द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस




द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस विशेष अडियो सामाग्री

यूद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्धन्द र आफ्नो अस्तित्वका लागि यूद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । उनीहरुकी आमा यूद्ध पश्चातपनि आफ्नै समुदाय र परिवार बाटै पनि अपहेलित हुनपर्ने हुन्छ । यसवर्षको द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मा यूद्धका समयमा भएका यौनहिंसाका पीडीतहरुका आवाज संयूक्त राष्ट्रसंघ अझ बुलन्द गर्न चाहन्छ, उनीहरुले भोगेका भेदभाव, लाज अनि समाजले दिएको ध्रुबिकरणका बिरुद्ध हामी सबै एक हुन जरुरी छ । 


संयूक्त राष्ट्रसंघ महासचिव एन्टीनो गुइटेरस

विश्वले यूद्ध देखेको छ, इतिहासका पानामा यूद्धका खापाहरु लगभग हरेक देश अनि पृष्ठभूमिमा रहेको छ । कुनै अर्को जात, धर्म, देश या पहिचान भएको शाषक या सैनिकले कमजोर देशलाई निर्ममतापूर्वक हराँउदछन् । यसरी यूद्धका क्रममा अनि पश्चात पनि यूद्धग्रस्त देशका नागरीकमाथि यौनहिंसा हुने गर्दछ, यस्ता हिंसावाट हजारौंलाखौं मान्छेहरु वर्षेनी पिडित हुने गर्दछन् र हुँदैआएका छन् ।

नेपालमै पनि त सशस्त्र द्धन्दका समयमा यस्ता धेरै घटना अनि दुव्र्यबहार भएको छ र त्यसको परिघटना र असरहरु आज सम्म पनि हामीले समाजमा देखिरहेका छौं ।

यूद्धमा भएका यौनहिंसावाट जन्मेका बालबालिकाको मुद्धा अनि समस्या पुस्तौंसम्म चल्नेगर्दछ, उता यसरी हिंसामा पर्ने महिलाका वेदनाहरु अनि तिनका ध्वनी र प्रतिध्वनीहरु शताव्दीयौं सम्म चल्ने गर्दछन् । यसरी यूद्धका समयमा भएको यौनहिंसा पश्चात असुरक्षित गर्भपतन अनि अन्य यौन तथा प्रजजन समस्याका कारणले हजारौंको अकालमै मृत्यू पनि त हुन्छ । यस्ता यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्व समक्ष उनिहरुको आवाज सुनाउनलाई हरेक वर्ष जुन १९ तारिखमा संयूक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ ।

यसरी द्धन्दका समयमा जन्मेका बच्चाहरुको शारीरीक स्वास्थ अनि मानसिक स्वास्थ दुबै सही नहुन सक्ने संभावना धेरै हुन्छ भने उनीहरुको पहिचान अनि कानुनी संरक्षण पनि नुहने हुन्छ । अप्रत्यक्ष रुपमा भएपनि यी बालबालिका पनि जन्मदैं द्धन्दका शिकार भएर जन्मेका हुन्, यी बालबालिकाहरुको देश या नागरीकता अनि अन्य पहिचानगत संवर्धन हुन नसक्दा अधिकांशहरु बेचबिखन, मानव तस्कर लगायत अन्य जोखिमयूक्त क्षेत्रमा लगिन्छन् जुन दर्दनाक अनि दुख्खलाग्दो कुरा हो ।

द्धन्दको पनि नियम हुन्छ जहाँ निशस्त्रलाई हमला नगर्ने, स्वास्थ केन्द्रमा हमला नगर्ने लगायत थुप्रै पर्दछन तर यूद्धमा जति नियम अन्य कहिँ पनि मिचिने गरिदैन् । यूद्धग्रस्त क्षेत्रमा सैनिक या अन्य जत्था अनि राज्यहिनताको फाईदा उठाउने तत्वले बलात्कारलाई प्रसय दिने गर्दछन जुन अत्यन्तै गलत कुरा हो। निर्दोष असाहय अनि निहत्था उपर गरिने यूद्धजन्य हरेक अपराधहरु बन्द गरिनु जरुरी छ भनेर आजको दिनले वकालत पनि गर्दछ । प्यालीस्टाईन, सिरिया, ईराक लगायत सैंयौ अफ्रीकन देशहरु आज पनि बाहिरी या आन्तरिक द्धन्दको खतरामा छन्, द्धन्दमा यौन्हिंसा रोक्न राज्यहरु सफल हुन अनि भएका हिंसाका परिघटना अनि असरहरु न्यूनतम गर्न सफल हुन जरुरी छ । द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस को शुभकामना ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.