द्वादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

द्वादशी




द्वादशी द्वादशीमा स्वागत छ !

द्वादशीमा स्वागत छ ! दशैं आयो आयो भन्दा भन्दै दशैंले बिदा माग्न थालिसकेको छ । परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । ए साँच्ची जमरा नि ? जमरा छ कि छैन ? पहेंलिए या अझै हरिया नै छन् ? अब पूर्णिमाको दिन सेलाउने जमरालाई त्यसअघि सम्मका टीकाटालोमा लगाउन त पुर्याउनै पर्याे, हैन त ?

हिजोको एकादशी महात्मयको व्रत बस्नुभएकोहरुलाई त आज सबेरै खाना अथवा फलाहार गर्न जरुरी छ, माईत मावल सबैतिरबाट धैरेले आशिष थापिसक्नुभयो अनि धेरैले अझै ति मायारूपी अाशिषका शब्दहरू थाप्दै हुनुहुन्छ । माता दुर्गाको महाप्रसादरूपी रातो अक्षता र हरीया पहेँला जमरा ग्रहणबाट सक्दो कोही नछुटुन, कसैको निधार खाली नहोस्, अाफ्ना अग्रजका अाशिषका भावहरूले सबका मनमा एउटा उर्जा बनाइरहोस्, शुभकामना छ !

हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.