विश्व पशु दिवस | विश्व अन्तरिक्ष सप्ताह प्रारम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व पशु दिवस | विश्व अन्तरिक्ष सप्ताह प्रारम्भ




विश्व पशु दिवस बिशेष अडियो सामाग्री

हामी मानिस जस्तै श्वाँस फेर्ने, भोक लाग्ने, माया दया रिस, इर्ष्या भएका, गतीशील प्राणीहरु मानव सभ्यता देखि अझ अगाडी देखि नै हामी संगै छन् । कहिले जंगलमा त कहिले गोठमा, कहिले खानाका रुपमा त कहिले सुरक्षाका लागि अनि अन्य लाखौं प्रयोग अनि साथका लागि मानवले जनावरहरुको प्रयोग गर्दै आएको छ ।  तर यो हजारौं बर्षको सहकार्यमा मानव कत्तिको जनावर अनि उनिहरुको महत्वका लागि बफादार रुपमा प्रस्तुत भएको छ त ?
हामी आफ्नै शरीरमा एकफेर हेरौं न ?

कत्ति वटा कपडा अनि अन्य कुराहरु जनावरका हाडखोर र छालाले बनेका छन ? आफ्नो स्वतन्त्रताका लागि आन्दोलन गरेर स्वतन्त्रता र सार्वभौमताका लागि दस्तावेज बनाउने त्यही मान्छे बन्द कोठामा जीवनभरि कैद गरिएका जनावरहरु हेर्न चिडियाखानामा रमाउदंछ । कत्तिको समभाव छ त हाम्रो जनावर प्रति , एकफेर सोचौं न ।

हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।

जनावरका मुद्धाहरु पत्रपत्रिका अनि अन्य सञ्चार माध्यमको मुख्य पृष्ठ र मुख्य समाचार बनाउन, जनावर माथिको हिंसा बन्द गर भन्ने बिभिन्न नाराहरु आज गुञ्जायमान हुने गर्दछन् । सनातन समाज मात्र बिश्वमा यस्तो समुदाय हो जहाँ जनावरहरु लाई भगवानको स्थान दिइएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् ।

कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।

जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा लिँदै बुझ्न जरुरी छ । सन् १९२५ अर्थात्त लगभग ९३ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ ।

जनावर अधिकार अनि मानव जनावर बीचको स्वस्थ र मैत्रिपूर्ण समबन्ध स्थापना गर्न हामी सबैजना सफल हुन सकौं । जनावर अधिकार दिवसको सबैलाई शुभकामना
-सुयोग ढकाल

विश्व अन्तरिक्ष सप्ताह प्रारम्भ
मानव अवस्थामा सुधार ल्याउन विज्ञान तथा प्रविधिले पुर्याएको महत्वपूर्ण योगदानलाई एउटा उत्सवको रुपमा मनाउन आजबाट विश्व अन्तरिक्ष सप्ताह प्रारम्भ भएको छ। सन् १९५७ मा आजको दिन अर्थात अक्टोबर ४ तारिख पहिलोपटक स्पटनिक नामक स्याटेलाइट लन्च गरेको र सन् १९६७ को अक्टोबर १० तारिखको दिन बाह्य स्पेस सन्धि हस्ताक्षर भएको अवसर पारेर सन् १९९९ को संयुक्त राष्ट्र संघको साधारण सभाले अक्टोबर ४ देखि १० तारिख सम्म विश्व अन्तरिक्ष सप्ताह मनाउन शुरु गरेको हो।

विश्व अन्तरिक्ष सप्ताह संसारकै सबैभन्दा ठूलो वार्षिक अन्तरिक्ष महोत्सव हो। यो सप्ताह भरिमा विश्वभर विभिन्न स्थानमा अन्तरीक्ष सम्बन्धी प्रदर्शनी, सरकारी कार्यक्रमहरु, स्कुलका कार्यक्रमहरु गरेर ३७०० भन्दा बढी कार्यक्रमहरु ८० भन्दा बढी देशहरुमा आयोजना हुने गरेका छन्। यो सप्ताहमा विश्वभरबाट यो वर्ष अन्तरिक्षसँग सम्बन्धित उपलब्धिहरु, असफलताहरु आउने चुनौतीहरुको बारेमा छलफल गरिने गरिएको छ।

पृथ्वी भन्दा बाहिरको दुनिया हामीलाई देखाउन सफल भएका सम्पूर्ण वैज्ञानिकहरुलाई हाम्रो पात्रोको तर्फबाट सम्मान। आउदा वर्षहरु सफलताले भरिपूर्ण रहोस्।
शुभकामना



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.