कश्मिरी युवा कवियत्री इन्शाहको नेपाली कविता | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

कश्मिरी युवा कवियत्री इन्शाहको नेपाली कविता




   Inshah Malik - Jul 21 2016

दुईटा चाहिन्छ या त्योभन्दा बढी ? दुईटा चाहिन्छ या त्योभन्दा बढी ? तिमीले थाहा पाउन अगाडिनै त्यो तिन भइसक्छ आँखाका तरेलीहरुको द्वन्द्वमा रगताम्य लाशहरुको एउटा यौनपार्टी हुनेछ होला



इन्शाह मल्लिक एक कश्मिरी यूवती हुन् जो हाल इरानमा बस्छिन् र उनि कविता लेख्छिन् । उनका कविताहरु धर्म, रिती रिवाज भन्दापनि भातृत्व, समानता, प्रकृती र शान्तिकालागी समर्पित हुनेगर्छ, आजभोली उनले कश्मिर उपत्यकामा दिनहुँजसो धर्म, राजनीति लगायतका नाममा मच्चाईने हत्या र मृतककालागि कविता लेख्दछिन् ।



शान्ति आजको विश्वको आवश्यक्ता हो, चाहे नेपाल होस या भारत, काठमाडौ होस या कश्मिर, शान्ति अपरिहार्य छ । प्रस्तुत छ हाम्रो पात्रोकालागि सुयोग ढकालले कवियित्री इन्शाहको अनुमतिमा अनुवादित कविताहरुको नेपाली संस्करण ।

बिछोडिन नदेउ
ति पथहरुबाट भडकिने पनि हैन
मुख्य कुरा लेख्न नबिर्स
ढुङ्गाहरुमा मात्र नलेख
कागजका टुक्राहरुमा पनि लेख
रुखका पातहरुमा लेखिदेउ
रक्ताम्य बाटाहरुमा कोरिदेउ
त्यो मायालु शब्द
स्वतन्त्रता
याद राख कि यो मायालु शब्दमैले
रगताम्य मुटुबाट लेखेको हुँ....


इशाहको यो कविता पढेपछि प्यालिसटाइनी कवि महमुद डारविश भन्छन् कि कविताले समाजको वास्तविक चित्रण र यथास्थितीबादप्रति घोचपेच गर्दछ । इन्शाहका कविताहरुमा उन्ले उबडखावड धरातल, हराएका मान्छे र वालवालिकाहरु पाउने गर्छन किनकि कश्मिरको अहिलेको अवस्थामा द्वन्द्वमा छ , प्रेमका वारेमा पनि इन्शाहले एउटा कविता लेखेकी छिन्, रिता र राइफल भनेँर । लडाई भएका बेलामा प्रेम पनि कहाँ सहज हुन्छ र ? डारविशले इमेलबाट प्रतिक्रिया दिए ।
दार्शनिक प्लेटो कविहरुसग डराउनुपर्ने र तिनिहरु एकदम शक्तिशाली हुन्छन् भनेर भनेकै छन्, उन्काअनुसार पत्थरहरु फलिन्छन् र बिर्सिइन्छन् तर कविताहरु पुस्तौँ पुस्ताले पढेर याद गरिन्छन् ।

कश्मिरका भएका हत्या, सामुहिक हत्या र आतंबादी आक्रमणहरुका बारेमा संसारभरिका बिभिन्न पत्रिका, टिभि, रेडियो लगायतमा धेरै रिस र प्रतिकारात्मक शब्दहरु छापिएतापनि यूवा कवि इन्शाहले हरेक हत्या र मृतकलाई कविताको श्रदान्जली दिने गरेकी छन् ।

इरानको राजधानी तेहरानमा बस्ने कवियत्री इन्शाहले आफ्नो देशमा र धेरै बिदेशमा पनि स्वतन्त्रताको आन्दोलनकालागी मारिएका निर्दोष मान्छेहरुको खबर सुन्ने र पढ्नेगरिएकी छिन् र भावनाहरु कहिले छन्द र कहिले गद्धमा कविता लेख्छिन् ।

यस्ता कविताहरु सम्झनाका उपकरणहरु हुन्, कसैको या कसैनकसैको कथाहरु कवितामा उतार्ने गरेकी इन्शाहका अनुसार द्वन्द्वले कोही एकजना मात्र हैन समाजनै पिडित हुन्छन् तसर्थ उनि पिडितको पहिचान भन्दाधेरै समाजका घाउका बारेमा लेख्छन् । सम्पूर्ण संसारमा कश्मिरलाई बर्षौदेखि एक्लो बनाइनुको कारण भारतियहरुको एतिहासिक पृष्ठभुमीप्रतिको असाक्षरता हो भनेँर १९औँ शताब्दीका अमेरिकी कवी रोबर्ट लोवलले भनेका थिए र यहि भनाइलाई जोडदै इन्शाहले भारतिय राजनितीको कश्मिरका मुद्वाहरुप्रतिको अझ संबेदनशीलताकोलागी इरानबाट आब्हानगरेकी छिन् ।
करफ्यूले मान्छेहरुको चहलपहलमात्र हैन यर्थाथकथाहरु र घटनाहरुपनि हामीसमक्ष आउन दिदैन भन्दै इन्शाहले आफ्ना कविताहरुका माध्यमबाट सत्यतालाई सम्बोधन गर्दछिन् । उनको वहुचर्चित कविता जुन क्वाजीगाँउमा शुरुमा मारिएका दुइजना जुन पछि समाचारमा तिनजना भनेर देखाइयो ।

(मृत्यूको लागी कविता)

दुईटा चाहिन्छ या त्योभन्दा बढी ?
दुईटा चाहिन्छ या त्योभन्दा बढी ?
तिमीले थाहा पाउन अगाडिनै त्यो तिन भइसक्छ
आँखाका तरेलीहरुको द्वन्द्वमा
रगताम्य लाशहरुको
एउटा यौनपार्टी हुनेछ होला
नितान्त नाङ्गो
रोलिङ्ग क्यामराको लेन्सको अगाढी
संसारले देख्नेछ र गवाही दिनेछ
नग्नताको त्यो नृत्य
जहाँ एउटा राष्ट्रले आफ्नो ढुकुटी
प्रदर्शन गर्नेछ

बान्दीपुरामा मारिएका ४५ यूवाहरुकालागी उनको कविता
मृत्यू केवल सोंच हो
जब उस्को पैतालाबाट चप्पल चिप्लियो
लडिन्छ कि, उ डरायो
मृत्यू प्रतिको भयमा सशंकित
जहाँ मृत्यू बेचिने गरिन्छ
सार्वजनिक सम्पतिहरु सहयोगीभएकाबेला
मान्छेको यात्रा हुरु हनेगर्छ
यो संसारबाट अर्को संसारतर्फ
दिमागभरि आमाको भनाई छ
छोरा तेरा चप्पलहरु खराब छन्
बाटोमा यो चप्पल नलगाउनु
उ हतारमा थियो
ध्यान दिन सकेन
उ लड्यो
आफ्नो चिसो पेट उस्ले चालपायो
शायद खराब खानाले होला
उ अब उठ्यो
अब निकै ढिला भयो
उ अब मान्न तैयार छैन्
उ जस्ता मान्छेहरु यो संसारमा नाशवान छन भनेँर
तर उसलाई अझैपनि बान्दीपुरमै रहन मन छ
र अब उसलाई एउटा तिर्सना छ
के उसलाई उसको हजुरबुवासगै गाडिनेछ र ?


उनका कविताहरुले अशान्तिमाथी शान्तीको उत्कट चाहना ब्यक्त गर्दछ, उनका कविताहरु अहिले संसारमा धेरै भन्दा धेरै पढ्न थालिएका छन् । अहिले राजनैतिक सर्घष, संस्था र मुसलमान महिलाहरुकाबारे एउटा शोध गरिरहेकि छिन् इन्शाह, आशा छ उनको शोधले समाजमा ठुलो योगदान दिनेछ । उनका थप कविताहरु लिएर हामी फेरि फेरि पनि आउनेछौं, हाम्रो पात्रो हेर्दै गर्नुहोला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.