विश्व स्वास्थ्य दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व स्वास्थ्य दिवस




विश्व स्वास्थ्य दिवस बिशेष अडियो सामाग्री

मुसुक्क मुस्काएको मान्छे, खुला हाँसो, फूलेको फूलजस्तो मुहार अनि भोलीको अन्जान चिन्ताहरुमा ग्रस्त नभईकन आजको रंगहरुमा रंगीएका मुस्कानहरु । जिवन आजभोली चाहिने भन्दा धेरैनै तनावमा बाँचिन थालिएको छ , मान्छेलाई मुस्काउनकालागी पर्याप्त बैकं ब्यालेन्स, राम्रा मोबाईल, गाडी, विदेश भ्रमण अनि रमाईला अनि मादक साथको जरुरी भएको छ ।
विकासको नाममा जिवनलाई मेशिनजस्तै वनाईदै छ, धेरै कमाउनु अनि गज्जबको जिवनशैली जिउनु नराम्रो त पक्कै पनि हैन तर त्यो ब्यस्त जिवनमा घरि घरि आफ्ना लागी समय निकालेर मुस्काउन अनि भएका कुराहरुको लागी खुशी हुदै पछाडि पर्खेर हेर्न भ्याईरहेको छैन् ।
यहाँ घर वनाउन कसरत गर्नेहरुले परिवार गुमाईरहेका छन्, ओच्छ्यान सजाउन खर्च गर्नेहरुले निन्द्रा गुमाईरहेका छन्, पिउन रहर गर्नेहरुले प्यास गुमाईरहेका छन् अनि गुमिरहेको छ जिवन जिउने कलाहरु ।
समाचार अनि पत्रिकाहरुमा दिनँहु जसो आत्महत्याका समाचारहरु अनि परिघटनाका श्रृखलाहरु , यो वा त्यो ढगंमा हामीले सुनिरहेका हुन्छौ । कारण एउटै छ, हामीले आधुनिक यूगमा जिवन जिउने कलाहरु हराईरहेका छौ । हामीहरु धेरैजना डिप्रेशनका शिकार भईरहेका छौ, नहाँसेको अनि नमुस्काएको या झुठो मुस्कानको सहारामा हामी जिईरहेका त छैनौ ।
डिप्रेशन, आज यसै कुराको चिरफार गरौ अनि जिवनमा मुस्काउने कारणहरु खोजौ । विश्व स्वास्थ्य संगठनका विश्वब्यापी शाखाहरु अनि सरकारहरुले यसवर्षको ७ अप्रिलको विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा डिप्रेशनका वारे जनचेतना फैलाउनकालागी , यस २०१७ सालको विश्व स्वास्थ्य दिवसको नारा नै डिप्रेशन दिएको छ । हरेक वर्षको अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाईन्छ । वास्तमा अप्रिल ७ का दिनमा विश्व स्वास्थ्य संगठन डब्लु एच ओ को स्थापना पनि भएको ो र यसै दिनको अवसरमा हरेक वर्षको अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाईन्छ ।
विश्व स्वास्थ्य संगठनले विश्व भरिनै स्वास्थ्य अनि उपचारका लगायत विभिन्न प्रकोप अनि महामारीक विरुद्ध लड्नकालागी समुदाय र सरकारहरुलाई सघाँउदै आएको छ ।

हरेक उमेर समुहका मान्छेहरुमा डिप्रेशन देखिन सक्दछ अनि समयमै उचित साथ र सहयोग अनि उपचार नपाएमा यो डिप्रेशनले भयावह रुप लिन्छ । मान्छेले आफ्नौ दैनिक कामहरुपनि सहज रुपमा गर्न नसक्ने वनाँउदै अन्र्तमुखी अनि नचाहिने त्रास अनि पिडाहरुले मन भरिन्छ । १५ देखि २९ वर्षसम्मका मान्छेहरुको आत्मत्याको मुख्य कारक तत्व यहि डिप्रेशनलाईनै मानिन्छ ।
तर डिप्रेशनको उपचार संभव छ, अनि यो सहजरुपमा आत्मीय साथको माध्यमवाट गर्न सकिन्छ । जिवन भनेकै सुख्ख अनि दुख्खको अनुपम मिश्रण हो, वेलावखतमा आईपरिरहने यी दुख्ख अनि सुख्ख सँग डराएर जिवनसीत हार मान्नु हाम्रो नियती त होईन नि ? कि कसो ? आउनुहोस डिप्रेशन हुनुवाट आफू पनि जोगिऔ अनि अरुलाई पनि जोगाऔ है ।
अब्यवहारीक अनि अस्वस्थ्य प्रतिस्पर्धावाट आफू र अरुलाई जोगाऔ है । फलानाको छोरा या छोरीले यसो गरे, यति कमाए अनि विदेश ग एभनेर आफ्नाहरु सित तुलना गरिनु नेपाली घर अनि समाजको नियती बनेको छ, जुन राम्रो हैन ।
हरेक मानवका जिवन अनि उदेश्य फरक फरक हुन्छ । आआफ्ना वाटाहरु हुन्छन अनि गन्तब्य पनि । हातका औलाहरु त समान छैन भने जिवन कसरी समान हुनसक्छ र ? फेरि जिवनको उदेश्य खाली पैसा, पढाई, रमाईलो अनि देखावटी हाँसोमात्र पनि हैन नि ?
जिवन एउटा सन्तुलन हो, सन्तुलित तवरले सहज रुपमा अगाडि बढ्न सके, हामीहरुमा कोही पनि असमान अनि साना या ठूला छैनौ है ।
नपत्याए हेर्नुस न यि पानीहरुलाई ? कति सरल रुपमा वर्खाको पानी धनी र गरीब दुबैको घरको छतमा बराबर पारीदिन्छ । घामका टुक्राहरु धर्तीमा पर्दा धनी र गरीबलाई फरक फरक पर्दैनन अनि त्यसै गरि अगाडि वढ्ने अवसरहरु हामी सबैकालागी समान नै छ है ।
जिवन लामो छ, पृथ्वी गोाले छ अनि यहाँ थुप्रै दोवाटाहरु छन्, कहिँ न कहि हामी अनि हाम्रा सपनाहरुको भेट हुन्छ नै ।
दुख्ख यहाँ सबैलाई छ, कसैलाई वढी अनि कसैलाई कम तर दुख्खलाई पनि पर्वजस्तै मनाँउदै अनि मुस्काउदै अगाडी वढौ ।
मुस्काउनुहोस, मुस्कान बाँढौ किनभने यहाँ मुस्कानको पैसा लाग्दैन अनि संसारमा मुस्काउने धेरै कारणहरु छन् । दैनिक ब्यायाम अनि सामाजिक क्रियाकलापहरुमा पनि समय ब्यतित गरौ, मान्छे भेटौ, बुझौ अनि मुस्काईरहौ ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.