तेश्रो बिश्वयूद्ध शुरु भएको हो ? | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

तेश्रो बिश्वयूद्ध शुरु भएको हो ?




अहिले आएर परिवेश क्यारम बोर्डमा अर्को गोटी हानेर रानी लाई दुलोमा छिराएको जस्तो भएको छ । यसरी अर्को गोटी प्रयोग गरेर कदम चाल्नुलाई यूद्धको भाषामा प्रोक्सी वार भनिन्छ, सिरिया, लविया, ईराक, अफगानीस्तान अनि उत्तर कोरिया कतै यस्तै प्रोक्सी वारका शिकार त हैनन ?



एउटा परमाणु बिष्फोट

मलाई पहिलो र दोश्रो बिश्वयूद्ध कसरी भयो भन्ने थाहा छैन तर यदि तेश्रो बिश्वयूद्ध भयो भने चौथो बिश्वयूद्ध चाँही ढुगांको हतियारले हुनेछ 
अल्वर्ट आईन्सटाइन 

बिश्वयूद्ध ३ भन्नाले बिश्वभरिका देशको सैन्य दस्ताहरु बीच हरेक प्रकारको भिडन्त र शक्ति प्रदर्शनको संभाव्य अवस्था भन्ने बुझ्नपर्दछ । यस अवस्थामा बिश्व २ या बढि खेमामा बिभाजीत हुनेछ अनि मानवताको पोल्टो रगतले रंगिनेछ । पहिलो अनि दोश्रो बिश्वयूद्धका घाउहरु अझै आलै छन् तर अहिले आएर तेश्रो बिश्वयूद्धको परिकल्पना अनि अडकलबाजीहरु चल्न थालेका छन् । बिश्वका भीमकाय अनि प्रगतीउन्मुख शक्तिराष्ट्रहरु भारत, चीन, रुसहरु यो वा त्यो ढगंमा तनावमा छन् । उता उत्तर कोरिया अनि अमेरिकाबीचको तनाव, आणविक हतियारको बिगबिगी, अरबको तनाव, ईस्लामीक देशहरुको अवस्था र परोक्ष धार्मीक यूद्ध लगायत धेरै कुराहरुले बिश्वको संयमतालाई तोड्न सक्दछ । 

अमेरिकी राष्ट्रपतीले कडा स्वरमा उत्तर कोरियालाई आगो र भिषणताको आक्रमण गर्ने भनी फायर एण्ड फुरिको संज्ञा दिएका छन भने उता प्योगयागंले केयरफुल्ली एक्जामीन अर्थात ध्यानपूर्वक आक्रमणको तयारी भनेर जनाएको छ । यदि हमला या आक्रमण भइहालेमा उत्तर कोरियाली समर्थक राष्ट्र या अमेरिका बिरोधी राष्ट्रहरु अनि समर्थक राष्ट्रहरुको ध्रुविकरणमा तेश्रो बिश्वयूद्धको श्रीगणेश हुने देखिन्छ । तर उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई अमेरिकी भूमिमा प्रक्षेपण भन्दा पनि अमेरिका र बिश्वसंग वार्ता गर्न आफ्नो बलियो पक्षका रुपमा राख्ने र बार्गेन गर्ने अस्त्रका रुपमा मात्रै राख्ने पनि अड्कल काटिएको छ । सत्य त यो हो कि उत्तर कोरियाको उदेश्य र सार्मथ्य के छ कसैलाई थाहा छैन । 
सरल रुपमा नेटो सैनिक र चीन या रुसबीचको संभावित यूद्धलाई तेश्रो बिश्वयूद्धका रुपमा परिकल्पना गरिन्छ जहाँ क्रमश बिश्वका सम्पूर्ण देशहरु तानिन्छन्। तर अहिले आएर परिवेश क्यारम बोर्डमा अर्को गोटी हानेर रानी लाई दुलोमा छिराएको जस्तो भएको छ । यसरी अर्को गोटी प्रयोग गरेर कदम चाल्नुलाई यूद्धको भाषामा प्रोक्सी वार भनिन्छ, सिरिया, लविया, ईराक, अफगानीस्तान अनि उत्तर कोरिया कतै यस्तै प्रोक्सी वारका शिकार त हैनन ? 
बिश्वको शक्ति अनि घटनाक्रम अचम्मको छ, यहाँ प्रजातन्त्रका धरोहरहरुलाई हतियार कम्पनीहरुले पालेका छन् भने प्रजातन्त्र कम तर नयाँ ढगंको उपनीवेशवादका लागी कमजोर देशहरुमा आक्रमण गर्ने चलन बढेको छ । यसै कारणले पनि शीत यूद्ध चर्केको छ । शीत यूद्धका यी समयमा तेश्रो बिश्वयूद्धको संभावना नकार्न सकीदैन । अमेरिका र उत्तर कोरियाबीचको परमाणविक प्रर्दशनले बिश्वलाई तेश्रो बिश्वयूद्धको संघारमा लाने सबैले अड्कल काटिरहेका छन्, अमेरिकी राष्ट्रपतीका कडा कदमहरु अनि उत्तर कोरियाली शक्तिप्रदर्शन अनि त्यसमाथी उत्तर कोरियाका प्रत्यक्ष र परोक्ष सहयोगी देशहरु । 
के बिश्व अब बिश्वयूद्धको लागि ध्रुविकृत हुन थालेकै हो त ? 
अग्रेजी पत्रिका द इन्डीपेन्डेन्ट लेख्दछ कि दोश्रो बिश्वयूद्ध पछि बिश्वका शक्तिराष्ट्रहरुबीच त्यस्तो ठूलो यूद्ध भएको भन्ने छैन । २० सांंै शताव्दीका दुबै बिश्वयूद्धहरु अड्कलिएका यूद्ध हैनन, सन् १९१४ को पुस्तक द स्लीपवाल्करहरु, हाउ यूरोप वेन्ट इन्टु वारमा यूरोपी अवरोह नै पछि गएर प्रथम बिश्वयूद्धका रुपमा परिणत भएको उल्लेख गरिएको छ । 

दोश्रो शीत यूद्ध 
टाइम्स मेगेजीनका अनुसार दोश्रो शीत यूद्ध बिश्वमा सन् २०१४ बाट शुरु भएको मानिन्छ । पश्चिमी शक्तिहरुले रुसको जर्जीया र यूक्रेनमा भएको हस्तक्षेपलाई उदण्ड बिस्तारवादको करार दिएपछि दोश्रो शीत यूद्धले औपचारीक्ता पाएको हो । तर यसै आरोपका क्रममा ईराक लगायत अन्य देशहरुमा भएको अमेरिकी हस्तक्षेपका बिरुद्धमा पीडीत देशहरुको राष्ट्रिय चासो अनि सार्वभौमीकताको बिषयमा कुनै देश बोल्न नसक्नुलाई पनि अमेरिकी प्रभुत्वको उत्कट बिन्दुका रुपमा लिइएको छ । कोही भन्दा कोही कम छैनन् । 
कति नजिक छौ त हामी तेश्रो बिश्वयूद्धको ?
छोटकरीमा भन्दा हामी तेश्रो बिश्वयूद्धको हामीले सोचेको भन्दा धेरै नै निकट हुनसक्दछौं । कारण स्पष्ट छ , अमेरिका, रुस अनि चीनको उत्तर कोरियाप्रतिको आआफ्नै बिचार । उत्तर कोरियाली मिसाइलको क्षमता कुनै पनि यूद्धलाई छोट्याउन सक्ने अनि साम्य पार्नृ सक्ने रहेको छ भने उत्तर कोरियाली नेतृत्व पनि बिवेकी मान्न सकिन्न । बिश्व ध्वस्त पार्न सक्ने हतियार बोकेका अविवेकी नेतृत्वहरुका कारणले बिश्वयूद्ध खासै पर नहुन पनि सक्दछ । आणविक हतियार प्रयोग हुनु भनेको हरेक तर्फलाई आत्मघाती नै साबित हुने र बिश्व अस्तित्वको खतरा चाँही पक्का हो । 
हामी जहाँ बसेका भएपनि आणविक हतियारको प्रयोगले हामीलाई कुनै न कुनैप्रकारले प्रभाव पार्नेछ । आणविक हतियारले जीत र हार निर्धारण गर्दैन, जे बाँकी हुन्छ सबै हार मात्र हुनेछ । 
आणविक हतियार आत्मघाती हुने कारणले पनि शक्तिराष्ट्रहरुले बिश्वयूद्धको गल्ती नगर्ने अड्कल बाजी पनि बलियो तथ्य हो । अमेरिकी अनि तत्कालिन शोभियत यूनियनबीचको प्रोक्सी वारको उपज उत्तर कोरियाको अहिलेको बलियो अवस्थाले बिश्व शान्ती खल्बलिएको भने पक्का हो । 
शक्तिराष्ट्रको सूचीमा त अब भारत, चीन पनि जोडिएको छ । दुई ठूला ढुगांबीचको सानो तरुल नेपाल पनि कुटनैतिक रुपमा सजग र तठस्त रहन जरुरी छ । 

हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.