उनका प्रशंसकहरुले उनलाई रमाइलो, विद्वान्, मजाकिला, प्रतिभाशाली, बुद्धिमानजस्ता शब्दहरु प्रयोग गर्दै उनलाई अन्तिम बिदाइ दिएका छन् । उनको निधनले विश्वको आइ क्यु एक रातमा नै खस्किएको मानिएको छ ।
विमान र्दुघटनाका मृतकको समाचार सेलाउन नपाउँदै विशेषत नेपाली विज्ञानप्रेमीहरुलाई अर्को बज्रपातको समाचार थपिएको छ । हुन त बेलायती दार्शनिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको समाचारले उनको बारेमा जानकारी राख्दै आएका विश्वभरका जो कोहीको पनि मन एक पटक रुनेछ । क्यामब्रिजस्थित निजी निवासमा उनको निधन भएको औपचारिक जानकारी उनका परिवारजनले दिएको हो । यो समाचारसंगै संसारले एक कुशल वैज्ञानिक मात्र नभई एक महान् व्यक्ति गुमाएको छ । ब्ल्याक होल तथा सापेक्षताको सिद्धान्तले विज्ञानमा नयाँ आयाम थपेका उनलाई संसारकै अब्बल वैज्ञानिक व्यक्तित्व मान्ने गरिन्छ ।
सन् १९४२ मा इंग्ल्याण्डमा जन्मिएका हकिङ, २२ वर्षको उमेरमा नशासम्बन्धी रोगका कारण देखाउँदै उनी धेरै समय नबाँच्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । सोही रोगका कारण उनले आफ्नो पूरा जिवन ह्वीलचियरमा व्यतित गरे । पूरा शरीर पक्षाघात भइकन पनि उनी बडो मजाकिला व्यक्ति थिए । उनका अभिव्यक्तिहरु तर्कसंगत त हुन्थे नै साथै हँसिमजाकले पनि भरिएका हुन्थे ।
संसारभर एक करोडभन्दा बढी बिक्री भएको “अ ब्रिफ हिस्टोरी अफ टाइम” जस्तो लोकप्रिय विज्ञानसम्बन्धी किताब सन् १९८८ मा प्रकाशित गरे भने अरु थुप्रै अध्ययन तथा अनुसन्धानमा जिवनभर संलग्न रहिरहे ।
उनी किताब र अनुसन्धानमा मात्र सिमित रहेनन्, संसारभर विशेषगरी युवा वर्गमाझ अत्यधिक रुचाइएको “द सिम्पसन्स्,” “द बिग ब्यागं थियोरी” तथा “रेड ड्वार्पm”जस्ता टेलिसिरिजका पात्रका रुपमा हिस्सा बन्न पुगे भने उनको व्यक्तिगत जिवनमाथि आधारित रहेर “द थियोरी अफ एभ्रीथिङ” नामक चलचित्र सन् २०१४ मा रिलिज भएको थियो । उनको निधनमा दुख प्रकट गर्दै विश्वभरका वैज्ञानिक, आविष्कारक तथा सेलेब्रिटीहरुले उनको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनको योगदानको कदर गर्दै उनको प्रशंसासहितको सन्देशहरुको ओइरो लागेको छ । अमेरिकी वैज्ञानिक अन्तरिक्ष अनुसन्धान संस्था, नासाले उनको साध्य तथा अनुसन्धानले सम्भावनाको ब्रम्हाण्ड नै खोलिदिएका भन्दै उनलाई श्रद्धाञ्जली प्रकट गरेको छ भने प्रोफेसर हकिङलाई विज्ञानको राजदूतको उपमा समेत दिएको छ ।
वेबका प्रवर्तक टिम बर्नस लिका अनुसार विश्वले विद्वान् दिमाग मात्र नभई अद्भूत व्यक्ति पनि एकै साथ गुमाएको छ ।एप्पलका सह–संस्थापक स्टिभ ओज्निआकले उनको इमानदारिता तथा विज्ञानप्रतिको समर्पणको बारेमा लेखे भने माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्या नडेलाले उनको अभूतपूर्व योगदान तथो व्यक्तित्वको प्रशंसा गरेका छन् ।उनका प्रशंसकहरुले उनलाई रमाइलो, विद्वान्, मजाकिला, प्रतिभाशाली, बुद्धिमानजस्ता शब्दहरु प्रयोग गर्दै उनलाई अन्तिम बिदाइ दिएका छन् । उनको निधनले विश्वको आइ क्यु एक रातमा नै खस्किएको मानिएको छ ।
स्टेफन हकिङको निधनसंगै ब्रम्हाण्ड खोजिको एउटा अध्याय नै सकिएको छ । उनका अनुसन्धान तथा साध्यले विज्ञान विश्वमा फड्को मार्न ठूलो योगदान दिएको छ । मानवप्रेमी तथा विज्ञानप्रेमी हकिङको अभाव विश्व समुदायले आगामी दिनमा भोग्नुपर्ने नै छ । उनको समर्पण र योगदानको लागि मानवजगतले जति धन्यवाद भने पनि कम रहला । उनको योगदान सदा अमर रहनेछ र अमर रहोस् उनको आत्मा । हार्दिक श्रद्धाञ्जली ।
Liked by: