अन्तराष्ट्रिय गरिवी निवारण दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तराष्ट्रिय गरिवी निवारण दिवस





आज अक्टोबर १७, अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस । यस बर्ष "गरिवी र विभेद अन्त्यका लागि जुटौं, दिगो भविष्य निर्माण गरौं" भन्ने नाराका साथ मनाईंदैछ । यो दिवस राष्ट्रसंघीय बैठकको प्रस्ताव नम्बर ४७/१९६ पारित भएपछि सन् १९९३ देखि मनाउन थालिएको हो । यो दिवस मनाउनुको मुख्य उदेश्य चैं चरम गरिवी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धि जानकारीहरु विश्वभर आदानप्रदान गर्नु रहेको छ । 

संयुक्त राष्ट्रसंघले गरिवीलाई- अवसर र मौकाहरुमा पहुँच नहुनु तथा मानवीय मर्यादाको हनन् हो भनेको छ । यसको मतलव मानिसलाई आधारभूत आवश्यकताकै कमि हुनु र समाजमा अरु सरह बाँच्न कठिन हुनु पनि हो । मानिसमा खाना नाना र छानाको अभाव हुनु नै मुख्यतया गरिवीको सूचक हो । विकसित देशहरुमा भने सफा र शुद्ध पिउने पानीको अभाव, रोजगारी, सुरक्षा र शक्तिहिन हुनुलाई गरिवीको सूचक ठानिन्छ ।

यद्दपि गरिवीका कारण कुपोषण र अन्य अवस्थाहरु श्रृजना हुँदा प्रत्येक दिन विश्वभर २२ हजार वालवालिकाको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएको छ । नेपालमा कुल जनसंख्याको आधा संख्या गरिवीको रेखा मुनि रहेको जनाईएको छ । पाँच वर्षमुनिका ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित भएको भनिएको छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्य लगायत दैनिक जीवनका आवश्यक १० परिसुचकको आधारमा गरिबीको परिभाषा गर्ने गरेको छ । दैनिक एक अमेरिकी डलरभन्दा कम आय भएका मानिसलाई गरिवीको सुचिमा राख्ने गरेको छ । यता नेपाल सरकारले गरीव परिवारको पहिचान गरि राहत दिन भन्दै २०७२ असोज १ गतेबाट परिचयपत्र वितरणको योजना घोषणा गरेको छ । गरीव घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका २०६९ लागू गरेको छ । त्यसका लागि गरीव घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेकोमा हाल उक्त बोर्डको नाम परिवर्तन गरी गरीव घरपरिवार सहयोग समन्वय बोर्ड बनाएको छ । तराईका जिल्लामा रहेका गरीवहरुलाई सहयोग पुर्याउन गरिवसंग विशेश्वर कार्यक्रम संचालन भईरहेको छ । कर्णाली लगायतका पश्चिमी र सदुरपश्चिमी क्षेत्रमा पश्चिमी उच्च पहाडी गरिवी निवारण परियोजना लागू गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०६९ जेठ ५ गतेको निर्णयानुसार सहकारी तथा गरिवी निवारण मन्त्रालयको स्थापना भएको छ । गरिवी निवारणको क्षेत्रलाई राष्ट्रिय महत्व र प्राथमिकतामा राख्ने मुख्य दृष्टिका साथ यो मन्त्रालय गठन गरिएको थियो । सहकारी तथा गरिवी निवारण मन्‍त्रालयले राष्ट्रिय गरिवी निवारण नीतिको मस्यौदा तयारी गरेको छ । नीतिहरुमा सुझावहरु संकलन गरिसकिएको छ । गरिवी निवारण कोष मार्फत बिभिन्न जिल्लाहरुमा सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाहरु मार्फत विभिन्न खालका कार्यक्रमहरु संचालन गरिएको छ । कोषले हाल ५५ जिल्लाका झण्डै साढे ७ लाख घरधुरीलाई आय आजआर्जन, आत्मविश्वास र जिवनयापनमा सुधार ल्याउने खालका कार्यक्रमहरुमा समेटेको छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.