रुमी र उनका सुफि कविताहरु | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

रुमी र उनका सुफि कविताहरु




   Suyog Dhakal - Jul 29 2016

धार्मिक र राष्ट्रिय सिमा नाघेर रुमीक विचारहरु आज पनि संसारभरि उत्तिकै महत्वपूर्ण छ, अमेरिका जस्तो देशमा पनि उन्का कविता र पुस्तकहरु सबैभन्दा बढी पढिने र खोजिने गरिएको छ । इरान, ताजाकिस्तान, हर्कि, ग्रिस अनि मध्यपूर्वी एसियाका देशहरुमा रुमीका विचार, कविता र भनाइहरु एकदमै प्रख्यात छन् ।



सुयोग ढकाल/हाम्रो पात्रो | जलालअदिन मुहम्मद रुमी (सन् १२०७ देखि १२७३) उतिबेलाको पर्सिया र अहिलेको इरानमा जन्मिएका एकजना प्रसिद्ध कवि एवं दार्शनिकमात्र नभई एउटा न्यायधिश, अध्ययनशिल विचारक, इश्लामिक अध्यनकर्ता र सुफि लेखक पनि हुन् । धार्मिक र राष्ट्रिय सिमा नाघेर रुमीक विचारहरु आज पनि संसारभरि उत्तिकै महत्वपूर्ण छ, अमेरिका जस्तो देशमा पनि उनका कविता र पुस्तकहरु सबैभन्दा बढी पढिने र खोजिने गरिएको छ । इरान, ताजाकिस्तान, हर्कि, ग्रिस अनि मध्यपूर्वी एसियाका देशहरुमा रुमीका विचार, कविता र भनाइहरु एकदमै प्रख्यात छन् । दक्षिण एसियाका मुसलमानहरुले रुमीको अध्यात्म र सुफिलाई गएको ७ शताब्दीदेखि मनपराउँदै आएका छन् । उन्का कविताहरु बिभिन्न भाषा र संरचनामा रुपान्तरित गरिएका छन् र मुख्यतया उन्ले आफ्ना बिचारहरु इरानी, टर्किश, ग्रीक र अरबिक भाषमा लेखेका हुन् भन्ने मानिएको छ । उनको काव्यशैली र बिचारले पर्शियन, अरबिक, उर्दु, टर्किश, आर्यन, बगांली लगायत धेरै साहित्यमा नया आयाम थपेको छ । आज हाम्रो पात्रोको 'विश्वमाला'मार्फत् रुमीका मास्टरपीस कविताका नेपाली अनुवाद केवल हाम्रो पात्रोमा यहाँहरूमाझ प्रस्तुत गर्न चाहन्छाैं ।

उनले सुफि साहित्यका बारेमा पनि धेरै लेखे, सिरियाको राजधानी दमास्कस सम्म उनि पुगेका आधारहरु भेटिन्छ जहाँ उनि ४ बर्षसम्म बसे । त्यहाँबस्दा उनले शाम्स यि तब्रजीलाई भेटे र यो भेटले उनलार्इ एउटा दार्शनिक र साधक बनायो । उनि शाम्स र तिनका बवचारले यति प्रधावित भए कि त्यतिबेला उनले शाम्सकालागि लेखेको एउटा समर्पणात्मक कविता यस प्रकार छः

म के को खोजि गरुँ
जबकि म नितान्त ऊ जस्तै छु
उसकाे विचार म मार्फत प्रकट हुन्छ
अनि म आफ्नै खोजिमा छु 

रुमीको विश्व प्रसिद्ध मृत्यूको कविता

म एउटा तत्वका रुपमा मरे अनि बिरुवा भएर जन्मे
त्यो बिरुवा मरेपछि पूनः जनावर भएर जनावरको रुपमा मरेपछि म मानव भएर जन्मे

मृत्यूसंग म किन डराउँ ? मृत्यूको कमीनै कहिले थियो र ?
अब फेरि हावाजस्तै उड्न म मान्छेको रुपबाट एकफेर अझै मर्नुपर्ने हुन्छ

परित्वबाट समेत आशिषप्राप्त परिहरुसंगै

अरु कसैले मेरो भगवानको विनाश गरेको बाहेक म सबथोक सहन गर्छु
जब मैले मेरो परिरुपी दैविक आत्मा बलिदान गर्नेछु

म त्यो रुप लिनेछु जुन कुनै पनि मष्तिष्कले सोच्न सकेको छैन
अथवा मलाई उपस्थितीविहिन उपस्थितीबाट मुक्त गराउ

जैविकरुपमा म घोषणा गरिदिनेछु
उनकालागि हामी पुनः आउनेछौं

हो यो सत्य हो कि रुमी इस्लामीक दर्शनले प्रभावित थिए तर उन्का रचना र रुबाइयतहरु इस्लाममा मात्र सिमीत छैन, उनका कैंयन कुरा र बिचारहरु कुरान र इस्लामको दायरा बाहिरका स्वतन्त्र बिचरणको अभ्यास गर्नेखाले पनि पाइन्छ ।

एउटा रुबाइयत खोजको पथमा
विवेकी र अविवेकी मान्छेहरु एकै हुन्

उस्को मायामा! दाजुभाई र अपरिचित एकै हुन्
जाउ गएर, प्रेमरुपी मदिरा पिउ

त्यो धर्ममा मुस्लिम र गैरमुस्लिमहरु एकै हुन्रुमीको एउटा अध्यात्मीक भनाई
मैले मेरा दुई आँखा लाई यो संसार र अर्को संसारका लालसा र चाहनाहरु नदेख्ने गरि सिलाइदिएँ , मैले मेरो देवताबाट सिकेको कला हो यो


रुमीका प्रेममय भावहरु
सहि र गलतकर्मको परिधी भन्दा पर एउटा खुला मैदान छ,
निर्धक्कसँग आउ, म तिमीलाई त्यहाँ भेट्नेछु

जब म आत्मीक रुपमा त्यो घाँसमा पल्टिन्छु,
यो संसारमा विचारयोग्य केही पाँउदिन, म आफैमा हराउँछु

जब तिमी पखेटा सहित जन्मिएका छौ भनेँ भुई मा घस्रेर किन हिड्नु ?
सुरक्षालाई बिर्ष

डरलाग्ने ठाँउमा बसेर देखाउ
सम्मानीन हुने लालसा नराख

चकचके बन अनि जीवन बाँच
जब तिम्रो छाती अवरोधी अहंकारबाट मुक्त हुनेछ

तब तिमीले आफ्नो सदावहार प्रेम पाउनेछौ
आफूलाई ऐना बाहेक हेर्न सकिदैन तर आफ्नो प्रेमी या प्रमीकालाई हेर

त्यो स्नेहपूर्ण अनुहारनै तिम्रोलागि सबैभन्दा ठूलो ऐना हो


रुमीका अन्य धेरै प्रसिद्घ कविता र भनाइहरु हामी लिएर आउनेछौं, तबसम्म प्रेम गर्दैगर्नुहोस र बाँच्नुको मज्जा हरेकपल लिनुहोस, जीवन अनमोल छ , उत्सव मनाऔं



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.