ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

नेपाल ज्योतिष परिसद स्थापना दिवस





भन्नलाई पुस फासफुस भनेर पौष महिनालाई छोटो दिन अनि पारिलो घामको अचेटमा राखिएको भएतापनि यस महिनामा धेरै महत्वपूर्ण दिन अनि एतिहासिक संझना रहेका छन् । यिनै संझना अनि दिनबिशेषमा हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ ।
हुन त ज्योतिषशास्त्रलाई खगोलशास्त्र संग जोडेर आकाशीय पिण्डहरुको अध्ययनका रुपमा मात्र लिने गरिएको भए पनि ज्योतिषशास्त्रलाई आकाश र जमिन दुबैको मानविय अवस्थितीसंगको सापेक्षीक अध्ययनका रुपमा लिइन्छ ।
बास्तवमा ग्रहरुको चालको सापेक्षीक असर मान्छेको जन्मको समय र ठाँउका आधारमा हुने अध्यन नै ज्योतिषशास्त्र हो तर बृहत रुपमा ज्योतिषशास्त्र यतिमै मात्र सिमीत कहाँ हुन्थ्यो र ?
पश्चिमाहरुले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक बिषयको बिज्ञानका रुपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात ब्रहमाण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने बिशालकाय भौतिक बिषयबस्तु बिज्ञान मानिन्छ । बिज्ञानको प्रारम्भिक स्वरुप नै ज्योतिषशास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्व बिश्वभरिनै गुञ्जायमान छ ।
हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषीत मनुवाहरु सबै ज्योतिष कहाँ हुन्छन् र ?
ज्योतिष बिधा जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि बिभिन्न बिधापीठ अनि बिधाआश्रममा शदियौं देखि यस बिधा अध्ययन अध्यापन गराइन्छ ।
नेपालमा ज्योतिषहरुको बिधा, कार्य अनि अस्तित्वलाई सस्थागत गर्न नै बिसं २०५५ सालमा नेपाल ज्योतिष परिषधको स्थापना भएको संस्थाका सस्थापक अध्यक्ष एवं हालका निवर्तमान अध्यक्ष लोकराज पौडेलले हाम्रो पात्रोलाई बताउनुभयो । यस अर्थमा यस बर्ष नेपाल ज्योतिष परिषधको २०औं स्थापना दिवस हो । अहिलेसम्म ७० वटा जिल्लामा शाखा रहको यस मातृसस्थाको प्रदेशहरुमा पनि परिवर्तित भौगोलिक परिवृतीमा शाखा बिस्तार भइरहेको छ । अहिलेसम्म ६ हजार हाराहारीमा ज्योतिषहरु यस सस्थाका सदस्यहरु छन् । बार्षिकोत्सवमा बिभिन्न समारोह अनि जनचेतना गर्दे मनाइने बताइन्छ ।
जसले जे भनेपनि ज्योतिषशास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पवूर्ण घडी अनि दर्पण हो । तर ज्योतिषशास्त्रले जे भनेपनि कर्म नभइकन कोही पनि अघि बढेको इतिहास कहाँ छ र ?
कर्म लाई नै हरेक धर्म, पुस्तक, लेखक अनि दर्शनले केन्द्र मानेको छ । कर्म गर्न पछि नहटौं अनि गीताले भनें झै फलको आश नगरौं । आइस्टाइनले पनि त भनेका छन् कि इनर्जी नेभर डाइस भनेर त्यसै अनुरुप संसारका हरेक उर्जाहरु कहिले खेर जाँदैनन् । अघि बढ्ने उर्जा सबैलाई प्राप्त होस् अनि आफ्नो अनुरुपका कर्मक्षेत्र अनि व्यबहार पक्षहरु हामी सबैले पत्ता लगाउन सकौं ।
जुनै राशि या नक्षत्र या पलामा तपाईको जन्म भएको होस्? जूनै जात, धर्म या लिगं तपाईको छ ? तपाई केवल एकमात्र तपाई हो समग्र ब्रह्माण्डमा केवल एक अनि बिशेष ।
आजको दिन शुभ रहोस्

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 129.99
  • 130.68
  • UK pound sterling
  • 144.64
  • 145.41
  • Swiss franc
  • 115.13
  • 115.74
  • Australian dollar
  • 82.23
  • 82.66
  • Canadian dollar
  • 85.55
  • 86
  • Singapore dollar
  • 83.1
  • 83.54
  • Japanese yen (10)
  • 10.11
  • 10.16
  • Chinese renminbi (Yuan)
  • 16.47
  • 16.56
  • Saudi Arabian riyal
  • 30.35
  • 30.51
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.47
  • 3.48
  • UAE Dirham
  • 30.99
  • 31.16
  • Malaysian ringgit
  • 27.29
  • 27.43
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.59
  • 12.66
  • Danish Krone
  • 17.42
  • 17.51

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम