छट पर्ब | Hamro Patro

ब्लग - साहित्य / Blog

छट पर्ब





तराईबासीहरुको एक महत्वपूर्ण पर्व छठ हो। व्रतालुले स्नान गरेपछि घरमा सादा भोजन ग्रहण गरेर सूर्यको आराधना गरेपछि छठ पर्व सुरु हुन्छ। जलाशय किनार सजाएर त्यहीँ छठ मनाइन्छ। छठ खासगरी सूर्यको उपासना गर्ने पर्व हो । प्रकृतिको संरक्षक सूर्यको उपासना गर्दै ४ दिनसम्म छठ मनाइन्छ ।मुख्य छठ कात्तिक शुक्ल खस्ठी तिथिमा पर्छ । त्यसको ३ दिनअघि स्नान गरेर सादा भोजन ग्रहण गरिन्छ । दोस्रो दिन घरको पवित्र स्थानमा खिरपु पकाइन्छ । त्यसै दिन साझ गाईको गोबर, माटो, अरुवा चामलको पानी र गंगाजल छर्केर घरको एउटा कुना चोख्याइन्छ । व्रतालुले केराको पातमाथि खिरपु र फलफुल राखेर कोठाको ढोका लगाई गोप्य पूजा गर्छन् ।

पूजाको प्रसाद व्रतालुले पहिला आफूले ग्रहण गरेपछि आफन्लाई प्रसाद बाड्छन् ।त्यसपछिको तेस्रो दिन आगन लिपपोत गरिन्छ । त्यसपछि शुद्ध घिउ, सख्खर, चिनी, ल्वाङ, सुकुमेल, छोगडा, सौफ र नरिवललगायत सामग्री मिसाएर बनाइएको पिठोको ठेकुवा, चामलको पिठोको भुसुवा, फलफूललगायतका सामग्री आगनमा सजाइन्छ । तिनलाई जल छर्केर धुप देखाइन्छ । त्यसपछि साँझपख ती सामाग्रीलाई बा“सको ढकनीमा राखेर खोला वा नदी किनारको किनारमा पुग्छन् ।जलाशय किनार सजाइएको हुन्छ । त्यहाँ लगिएका सामग्री फिँजाइन्छ । त्यसपछि पानीमा पसेर डुबुल्की मार्दै व्रतालुले अस्ताइरहेको सूर्यलाई अर्घ दिन्छन् । त्यसैगरी चौथो दिन बिहान बिहान उदाइरहेको सूर्यलाई अर्घ दिएपछि छठको कथा वाचन गरेर पूजा समापन गरिन्छ ।

परिवारजनको दीर्घायु, आरोग्यता र कल्याणको कामना गर्दै यस पर्व मनाइन्छ । यस पर्वभरि मासुजन्य परिकारको सेवन गरिँदैन । त्यतिमात्र हैन, कात्तिक महिना सुरु भएदेखि नै यस पर्व मनाउनेले मासुजन्य भोजनका साथै लसुन र प्याजसमेत खाँदैनन् । प्रकृतिका संरक्षक सूर्यको उपासना गर्ने यस पर्वले तराईहुँदै पहाडी समुदायमा समेत प्रवेश पाएको छ । तराईमा बस्ने पहाडी समुदायका ब्यक्तिले समेत छठ मनाउन थालेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.