ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व क्यान्सर दिवस्/ विश्व कुष्ठरोग दिवस




अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि "ह्यूमन प्यापीलोमा" भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।


विश्व क्यान्सर दिवस् विशेष अडियो सामाग्री

आज विश्व क्यान्सर दिवस् (अबुर्द रोग), संसारभरिका सबैजना एैक्यवद्धरुपमा क्यान्सरसँग लडनकालागि चेतनास्वर भर्ने दिन् ।

हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाएको हुनपर्दछ । क्यान्सर वास्तवमै हामी मानिसहरुकोलागि एउटा दूर्भाग्य सावित भएको छ, खर्च, पीडा र यससंगको लडाइको संघर्षले ।  जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । आज यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि विश्वस्तरमै छलफल गरिन्छ ।

क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई 'अोकोंलोजी' भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरैहदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई 'केमोथेरापी' भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन छ । हामी नेपालीहरू समय समयमा स्वास्थोपचारकालागि निरोधात्मक शैलीका जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । विरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्यउपचार भन्ने वित्तिकै अत्यन्त झर्कोलाग्दो र खर्चिलो रुपमा हेर्छौ तर नेपालभर रहेका सरकारी अस्पताल या स्वास्थ्य केन्द्रमैं पनि सहज रुपमा उपचार अनि जाँच गराउन सम्भव छ, जुन त्यति खर्चिलो पनि हुन्न् । थोरै दुखः आफ्नो स्वास्थ्यकालागि गर्नै पर्यो नि ? कि कसो ?

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि "ह्यूमन प्यापीलोमा" भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ । दीर्घ अनि स्वास्थ्यवर्द्धक जीवनको शुभकामना ।


बिश्व कुष्ठरोग दिवस

 

हरेक बर्षको डिसेम्बर ३० संग तुलना गर्दै त्यसको सबैभन्दा नजिकको आइतबारलाई बिश्व कुष्ठरोग दिवसका रुपमा मनाउने चलन छ । अपांगतासंग जोडेर कुष्ठरोगलाई हेर्ने गरिन्छ, बिश्व स्वास्थ संगठनका अनुसार अपांगता दिर्घसमयसम्म रोगको सही पहिचान हुन नसक्दा पनि हुने गर्दछ । रोगको समयमै पत्ता लगाउने अनि उपचार गर्न सक्ने संरचना भएमा, कुष्ठरोग लगायतका धेरै रोगका कारणले बालबालिका र बयस्कमा हुने अपांगता कम हुने थियो भनेर बिश्व कुष्ठरोग दिवसका दिन उल्लेख गरेको छ ।

बिश्वमा हरेक रोग अनि संक्रमणले आआफ्नो कालखण्डमा उधुम मच्चाएका हुन्छन् र समयसंगै हामी मानवले आफ्नो ज्ञान अनि अध्ययनले ति रोगहरुलाई जितेका छौं। चाहे कएक्समयको महामारी रेबिज, एचआईभी, टीबी या कुष्ठरोग नै किन नहोस् । करिब ३००० बर्षअघि नै मानव शरीरमा कुष्ठरोग पाइएको इतिहास छ, यस रोगको भयावय प्रवृति त त्यतिबेला बढ्न गयो जब बिश्वभरिका समाजमा यस रोगलाई पाप, सजाय अनि रोगीहरुलाई पापीको करार दिइन थालियो । सन् १८७३ मा आएर मात्र नर्वेका बैज्ञानिकले यस रोगलाई पाप नभई बिशुद्ध रोग भएको भनि आफ्नो अध्यनले सिद्ध गरेका हुन् । यस घटनाको करिब १५० बर्ष पनि भएको छैन् । नेपालमा पनि कुष्ठरोगीको दयानय अवस्था बृतान्त इतिहासका रुपमा सुन्न पाइन्छ, फलानाका फलानालाई कुष्ठरोग भएको र लगेर गाँउभन्दा पर ओडारमा राखेका लगायतका धेरै कथाहरु हाम्रा गाँउठाँउमा अझै आलै छन् ।


लगभग २ दशक अघिको महजोडी अभिनीत कुष्ठरोग जनचेतना अभियानको एउटा छोटो जानकारी मुलक गीत संझना गर्न चाह्यौं ।


सुन सुन दिदीबहिनी, सुन दाजुभाई


देउता लाग्या नठान है, कुष्ठरोगलाई


कुष्ठरोग लागेपछि लुकाउनुचाँही हुन्न


निको हुन्छ ओखतिले भाकलले छुन्न


नबिराई गरेदेखि ओखति मुलो


कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो ल है



यसै गीतले भनेझैं अहिले आएर नेपाली समाजमा कुष्ठरोगीहरुको अवस्थामा उल्लेखनात्मक सुधार आएको छ । स्वास्थसंस्थामा सहजै ओखति पाइन्छ र यसको सेवनले यो रोग हटेर पनि जान्छ । छालामा लाटो फुस्रो दाग देखिएमा र छुँदा थाहा नभएमा गएर अस्पतालमा देखाउनुहोला । पछि यहि दाग बढ्दै जाने, अगंहरु झमझमाउने र पछि अपांगता हुने सम्म हुन्छ । रोगले पापी र धर्मी कहाँ थाहा पाँउछ र ?


स्वास्थ हाम्रो अधिकार र दायित्व दुबै हो । बिश्व कुष्ठरोग दिवसका अवसरमा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिन्छन् । यस रोगलाई अग्रेजी भाषामा लेप्रोसी भनिन्छ, लेप्रोसीका बिभिन्न मिसनहरु देश बिदेशमा सक्रिय छन् । हुन त सन् २०१५ को तथ्याकं अनुसार बिश्वमा केवल २ लाख १२ हजार कुष्ठरोगीहरु छन् जसको ६० प्रतिशत भारतमा मात्र छन् । यसका अलावा ईण्डोनेशीया, ब्राजिल लगायतका अन्य धेरै देशहरुमा यसको संक्रमण धेरै पाइएको थियो । पोषणको कमी अनि सरसफाईको लापरवाहीलाई यस रोगको मुख्य कारक मानिन्छ ।


कुष्ठरोग लाई जरैबाट उखेलेर फालौं, बिश्व कुष्ठरोग दिवसको शुभकामना छ है ।

----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.92
  • 115.52
  • European euro
  • 130.27
  • 130.95
  • UK pound sterling
  • 144.07
  • 144.82
  • Swiss franc
  • 115.5
  • 116.1
  • Australian dollar
  • 82.84
  • 83.28
  • Canadian dollar
  • 85.93
  • 86.38
  • Singapore dollar
  • 83.67
  • 84.1
  • Japanese yen (10)
  • 10.13
  • 10.18
  • Chinese renminbi (Yuan)
  • 16.68
  • 16.77
  • Saudi Arabian riyal
  • 30.63
  • 30.79
  • Qatari riyal
  • 31.56
  • 31.72
  • Thai baht
  • 3.5
  • 3.52
  • UAE Dirham
  • 31.29
  • 31.45
  • Malaysian ringgit
  • 27.46
  • 27.6
  • Korean Won (100)
  • 10.18
  • 10.23
  • Swedish Krone
  • 12.56
  • 12.63
  • Danish Krone
  • 17.45
  • 17.54

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम