण्ड लैङ्गिक समानताका आधारमा तेस्रो सफल मुलुक हो भने आयका आधारमा असमानता नभएको मुलुकको सूचिमा पाँचौँ स्थानमा पर्दछ । फिनल्याण्डमा कम तौल भएका बच्चाहरु धेरै नै कम मात्र जन्मिन्छन् भने बच्चाहरु अति सुरक्षित वातावरणमा हुर्किन पाउँछन् र विज्ञानमा तेस्रो हुने बाहेक पढाइमा दोस्रो अब्बल विद्यार्थीहरु पनि यहीँका छन् । एक सय ५० वर्षभित्रै फिनल्याण्डमा यो कायापलट सम्भव भएको हो । यो कायापलट यतिकै आएको भने होइन । “भौगोलिक हिसाबले हामी विश्वको चिसो र दुर्गम ठाउँमा बस्छौँ । सबै मानिसले बाँच्नका लागि कडा मिहिनेत गर्नुपर्छ । यति मात्र होइन, हामीले हाम्रो छिमेकीलाई पनि सहयोग गर्नुपर्छ,” पूर्वराष्ट्रपति तार्जा ह्यालोनेन बताउँछन् । बराकको शासनकालमा अमेरिकी राजदूत भएर फिनल्याण्डको राजधानी, हेलसिन्कि पुगेका बु्रस ओरेक भन्छन्, “यहाँका मानिसहरु स्वावलम्बी छन् । निजी जिवन मनपराउँछन् तर समुदायमा धेरै आश्रित छन् र विधिको शासन छ ।” फिनल्याण्डबाट अत्यन्त प्रभावित बु्रस हाल त्यहीँ बस्दछन् । फिनल्याण्डका नागरिक सहकारी र सहअस्तितवमा बढी विश्वास राख्दछन् । उनीहरुमा सँगै काम गर्ने र सामूहिक भलाईका लागि काम गर्ने बानी छ । सन् १९१७ मा स्वतन्त्र मुलुक बनेको फिनल्याण्डमा सामाजिक वर्गबीचको खाल्डो अति न्यून छ । 

पूर्व राजदूत ओरेकका अनुसार, “तिमी बाटोमा हिँडिरहँदा सहरकै धनी मानिस तिमीसँगै हिँडिरहेको हुन सक्छ, तर तिमीलाई थाहा पनि हुन्न ।” नागरिकहरु कर्तव्य पालनका लागि अग्रसर छन् भने व्यवस्था अति नै पारदर्शी छ । फिनल्याण्ड स्वतन्त्र हुनुपूर्व नै सन् १८६६ मा शिक्षा प्रणाली पूर्ण रुपमा निःशुल्क थियो र त्यस यता नै संसारकै उत्कृष्ट शिक्षा प्रणालीको रुपमा यहाँको शिक्षा कहलिँदै आएको छ । फिनल्याण्ड आजको स्थितिमा आइपुग्न शिक्षाको हात रहेको स्थानीय विज्ञहरु स्वीकार गर्दछन् । फिनल्याण्डका मानिसहरु आफ्नो इतिहास, भाषा, संस्कृति, साहित्य, कला, तथा संगीतलाई लिएर संवेदनशील छन् । 


फिनल्याण्ड स्वायत्त मुलुक घोषणा भए यता, फिनल्याण्डका ३० प्रतिशत राष्ट्र तथा सरकार प्रमुख विश्वविद्यालयका प्राध्यापकहरु भएका छन् जसमध्ये अहिलेसम्म भएका प्रधानमन्त्रीमध्ये आदि विश्वविद्यालयका प्राध्यापकहरु नै भए । उनीहरुको शिक्षा र सामाजिक गतिशिलताप्रतिको विश्वासले पनि आज फिनल्याण्ड यहाँसम्म आइपुग्न सफल भएको विज्ञहरु बताउँछन् । फिनल्याण्ड विश्वकै साक्षरता बढी भएको देश भनेर हामी सबैले चिन्छौँ तर कमैलाई मात्र थाहा होला, १९ औं शताब्दीमा लुथेरन चर्चमा विवाह गर्नका लागि केटाकेटी दुवैले “रिडिङ टेस्ट” पूरा गरेको हुनपथ्र्यो । यस पनि थाहा हुन्छ पढ्न सिक्नका लागि यहाँ लामो समयदेखि नै प्रोत्साहिन गर्ने गरिएको थियो । लैङ्गिक समानताको अवस्था विश्वकै लागि प्रेरणा बन्न सक्ने किसिमको छ । फिनल्याण्डमा पहिलो पटक बनेको संसदमा महिलाको उपस्थिति झण्डै १० प्रतिशत थियो, यो अहिले ४२ प्रतिशत छ । सन् १९३० मा नै विश्वविद्यालयका ३० प्रतिशत विद्यार्थी महिला थिए । “फिनल्याण्डमा महिलाहरुले आफ्नो अधिकारलाई गम्भीरतापूर्वक लिए र पुरुषहरुले यसलाई समर्थन गरे,” पूर्वराष्ट्रपति ह्यालोनेन बताउँछन् ।
फिनल्याण्डका शासकहरुले देशको भलाइको लागि सोचे र राष्ट्रहितका निर्णयहरु लिए । विकासका पूर्वाधार र प्रविधिलाई पनि सँगसँगै लगे । मुलुकलाई कल्याणकारी बनाउँदै लगे । “नागरिकबीचको विश्वासको वातावरण अत्यधिक छ । भ्रष्टाचार र अपराध शून्यप्राय नै छ जसले गर्दा व्यापारको वातावरण छ । कामहरु छिटो मात्र होइन भरपर्दो तरिकाले पनि सम्पन्न हुने गर्दछ,” २५ वर्षदेखि फिनल्याण्डमा बस्दै आएका क्यानेडेली नागरिक एन्ड्रे चाकर बताउँछन् । यही विश्वासको कारणले नवप्रर्वतकहरुको कमी छैन फिनल्याण्डमा । विश्व आर्थिक कोषले फिनल्याण्डलाई संसारकै नवीनतम मुलुकको सूचिमा राखेको छ । संयुक्त राष्ट्र संघले २०१८ को विश्वकै खुशी र आनन्दित मुलुकहरुको सूचिमा फिनल्याण्डपछि नर्वे, डेनमार्क, आइसल्याण्ड र स्वीजरल्याण्डलाई उत्कृष्ट पाँचमा राखेको छ । फिनल्याण्ड अघिल्लो वर्ष पाँचौँ स्थानमा थियो । फिनल्याण्डको प्रयासबाट समृद्धिको बाटोमा भर्खरै मात्र पाइला चाल्न सुरु गरिरहेको हाम्रो देश नेपालले धेरै कुरा सिक्न सक्छ । मुलुकलाई धनी मात्र बनाउने कि खुशी बनाउने भनेर सोच्ने पालो अब हाम्रो ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.