हिन्दु धर्ममा एकादशी ब्रतको धेरै महत्वरहेको पाईन्छ । कार्तिक कृष्णपक्षमा पर्ने रमा एकादशीको सवैभन्दा महत्वपूर्ण पक्षभनेको ठूला पापहरुको नास गर्नु हो । हिन्दु धर्मशास्त्रका लिखतमा उल्लेख भएअनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक प्रतापि राजा थिए । उनको देवराज इन्द्र सहित यम, कुबेर, बरुण र विभीषणसंग गहिरो मित्रता थियो । उनीबिष्णु भक्तिका कारण धर्मात्मा र न्यायमुर्ति थिए । त्यस्ता शोभित राजाका चन्द्रभागा नाम गरेकी एउटी छोरी थिइन, जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो । शोभन अलिक दुर्वल, कमजोर रभोक सहन नसक्ने खालका थिए । एकदिन राजकुमार शोभन कार्तिक कृष्णपक्षमा ससुरालीपुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो । जव रमा एकादशी ब्रतको दिन आयो, तव मुचुकुन्दले आफ्नो राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणागरिदिए । यो खबरले शोभन सारै चिन्तामा परे र आफ्नी पत्नी चन्द्रभागासंग चिन्ताप्रकट गर्नथाले । पति शोभन भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागालाई पनि सारैचिन्ता पर्यो । त्यहि बेला चन्द्रभागाले उपाय निकालेर भनिन् कि- हे स्वामी ! मेरापिताको राज्यमा एकादशीका दिन अरु त के?जीवजन्तु समेत भोजन गर्दैनन् । त्यसो भएकोले यदि तपाँई चाहनुहुन्छ भने अरु कुनैठाउँमा गएर भोजन गर्न सक्नुहुन्छ । तर यहि रहने हो भने चैं एकादशी ब्रत विधी पुरागर्नु पर्दछ । पत्नी चन्द्रभागाको यस्तो सुझाव सुनेपछि शोभनले आफु अन्तकतै नजाने बरु ब्रत नै बस्ने, जस्तो पर्छ त्यस्तै टर्छ भन्ने अठोट गरीरमा एकादशीका दिन ब्रत बस्ने निधो गरे । यस प्रकारले शोभनले ब्रत बसे, तर उनलाई धेरै भोक र प्यास लाग्न थाल्यो । उनले भोक तिर्खा सहन सकेनन् रएकादशी ब्रतको समाप्तिपछि भोलिपल्ट प्रातकाल मै शोभनको प्राण गयो ।
पतिको मृत्यूपछि चिन्ता र वियोगले चन्द्रभागाआफ्नै पिता मुचुकुन्दका घरमा अर्थात माईतै बस्न थालिन् । तर रमा एकादशी ब्रतकोप्रभावले राजकुमार शोभनको इन्द्रराज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवनप्राप्त भयो । एकदिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राम्हण तीर्थयात्राकाक्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेका उनलेराजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सवै इति बृतान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सवै घटना बृतान्त सुनाए र रमाएकादशीको ब्रतको प्रभावले आफूलाई यस्तो स्वर्गिय शान्ति प्राप्त भएको कुरा तिब्राम्हणलाई सुनाए । यस्तो चमत्कारिक सत्यबारे ति ब्राम्हणले पुन: आफ्नो तिर्थयात्रा समाप्ति पछि मुचुकुन्द पुत्री चन्द्रभागालाई सविस्तार सुनाए। त्यसपछि चन्द्रभागाले आफूलाई मन्दराचल पर्वत पुर्याइदिन ति ब्राम्हणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्याए र वामदेव ऋषिका आश्रममा राखे। वामदेव ऋषिले चन्द्रभागासंग सवै बृतान्त सोधे र वेद मन्त्रहरुद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको ब्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिरपनि दिव्य प्रज्वलित भयो । त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समिप पुगिनर रमा एकादशी ब्रतका प्रभावले यस्तो सवै अभूतपुर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भईन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्दि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे । त्यहि भएर जसले रमा एकादशीको ब्रत सम्पन्न गर्दछ, उसको यसै गरी सवै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास रहेको छ ।
रमा एकादशीको ब्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठि नित्य शुद्ध बनि निराहार ब्रत बसि दान आदि कर्महरु पुरा गर्नु पर्दछ । रमा एकादशी ब्रतका अवसरमा भगवान विष्णुलाई धूप, दीप, नैवेद्य,फुल एवं मौसम अनुसारका फलफुल चढाएर पूजा गरिन्छ । अरु एकादशी ब्रतमाझैं रमा एकादशीमा बिष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी ब्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन रहेको छ ।
- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: