गथांमुगः चःह्रे | अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गथांमुगः चःह्रे | अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस





यस चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आउनुहोस् जानौं गठेमगंल अर्थात घन्टाकर्ण चर्तुदशीका वारेमा केही कुराहरु ।

गठेमगंललाई नेवाः भाषामा गथांमुगः भनिन्छ र यसै शब्दवाट अपभ्रशं हुँदै नेपालीमा गठेमंगल भएको बताइन्छ । यस दिन बाटाबाटामा राक्षसहरु या प्रेतआत्माहरुका लागि भनेंर पात या बोहोता, दुनाटपरीमा पाकेका भात अनि खानेकुराहरु राखिन्छ , मुख्यतया दोवाटाहरुमा यस्ता खानेकुराहरु राखिन्छ । यस्ता खानेकुराहरु राख्नाले र पूजा अर्चना गर्नाले भुतप्रेत पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यवाट समेत जोगिने बिश्वाश गरिन्छ ।


बिशेषतः काठमाडौमा प्राचिनकालबाटै तन्त्र मन्त्रमा पारंगत साधु र साधकहरु रहेका कुरा ईन्द्रजात्रामा स्वर्गमा राजा ईन्द्रलाई समेत बन्दी बनाएको किंबदन्तीले प्रमाणीत गर्दछ । तन्त्रमन्त्र र भुतप्रेतवाट बच्नमा गठेमगंललाई बिशेष दिन का रुपमा लिइन्छ ।

गठेमगंलमा घन्टाकर्ण भन्ने भिमकाय राक्षसको मृत्युलाई पनि सझंना गरिन्छ , उक्त राक्षसको मृत्यू पछि धेरै जना त्रास र भयवाट मुक्त भएको संझना गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भनें भगवान शिवका उदण्ड भक्तका रुपमा लिइन्छ भनें बौद्ध धर्ममा भैरवको दुतका रुपमा पनि लिइन्छ ।

घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ र यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो बस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरुलाई खोलामा लगेर बगाइन्छ या आगो बालेर जलाइन्छ । यसरी सेलाँउदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरु माथि बस्ने चलन छ । यसअर्थमा गठेमगंल नराम्रो शक्तिमाथि मानवता को जीतका रुपमा लिन सकिन्छ ।

यस दिनमा मान्छेहरुले गठेमगंलको औंठीका रुपमा धातुको औंठी लगाउने चलन छ, सम्पूर्ण रुपमा नराम्रा शक्तिहरु र दुर्भाग्यवाट समेत गठेमगंलको औंठीले सुरक्षा दिने जनविश्वास छ ।

भुतलाई भगाउन मुलढोकामा तीनवटा किल्ला ठोक्ने चलन गठेमगंलको एउटा संझन लायक अर्को चलन हो, पुराना ढोकाहरुमा त वर्षो देखिका गठेमगंलको किल्लाहरुले निकै दुलो पारिसकेका हुन्छन् । बच्चाहरुले भनें बाँस र पातपतिगंरले घन्टाकर्णको पुतला बनाएर बटुवाहरुसंग दान लिने चलन पनि छ । यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाती भनेंर कराउने चलन पनि अचम्मको र रमाइलो छ ।

गठेमगंलवाट लाखे नाच पनि शुरुवात हुन्छ, लाखे नाच एक महिनासम्म चल्दछ । प्राचिनकालमा पानी या सरसफाईका कारणले सामान्य पेट दुख्ने या वान्ता हुने समस्याहरु हुँदा पनि ज्ञान या सुचनाको अभावमा मान्छेहरुले भुतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुनसक्दछ हाम्रो सस्कारहरुमा भगवान र भुत दुबैले उत्तिकै आकर्षण पाएका ।
आधुनिक चिकित्सा पद्धतिको बिकाससंगै रोग व्याधीहरुलाई ओखतीमुलोले ठिक पार्ने क्रम त शुरु भयो तर हाम्रो संस्कारमा रहेका यि कुराहरु परम्पराका रुपमा हामीसंगै आएको छ र आइरहोस् ।

सकारात्मक र नकारात्मक शक्तिहरुबीचको तुलना गरिने र सकारात्मक शक्तिको उपासना गरिने गठेमंगल भुतप्रेतको नभई उत्साह र नैराश्यता बीचको एउटा घोतक दिन हो । गठेमगंल उत्साह, उमंग, उत्प्रेरणा र मुस्कानको घोतक दिन हो ।
सरसफाई गरिएका घर वाटाहरु अनि चौकचौराहमा नाटक या नाच देख्न सकिन्छ, मुस्काउन नभुल्नुहोला । गोपाल वंश अनि लिच्चवी वंश देखिको इतिहास बोकेको यो एतिहासीक गठेमगंल मा स्वागत छ । गठेमगंललाई नेपालभरि आआफ्नै तरिकाले मनाइन्छ । मन्दिरहरुमा दान दिने यस दिन दान दिएमा दशा लगायतका दुर्भाग्यहरु टर्ने विश्वास पनि छ ।

सुस्वास्थ र उत्तरोत्तर प्रगतीको कामना ।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस


मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो।

संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार निक्कै गम्भीर समस्याको रुपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। हरेक वर्षझै आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानसहरुमा सचेतना फैलाउन “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस” मनाउदैछ ।
गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ ।

नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

यस वर्ष अमेरिकाले मानव बेचबिखन सम्बन्धी तैयार पारेको प्रतिवेदनमा मानव बेचबिखन रोक्नलाई पर्याप्त कदम चाल्न नेपाल असफल रहेको उल्लेख गरेको छ। त्यस प्रतिवेदनमा नेपालीहरू जाने गन्तव्य मुलुकमा उनीहरूको अधिकारको संरक्षण हुने गरी सम्झौता गर्न सुझाव पनि दिएको छ।

कहिले सयौं नेपाली बालबालिकाको शरीरबाट विक्री हुने अंगहरु झिकेर विक्री गरिएको खवरहरु भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरुको खबर, हामी विकास र प्रगतिको प्रयास त गर्दैछौ तर यी र यी जस्ता थुप्रो सुन्न नसकिने घटनाहरु निर्मुल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ। मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.