अजा एकादशी | राष्ट्रिय धर्मसभा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अजा एकादशी | राष्ट्रिय धर्मसभा दिवस




अजा एकादशी विशेष अडियो सामाग्री

प्रत्येक वर्षको भाद्र महिनाको कृष्ण पक्षको एघारौं दिनलाई "अजा एकादशी" भन्ने गरिन्छ । यस दिनलाई नेपाल, भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्दछन् ।

धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रन्द्रले आफ्नो हराएको परिवार र साम्राज्य फिर्ता पाएका थिए। प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन त्यागि आफु लगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनाएका थिए। सत्यवादी हरिशचन्द्रले बर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले। त्यसबेला उनको चिन्ता दुर हुनेगरी उनको भेट एकजना गौतम ऋषिसंग भयो। हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बस्न भने। राजाले गौतम ऋषिले भने अनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे, नभन्दै त्यस व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ति राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएका हुन्। त्यहि समय देखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको छ।

अजा एकादशी चतुर्मास अन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशी सरह व्रतको नियम र विधिलाई पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गर्नुपर्छ । भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो जहाँ भगवान् विष्णु स्वयम्ले आफ्नो दैवीशक्तिसहित उपस्थित भई यज्ञयागादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन्। यो दिन शुद्द चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दु: खबाट उद्धार दिन्छन र यस एकादशीको कथा श्रवणमात्रले अश्वमेध यज्ञको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ।

अजा एकादशीको शुभकामना ।

राष्ट्रिय धर्मसभा दिवस

बि.सं. २०६६ बाट हरेक वर्ष भाद्र ९ गतेका दिनमा नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ । आउनुहोस् आज यसै पेरिफेरिमा कुरा गरौं ।

आजभन्दा करिब १०० बर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधूनीक इतिहासमा बि.सं. १९६१ मा प्रथमपटक धर्मसभा भएको पाइन्छ जब चन्द्रशमसेरले सम्पूर्ण विद्वान अनि पण्डितहरुलाई निम्तो दिएर एकहप्ता लामो धर्मसभाको अायोजन गरेका थिए । त्यस धर्मसभा पछि नै नेपालको आधिकारीक र औपचारीक सम्वत विक्रम सम्वत भएको हो ।

सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभामार्फत् सम्पूर्ण धर्म, समूदाय अनि परम्पराहरुको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्मसभा नेपाल एउटा सस्थांकारुपमा नेपालीजनको धर्म अनि वैदिक सनातन संस्कारमात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ ।

बिसं २०६६ सालमा तत्कालिन नेपाल सरकारले ३ वटा असंवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारीक सम्वतलाई ई.सं. बनाएर केवल ११ महिनाको एक बर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहीत राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको थियो।

विक्रम सम्वत आँफैमा नेपाल सम्वत र ई.सं. दुबैका बहुल गुणहरु सहित बैज्ञानीक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात नेपाली परम्पराको रक्षार्थ औपचारीक रुपमा धर्मशभाको दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थिका दिन हरेक बर्ष राष्ट्रिय धर्मशभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराइले हाम्रो पात्रोलाई बताउनुभयो ।

यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतीको रक्षार्थ धर्मशभाले पञ्चागं निर्णयक समितीसंग पनि नजिकै रहेर कार्य गर्ने, हरेक बर्षका पात्रोहरुमा समावेशी चाड अनि तिथीहरु समावेश गराउने सम्मका कार्यहरुको पनि पहरेदारी गर्दछ । हरेक बर्ष धर्मसभा समितीले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरुको रक्षा र सम्बर्धन गर्ने कार्य गरेको छ ।

यस बर्षको धर्मसभा दिवसले आगामी बर्षहरुमा पनि नेपालीजनको पहिचान, आस्था, परम्परा र रितीलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपालीजनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुमा धर्मशभा दिवसको शुभकामना व्यक्त गर्दछ ।
_____
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.