श्री पञ्चमी/ रेडियो दिवस/ कुम्भ संक्रान्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

श्री पञ्चमी/ रेडियो दिवस/ कुम्भ संक्रान्ति





विद्याकी अधिष्ठात्री, ज्ञान, विज्ञान र कलाकी साक्षात् देवी,साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति- परा एवं अपरा शिक्षा साधक, वाद्ययन्त्रका वादक, शिल्प प्रवीणहरुका आराध्य माता, हिन्दु संस्कृतिकीयुगौंदेखिकी सम्मान्या र सम्पूज्या माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदैछ । आज देशभरका विद्यालय-महाविद्यालय, विश्वविद्यालय र सरस्वती माताकामन्दिरहरु सिंगारिएका छन् र त्यहाँ पुजाका लागि घुँइचो छ ।

वेदमा जलदेवी, जैन धर्ममा श्रुतिदेवी, बौद्ध धर्ममा ‘प्रज्ञा देवी’ भनेरआज सरस्वतीको पूजा अर्चना गरिन्छ । श्री पञ्चमीलाई वसन्त पञ्चमी, माघी पञ्चमी, सरस्वतीपूजाका नामले पनि सम्बोधनगरिन्छ । वर्षभरीका पञ्चमीहरु मध्ये सवैभन्दा श्रेष्ठ र गूरु श्री पञ्चमीलाईमानिन्छ । ‘श्री’ शब्द जोडिएको र सन्तवसन्ततिर मोडिएको हुँदा सबै पञ्चमीहरु मध्ये श्रीपञ्चमी उदात्त र पावन धार्मिक दिनहो । श्री पञ्चमीकै दिनबाट वसन्त ऋतु शुरु हुने भएकोले वसन्त पञ्चमी भनिएको हो ।त्यसैले आजको पवित्र दिनलाई वसन्त पञ्चमीका नामले सम्मान र श्रद्धा गरिन्छ ।

‘श्री’ भन्नाले विद्या,बुद्धि, सम्पन्नता, रुप रगुण, आदिशक्ति वा पूर्णताद्वारा झल्कने शोभा, कान्ति वा दीप्ति हो भने ‘पञ्चमी’- चान्द्रमासका आधारमा प्रत्येक महिनामा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पवित्रपाँचौ दिन हो । श्री पञ्चमी अभिनव वसन्तको सिर्जनशिलता र पुण्य तिथि भएकाले यस दिनबाटपुस्तक, कलम, कापी, शिल्पकलाका औजारहरु र वाद्ययन्त्रहरुको पूजाआजा गरिन्छ । शिक्षा जीवनलाईपरिस्कृत पार्ने प्राञ्जल भएकाले आजको दिनलाई नयाँ सिकाई शुरु गर्ने दिनको रुपमापनि लिइन्छ । विवाह, ब्रतवन्ध, नाक–कान छेड्ने, बहर दाउने, नयाँतन्त्रमन्त्र सिक्ने र समग्र शिक्षा शुरुवातको दिन मानिन्छ । आजै शिशुहरुलाई बाह्रखरीसिकाउने र लेखाउने चलन रहेको छ । स्मरण शक्ति तेज होस भनेर सरस्वती पूजामा प्रयोग गरिएका अक्षताका सात दानालाई दाँतले नछुने गरी बालबालिकाहरुलाई निल्नलगाउने प्रचलन पनि रहेको पाइन्छ ।

आज बालबालिका तथा सवै तहका विद्यार्थीहरुले विहानै उठि नुहाई धुवाई गरी शुद्ध भई आफु अध्ययनरत शिक्षालयमा पुगेर विद्याको भिक्षा माग्दैमाता सरस्वतीको पूजा आराधना गर्दछन् । धार्मिक शास्त्रहरुमा पनि ब्रम्हा, विष्णु, महेश्वर, बाल्मिकी, व्यास, नारद र याज्ञवादक्य आदि भगवान तथा ऋषिमुनीहरुले पनि माता सरस्वतीको पूजा आराधना गरी ज्ञान प्राप्त गरेका प्रसंगहरु उल्लेख छन् ।

सरस्वतीका चारवटा हातहरु मध्ये दुईवटा हातमा पुस्तक तथा माला रहेको छ भने दुईवटा हातमा वीणामा रहेको छ । अगाडिका दु हातलेभौतिक संसारमा देवीको गतिविध र पछाडिका हातले आध्यात्मिक संसारसंग सम्बन्ध रहेको बुझाउँछ । दायाँपटिका हातले मनमानस बायाँपटिका हातले बौद्धिकता तथा वातानुकूलचेतना बुझाउँछ । सरस्वतीको बहानका रुपमा दुध र पानीको मिश्रणबाट दुध मात्र निकालेर खान सक्ने क्षमता राख्ने भेदभावरहित, शक्ति,निष्पक्षता,शुद्धता, असल र खराबको बीचको भेदलाई हटाउन सक्ने तथा ज्ञानको महत्वको प्रतिकात्मक पन्छी हाँसरहेको छ । त्यहि भएर सरस्वतीलाई हंसबाहिनी पनि निन्छ


‘या कुन्देन्दुतुषारहारधवला याशुभ्रवस्त्राभृता ।

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।

या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिताः ।

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।


अर्थात् जो कुन्दको फूल, चन्द्रमा,हिउँ र हारहरुका समान सुन्दर छिन्, जसले सधैसेता कपडामात्र पहिरिन्छिन्, जसको हात उत्तम वीणाले सुशोभितछ, जो सेतो कमलको आसन माथि बस्दछिन्,त्रिदेवहरु जसको सधै स्तुतिगान गर्दछन्, जसले सबै किसिमकोजडतालाई हर्दछिन् त्यस्ती सरस्वतीले मेरो पालन गरुन् भन्दै आज शारदा सरस्वतीकोसंस्मण मन्त्रोच्चारण गर्दै गरिन्छ । हिन्दु धर्म अनुसार श्री पञ्चमी विद्याकी देवी सरस्वतीको आराधनाले अशिक्षा र अज्ञानताको अँध्यारो समाप्त भई ज्ञानकोउज्यालोतर्फ उन्मुख गराउँदछ । सरस्वती शब्द आफैं नितान्तअर्थपूर्ण र भावपूर्ण रहेको छ । सरस्वती हार्दिकतापूर्ण रसवती हुन् । सरस+वतीमिलेर सरस्वती शब्द बनेको हो । सरसवती भएकैले सरस्वती बनेकी हुन् ।


रेडियो दिवस


विश्व रेडियो दिवस आज विविध कार्यक्रमहरु गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी१३ तारिखका दिन विश्व रेडियो दिवस मनाउन थालिएको हो भने
सन् २०११ नोभेम्बर ३ तारिखमा सम्पन्न युनेस्कोको ३६औंसम्मेलनले पनि फेब्रुअरी १३तारिखका दिन रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।त्यसयता हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रमहरु गरीमनाइदै आएको छ । रेडियो दिवस मनाउनुको मुल उदेश्य भनेको यसलाई संचारको महत्वपूर्णमाध्यमका रुपमा सम्मान गर्न, प्रसारकहरुबीचकोअन्तर्राष्ट्रिय समन्वय र सहयोगहरुलाई सुधार गर्न रेडियोहरुको सूचनाको पहुँचलाई बढावा दिनु हो ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षका शिलसिलामा जनतालाई शुसुचित गराउनविक्रम सम्बत् २००३ सालमा गोप्य रुपमा रेडियो प्रसारण थालिएको थियो । तर २००७ सालमंसिर २८ गतेदेखि मात्रै नेपालमा औपचारिक रुपमा प्रजातन्त्र रेडियोका नाममा रेडियोप्रशारण शुरु भएको हो । निजी क्षेत्रबाट एफएम रेडियोले भने २०५२ सालदेखि प्रशारणगरेको हो । नेपालको सन्दर्भमा रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम बनेको छ, किनकियतिबेला ७४ जिल्लामा एफएम रेडियोहरु स्थापना भएर प्रशारण गरिरहेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अहिले इजाजत प्राप्तरेडियोको संख्या ५ सय ९३ र नियमित प्रसारणमा रहेका रेडियोको संख्या ५ सयभन्दा बढि रहेको छ । अधिकांश रेडियोहरुमा समाचारर सूचनामुलक कार्यक्रमहरु प्रशारण हुने गरेकाछन् । साथसाथै रेडियोबाट प्रसारितहुने मनोरन्जनात्मक कार्यक्रमहरु पनि निकै लोकप्रिय छन् । अहिले देशभरकारेडियोहरुमा झण्डै ८० प्रकारका भाषाभाषी कार्यक्रमहरु प्रसारण हुँदै आएको तथ्यांकछ । गाउँघरमा चेतना र जागरुकताको भरपर्दो सारथी रेडियोलाई नै मानिन्छ ।

विश्वको रेडियो प्रसारणको इतिहाँसमा ९५ वर्ष पुगेको छ भने नेपालमा ६६ वर्षपूरा भएको छ । रेडियो दिवसका अवसरमा सूचना र अधिकारको क्षेत्रमा कार्यरत विभिन्नसंघसंस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गर्दैछन् । पछिल्ला दिनमा रेडियोको पहुँच बढेको देखिए पनि लोडसेडिङ, आर्थिक समस्या, स्पष्ट विज्ञापन नीतिको अभाव र स्वयं रेडियोहरु उचित आन्तरिक व्यवस्थापनको समस्याबाट गुज्रिएका छन् ।


कुम्भ संक्रान्ति

हरेक संक्रान्तिमा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने भएकोले हिन्दू संस्कृतिमा संक्रान्तिको विशेषमहत्व रहेकोहुन्छ । सूर्य जुन राशिमा प्रवेश गर्छ, संक्रान्तिको नाम सोही राशिको नामबाट रहन्छ । सामान्यतया हिन्दु संस्कारमा संक्रान्तिकादिन एक छाक मात्रै भोजन गरी स्नान, दान, तप, श्राद्ध लगायतका धार्मिक एवं पित्रृ कार्य गर्नाले महाफल प्राप्त हुने कुरा उल्लेख गरिएको छ ।सूर्य मकर राशिबाट कुम्भराशिमा प्रवेश गरेका कारण कुम्भ संक्रान्ति भनिएको हो । चार श्रेणीमा विभाजितसंक्रान्ति मध्ये कुम्भ संक्रान्ति विष्णुपदी या विष्णुपद संक्रान्तिहरु (वृष, सिंह, बृश्चिकर कुम्भ) मध्येको एक हो । संक्रान्ति भनेको १२ वटा महिनाहरुको पहिलोदिन- जस अनुसार कुम्भ संक्रान्ति फाल्गुण महिनाको पहिलो दिन हो ।


- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.