साक्षरता दिवस/निजामति सेवा दिवस/अजा एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

साक्षरता दिवस/निजामति सेवा दिवस/अजा एकादशी





- हाम्रो पात्रोको लागि  बाबुराम भण्डारीले तयार पार्नु भएको


अन्तर्राष्ट्रिय साक्षरता दिवस र ३६औं राष्ट्रिय शिक्षा दिवस नेपालमा आज विशेष कार्यक्रमका एकैसाथ मनाईदैछ । स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले "निजामती सेवाको सपना, समृद्ध नेपालको रचना" भन्ने नाराका साथ आज १२औं निजामति सेवा दिवस मनाउँदैछन् । तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिन वि।सं। २०३१ साल फागुन १२ गतेदेखि मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपश्चात अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारी तथा निजी शैक्षिक संस्थाहरुले एसएलसी परिक्षामा उच्च अंक प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान सहित विभिन्न कार्यक्रम गर्दै आएकाछन् । हरेक जिल्लाका बिद्यालय, उच्च माबि, क्याम्पस र प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा अध्ययन हुने शिक्षण संस्थाहरुमा समेत छुट्टाछुट्टै रुपमा मनाइन्छ । त्यसैगरी औषत नतिजाको आधारमा देशभरबाट सर्वोत्कृष्ट ठहरिएका पाँचवटा विद्यालयलाई शिक्षा मन्त्रालय मार्फत सम्मान गरिंदै आएको छ । त्यस्तै राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा छात्रबृत्ति र पदक सहित प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन्छ ।

नेपालमा शिक्षामा नागरिकको पहुँच बृद्धि गर्न आर्थिक बर्ष २०७२/७३ का लागि ९८ अर्ब ६४ करोड रुपैंया बिनियोजन गरिएको छ । जुन गत आर्थिक बर्षको तुलनामा २० अर्ब रुपैंयाले बढि हो । तर बजेटको आकार बढेपनि २० प्रतिशत बृद्धिको अपेक्षा गरिएको शिक्षा क्षेत्रको बजेट घटेर १२ प्रतिशतमा खुम्चिएको शिक्षाविद्हरु बताउँछन् । बजेटमा बिद्यालय शान्ति क्षेत्रको अभियान खासै प्राथमिकतामा नपरेको उनीहरुको भनाई छ । बजेटमा आधारभूत शिक्षा र निःशुल्क शिक्षा प्रदान गर्ने तथा विपन्न वर्ग, लिङ्ग, क्षेत्र र समुदायका विद्यार्थीका लागि सञ्चालित छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । शिक्षक दरबन्दीको पुनरावलोकन, शिक्षक विद्यार्थी अनुपात मिलान, शिक्षक, श्रम र उद्योग क्षेत्रमा आवश्यक पर्ने ७५ हजार जनशक्तिलाई सीप विकास गर्न छोटो अवधिका तालिम समेत प्रदान गरिने योजना प्रस्तुत गरिएको छ । त्यस्तै सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्न हरेक विकास क्षेत्रमा नमुना विद्यालय स्थापना गर्ने र सीमान्तकृत समुदायका छात्राहरुलाई आवासीय सुविधा सहितको शैक्षिक वातावरण तयार गर्न बजेट बिनियोजन गरिएको छ । सन् २०१५ सम्म सबै नेपालीलाई साक्षर बनाइसक्ने राष्ट्रिय प्रतिबद्धता पुरा गर्न सन् २००८ देखि नै साक्षरता अभियान शुरु छ । हालसम्म सरकारले साक्षरता अभियानका लागि भनेर रु ६ अर्ब १४ करोड ८९ लाख २५ हजार खर्च गरिसकेको देखिन्छ तर यो अभियान बहुसंख्यक निरक्षरका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मातु भएको भन्दै आलोचनापनि भएको छ । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा अहिलेपनि ३४ प्रतिशत नेपाली निरक्षर छन् । त्यसमध्ये १५ देखि ६० वर्ष उमेर समूहका करिब ४० लाख जनता निरक्षर रहेको सरकारी तथ्याङ्क छ ।



निजामति सेवा दिवस


स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले आज १२औं निजामति सेवा दिवस मनाउँदैछन् । वि.सं. २०१३ साल भदौ २२ गते तत्कानिल प्रधानमन्त्री टंकप्रसाद अचार्यको पालामा नेपालमा निजामती सेवा ऐन ल्याईएको थियो । निजामति सेवा गठन भएको ५९ वर्ष पूरा भएपनि २०६२ साल भदौ २२ गतेदेखि मात्रै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । त्यहि दिन पारेर हरेक बर्ष यो दिवस मनाईंदै आएको छ । यस दिवसलाई कर्मचारीहरुले कर्मचारी दिवस, निजामति सेवा दिवस र निजामति कर्मचारी दिवस भनेरपनि मनाउँदछन् । अहिले नेपालमा ८० हजारभन्दा बढी निजामति कर्मचारी कार्यरत रहेकाछन् । दिवसका अवसरमा पदयात्रा, अस्पताल तथा कारागारमा फलफुल बितरण, रक्तदान लगायतका कार्यक्रम बिभिन्न जिल्लामा गरिन्छन् । सरकारले कर्मचारी दिवसका अवसरमा बिभिन्न सेवा तथा समुहबाट उत्कृष्ट ठहरिएका कर्मचारीहरूलाई सम्मान गर्दै आएको छ ।

अजा एकादशी

भदौ कृष्ण पक्षमा पर्ने अजा एकादशीलाई कामिका एकादशी अथवा जया एकादशीपनि भन्ने गरिन्छ । अजा एकादशी ब्रत बस्नाले पुर्वजन्ममा गरिएका सवै पापहरु क्षमा भई यस जन्ममा आईपरेका दुखकष्टको समेत अन्त्य हुने र यस जन्ममा सुख समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । अजा एकादशीका दिन भगवान विष्णुको उपेन्द्र स्वरुपको पुजा आराधना गरि जाग्राम बस्ने गरिन्छ । यस एकादशीको ब्रतले सवै किसिमका पापहरुको नास गर्ने सामर्थ राख्ने भएकाले अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि साकाहार बसी एकपटक मात्रै भोजन गर्ने, मागेर नखाने, जुवातास नखेल्ने, पान लगायतका मसलाजन्य वस्तु नखाने, मसुरो चना लगायतका दाल दलहन र सागपात समेत खान नहुने मान्यता छ । त्यसैगरी भोलपल्ट समेत एकपटकमात्रै भोजन गर्ने, ब्रतभरी नसुत्ने, कुनैपनि रुखविरुवा नकाट्ने, कसैसंगपनि झुठो नबोल्ने र अर्काको निन्दा गर्न नहुने जस्ता रमाईला शास्त्रीय विश्वास रहेको छ ।


नेपाली चाडपर्वको बारेमा जानकारी दिने हाम्रो प्रयास तपाईलाइ कस्तो लग्यो ? मन परेमा तलको लिंक बाट सेयर गरि हामीलाइ सहयोग गर्नुहोस्




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.