विश्व बालश्रम विरुद्ध दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

विश्व बालश्रम विरुद्ध दिवस





के हो त बालश्रम?
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्‍याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्य कालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।



बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य
बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य बाल श्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो। प्रत्येक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यस दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले सन् २००२ मा यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो ।

वर्ष २०२३ को नारा:
“Week of Action against Child Labour” बालश्रम विरुद्धको एक हप्ते पैरवीको सुरुवात र निरन्तरता भन्ने अर्थ लाग्दछ ।

नेपालमा बालश्रम
बालश्रम हरेक वर्ष झन्डै एक लाखको दरले घट्दै गए पनि नेपालमा अझै पनि (५ देखि १७ वर्ष) सम्मका ११ लाख बालबालिका बालश्रममा छन्। तीमध्ये २,२२,४९३ जोखिमपूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ। नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगट्छ। सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष असाध्यै फितलो भएको छ । यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ । सबै ऐन, कानुनहरू र महासन्धिहरूको अक्षरशः पालना होस् । बालश्रम जरैबाट उखेल्न नेपाल सक्षम होस् । शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.