ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस




अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस विशेष अडियो सामाग्री

संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो। त्यति हुदा हुदै पनि आज विश्वभरि १४,५०० परमाणु हतियारहरू बाँकी छन्।

पृथ्वीलाई सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई चेतावनी दिन धेरै देश र तीनका सरकारहरु तल्लीन रहेका छन् । बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन परमाणु हतियारको बिकासमा खर्च भइरहेको छ ।

भर्खर मात्र अमेरिका र उत्तर कोरिया जस्ता देशले आफ्नो परमाणु हतियार परिक्षण गरेर एक अर्कालाई धम्काउन खोजेको खबर हामीले सुनिहल्यौ। जसपश्चात विश्वबाट परमाणु हतियार अन्त्य गर्ने प्रयासमा संलग्न एक संगठन "इंटरनेशनल कैंपेन टू एबोलिश न्यूक्लियर वेपन्स" (आइसीएएन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाई तानाशाह किम जोंगलाई "परमाणु हतियारहरू अवैध हुन् र तिनीहरूको प्रयोग गरेर धम्की दिनु पनि अवैध हो। परमाणु हतियार राख्नु र त्यसको विकास गर्नुपनि गैरकानूनी हो र यसलाई रोक्न आवश्यक छ" भनि एउटा बलियो सन्देश दिएको थियो।

अहिलेको समयमा विश्वका ठुला नेताहरूको चासो र चिन्ताको बिषय भएका परमाणु हतियारको सुरक्षा कसरी गर्ने भन्ने रहेको छ। जुनसुकै बेलामा यी हतियार विश्वका विभिन्न मुलुकमा सक्रिय आतङ्कवादी सङ्गठनको हातमा पर्नसक्छ र यदि त्यस्तो भयो भने विश्व झन् असुरक्षित हुने निश्चित छ । सन् १९४५ को अगस्त ६ मा आणविक प्रहारमा परेको हीरोशीमा र नागासाकीमा अझैपनि रुख या बिरुवाहरु उम्रन सकेका छैनन्। यसबाटै अन्दाज लगाउन सकिन्छ परमाणु शक्तिको दुरुपयोगले मानवतालाई कसरि सम्म ध्वस्त पार्न सक्छ। विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी सुरक्षा दिन्छ रु सोच्नुपर्ने बेला आएको छ । यहि सबै कुरा विचार गरेरै होला महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनले भन्नुभएको थियो "मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ" के विश्व फेरी ढुंगे युगमा फर्कन सक्छ त ?

यहि संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र संघले आज सेप्टेम्बर २६ का दिन अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाउने गर्दछ। परमाणु हतियारको साहयताले कुनै पनि युद्ध जितिदैन , यसको प्रयोग सधै हार नै हुनेछ। मानवताको लागि भएपनि परमाणु हतियार निर्मुल पार्नु अति आवश्यक छ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.67
  • 115.27
  • European euro
  • 130.58
  • 131.27
  • UK pound sterling
  • 144.72
  • 145.48
  • Swiss franc
  • 116.03
  • 116.63
  • Australian dollar
  • 82.69
  • 83.12
  • Canadian dollar
  • 85.6
  • 86.05
  • Singapore dollar
  • 83.54
  • 83.98
  • Japanese yen (10)
  • 10.14
  • 10.19
  • Chinese renminbi (Yuan)
  • 16.61
  • 16.69
  • Saudi Arabian riyal
  • 30.56
  • 30.72
  • Qatari riyal
  • 31.49
  • 31.65
  • Thai baht
  • 3.5
  • 3.51
  • UAE Dirham
  • 31.22
  • 31.38
  • Malaysian ringgit
  • 27.4
  • 27.55
  • Korean Won (100)
  • 10.15
  • 10.2
  • Swedish Krone
  • 12.68
  • 12.75
  • Danish Krone
  • 17.5
  • 17.59

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम