अन्तराष्ट्रिय बाल अधिकार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तराष्ट्रिय बाल अधिकार दिवस




बालबालीकाहरुलाई मन नपराउने मनीस सायदै होलान । उनिहरुको निर्दोशपन , उनिहरुको मुस्कान , अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बाल बालीका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरु सँग रमाउने रहर नहोला र ? बालबालीकाहरु भोलीको देशका भविष्य हुन ।


अन्तराष्ट्रिय बाल अधिकार दिवस बिशेष अडियो सामाग्री

नोभेम्ब २० तारिख सन् २०१७

बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।
सम्पूर्ण देश अनि समुदाय लाई बालबालिका मैत्री बातावरण र कानुन तर्जुमा गर्न समेत यस महासन्धीले उत्प्रेरणा दिएको छ ।

बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मिती मा मनाउदै आएको भए ता पनी अन्तराष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीकमा मनाइन्छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा बिश्व भरीका बालबालीकाहरुको आधारभुत आवश्यक्ता हरु पुर गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरीएको हो । जसमा बालबालीकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

बालबालिकाहरु लाई मन नपराउने मान्छे सायदै होलान । उनिहरुको निर्दोशपन , उनिहरुको मुस्कान , अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बालबालिका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरु सँग रमाउने रहर नहोला र ? बालबालिकाहरु भोलीको देशका भविष्य हुन । भोली बिश्व मै ठुला ठुला परिवर्तन ठुला ठुला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनिहरु को हिफाजत गरी उनीहरु को शारीरीक, मानसिक, सामाजिक र शैक्षिक बिकाशका लागी बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरीक हरुले आ आफ्नो तर्फबाट आ आफ्नो सहयोग पुर्यानु अपरीहार्य छ ।

अन्तराष्ट्रि बाल दिवसको मुख्य उदेश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्यबहारहरु को निराकरण गरी उनिहरुको व्यक्तीत्वको बिकाश नरोक्किने खालको सहज परीस्थितीको जगेडा गर्नु हो । संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाऊँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामिले खाजा खाने होटल, चााहे हामी चढ्ने सार्वजनीक सवारी साधन होस् या त कुनै अपराधिक गतिबिधी नै या त कसैको घर भित्र नै ति प्रत्येक ठाऊँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालीका हरुको दुरुपयोग गरी उनिहरुमाथी हिसां र दुर्ववहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि बिचार पुर्याइ राखेको हुँदैनौम ।

बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकाार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकाार लगायतका अधिकार हरु पर्दछन । तर पनि कैयन बालबालिकाहरु को सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ , कैयन बालबालिकाहरु शिक्षा बाट अझै पनी बञ्चित छन, खाना खान नपाएर कैयन बालबालीकाहरु कुपोषणको शिकार भईराखेका नै छन, द्धन्दको चपेटामा परेर कैयन बालबालीकाहरु शान्त बातावरणका लागी छटपटाई राखेका छन र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालिकाहरु अनायासै जेलिएका छन ।

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विश्व भरी नै विभिन्न देशहरुमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था हरुले सेमिनार, गोष्टि र विभिन्न खेलकुदका कार्यक्रम का साथै सृजनात्मक कार्यक्रमहरुको आयोजना गरी बालबालिकाहरु लाई मनोरञ्जन गराउने सकारात्मक प्रयास गरेका हुन्छन । जसले गर्दा बालबालिकाहरु ले आफ्नो सृजना र क्षमताको प्रदर्शन गर्ने अवसर पाउनुको साथै यस दिन धेरै राहत र खुसीको महशुस गर्ने गर्दछन ।
यसपाला को बिश्व बालअधिकार दिवसको नारा भनें सेभ द चिल्ड्रेन अनुसार बालबालिका बिरुद्ध को अपराध बन्द गरौं भन्ने रहेको छ ।
सिरिया देखि लिविया हुँदै बिश्वका हरेक कुना कुनामा बालबालिका लाई यो वा त्यो ढगंमा बालअधिकार उल्लघंन गरिन्छ । यसपाला हाम्रो देशमा पनि अरु बर्षभन्दा धेरै नै बालबालिका बिरुद्धका अपराधका घटना अनि बालबालिका हराएका, बेपत्ता पारिएका र हत्या गरिएका लगायतका घटनाहरु सुनिएको अनि देखिएको छ । झापामा एकजना बालकको हत्या बिरुद्धमा उत्रिएको सर्वसाधरणहरु लाई दमन गरिएको घटनामा धेरै हताहती अनि मृत्यू सम्मका समाचार हामीले केही महिना अघि मात्रै थाहा पायौं । यस्ता धेरै घटना, नाम अनि परिवारको हिसाब किताब बाँकी छ, नेपालमा अझै पनि बालअधिकार हननका बिषयमा कडा भन्दा कडा कानुन र कार्यान्वयन पक्ष चुस्त हुन जरुरी छ ।

बालबालिकाहरु का लागी काम गर्ने थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु छन । ती निकायहरु सँगको तालमेलमा विश्वका प्रत्येक नागरीकले आ आफ्नो तर्फबाट सामाजिक, नैतीक, मानसिक वा आर्थिक तवरले साने सहयोग मात्र पनि गर्न सकेको खण्डमा थुप्रै बालबालिकाहरु ले फक्र्रिने अवसर प्राप्त गर्न सक्छन । बालबालिकाहरु को प्रत्येक अधिकारु सुनिश्चित गर्न हामि प्रत्येक देशका नागरीकहरु सक्षम हौँ । अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हामि सारा नेपालीको तर्फबाट यहि शुभकामना प्रत्येक बालबालिकाहरु मा । सबै बालबालिका को जय होस ।

हाम्रो पात्रोको लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.